Dictionary

All Word

5151 अलौकिक वि. २. अनौठो; अद्भुत।
5152 अलौटो वि. १. दुध सुके पनि पूर्णतः नसुकेको; आलो; काँचो (मकै)।
5153 अलौटो वि. २. काँचोकचिलो; नसुकाएको (मकै) ।
5154 अलौटो वि. ३. अपरिपक्व; आलोकाँचो।
5155 अलौपर्व ना. नेपालको एक प्रसिद्ध ऐतिहासिक घटना; जङ्गबहादुरका फौजले तत्कालीन राजा राजेन्द्रका फौजलाई पर्सा जिल्लाको अलौ भन्ने ठाउँमा हराई राजालाई पक्रेको इतिहासप्रसिद्ध घटना ।
5156 अल्की ना. भित्री भोटो; गोलगन्जी; बनियान ।
5157 अल्खा ना. खण्ड खण्ड पारी उठाएर बनाइएको कपाल।
5158 अल्गाइ ना. अल्गोपना; उचाइ; अग्लोपना।
5159 अल्गिनु अ.क्रि. अल्गो हुनु; अरूको भन्दा बढी उचाइ हुनु; खास स्थान वा सतहभन्दा माथि रहनु ।
5160 अल्गो वि. विशेष पहुँच वा विस्तारभन्दा उँचो; माथि उठेको; खास ठाउँ वा सतहभन्दा माथितिर रहेको; अग्लो ।
5161 अल्ग्याइ ना. अल्गिने भाव, क्रिया वा प्रक्रिया ।
5162 अल्ग्याइनु क.क्रि. अल्गो पारिनु; अल्गिने पारिनु ।
5163 अल्ग्याउनु प्रे.क्रि. अल्गो पार्नु; अल्गिने पार्नु।
5164 अल्छाइ ना. अल्छाउने क्रिया वा प्रक्रिया ।
5165 अल्छाइनु अ.क्रि. अल्छाउने होइनु ।
5166 अल्छाउनु अ.क्रि. अल्छी हुनु; जाँगर मर्नु ।
5167 अल्छी/अल्छे वि. अल्सी; जाँगरमरुवा; कामकारोबारमा निष्क्रिय बन्ने।
5168 अल्छ्याइँ ना. अल्छीपना; अल्छेपन; जाँगरमरुवा चाल।
5169 अल्झनु अ.क्रि. १. फस्नु; अल्झिनु ।
5170 अल्झनु अ.क्रि. २. रोकिनु; अड्कनु।
5171 अल्झनु अ.क्रि. ३. अलमलिनु; अल्झोमा पर्नु।
5172 अल्झाइ ना. अल्झने भाव, क्रिया वा प्रक्रिया ।
5173 अल्झाइनु क.क्रि. अल्झन लगाइनु; अड्कने पारिनु ।
5174 अल्झाउनु प्रे.क्रि. अल्झने वा अड्कने पार्नु; फस्न लगाउनु; अल्झोमा पार्नु।
5175 अल्झाउने वि. अल्झने पार्ने; अल्झोमा राख्ने ।
5176 अल्झाउने बिल्झाउने वि. घरव्यवहारका जन्जालमा फसाउने (केटाकेटी आदि जस्तै- दिदीका त अल्झाउने बिल्झाउने कोही छैनन्) ।
5177 अल्झिनु अ.क्रि. अल्झने होइनु; अल्झनु ।
5178 अल्झो ना. १. अड्काउ; बाधा।
5179 अल्झो ना. २. अलमल; झमेला; रुमलो।
5180 अल्झो ना. ३. झन्झट; झ्याउलो।
5181 अल्झोबिल्झो ना. अल्झाउने र बल्झाउने काम; छेकाबार ।
5182 अल्झ्याइ ना. अल्झिने क्रिया वा प्रक्रिया ।
5183 अल्झ्याइनु क.क्रि. अल्झिने पारिनु ।
5184 अल्झ्याउनु प्रे.क्रि. अल्झिने पार्नु; अल्झाउनु।
5185 अल्टिमेटम ना. अन्तिमेत्थम् ।
5186 अल्तालिनु अ.क्रि. अतालिनु ।
5187 अल्पनु अ.क्रि. १. नदेखिने हुनु; अलप हुनु; अन्तर्धान हुनु ।
5188 अल्पनु अ.क्रि. २. छिप्नु; लुक्नु ।
5189 अल्पनु अ.क्रि. ३. बिलाउनु; हराउनु।
5190 अल्प वि. १. थोरै; अलिकति; कम्ती ।
5191 अल्प वि. २. सानो; छोटो ।
5192 अल्पकालिक वि. थोरै दिनको; थोरै समयको; केही दिनको; छोटो अवधिको; अल्पकालीन ।
5193 अल्पकालीन वि. अल्पकालिक ।
5194 अल्पक्का ना. हे. अलपक्का।
5195 अल्पजीवी वि. १. थोरै आयु भएको; अल्पायु; थोरै दिनसम्म मात्र बाँच्ने ।
5196 अल्पज्ञ वि. १. थोरै ज्ञान भएको; थोरै जान्ने; कम जान्ने ।
5197 अल्पज्ञ वि. २. सानो बुद्धिको; छोटो बुद्धि भएको ।
5198 अल्पज्ञ वि. ३. नासमझ ।
5199 अल्पज्ञता ना. थोरै ज्ञान भएको अवस्था वा गुण; नासमझपना।
5200 अल्पता ना. अल्प हुनाको भाव वा स्थिति; न्यूनता; कमी ।