Dictionary

All Word

5001 अलख वि.बो. ३. नदेखिने; अदृश्य; अप्रत्यक्ष।
5002 अलखधारी ना. १. गोरखपन्थीहरूको एक सम्प्रदाय र त्यसका अनुयायी ।
5003 अलखधारी ना. २. अलख जगाएर जीवन निर्वाह गर्ने व्यक्ति ।
5004 अलखनामी ना. हे. अलखधारी ।
5005 अलखबम्बम् ना. १. अलक्ष्य ओम् ओम् अर्थात् ब्रह्मा, विष्णु, शिवका रूपमा रहने ईश्वर ।
5006 अलखबम्बम् ना. २. वि.बो. जोगी, सन्न्यासीहरूले भिक्षा माग्दा उच्चारण गर्ने सोही शब्द; अलख ।
5007 अलखा ना. कठालो नभएको ह्वार्लाङ्गे कुर्था; अलख जगाउनेले लगाउने खोलक; जोगी, सन्न्यासीले लगाउने एक प्रकारको ह्वार्लाङ्गे कपडा; भर्थरी ।
5008 अलग क्रि.वि. १. अलग्ग; छुट्टै; पृथक्; फरक। वि.
5009 अलग क्रि.वि. २. भिन्न; छुट्टो ।
5010 अलगर्जी वि. १. कामको पर्बाह नगर्ने; काममा निष्क्रिय रहने; अल्छी; अलमस्त; फिक्री नभएको ।
5011 अलगर्जी वि. २. अकर्मण्य; बिकामे; बेकामे।
5012 अलग्ग क्रि.वि. छुट्टै; भिन्नै; बेग्लै; पृथक्; अलग ।
5013 अलग्गिनु अ.क्रि. अलग्ग हुनु; छुट्टिनु ।
5014 अलग्याइ ना. अलग्गिने भाव, क्रिया वा प्रक्रिया।
5015 अलग्याइनु क.क्रि. अलग्गिने पारिनु ।
5016 अलग्याउनु प्रे.क्रि. अलग्गिने पार्नु ।
5017 अलग्याहट ना. अलग्याइ ।
5018 अलङ्करण ना. १. गहना; आभूषण; शृङ्गारका सामग्री ।
5019 अलङ्करण ना. २. सजावट; शृङ्गार ।
5020 अलङ्करणीय वि. अलङ्कार्य ।
5021 अलङ्कार ना. १. गहना; आभूषण; शृङ्गारका सामग्री ।
5022 अलङ्कार ना. २. शृङ्गार; सजावट |
5023 अलङ्कार ना. ३. अर्थगत वा शाब्दिक चमत्कारद्वारा साहित्यलाई सिँगार्ने तत्त्व भएको, साहित्यशास्त्रको एक अङ्ग; काव्यको चमत्कारपूर्ण वर्णनशैली।
5024 अलङ्कारप्राधान्यवाद ना. अलङ्कारलाई नै काव्यको आत्मा मान्ने विचार वा सिद्धान्त।
5025 अलङ्कारवादी वि. अलङ्कारलाई नै प्रमुखता दिने वा अलङ्कारप्राधान्यवादको अनुयायी ।
5026 अलङ्कार विधान ना. काव्यमा अलङ्कारहरूको स्थापना वा संयोजन गर्ने क्रिया ।
5027 अलङ्कार शास्त्र ना. काव्यलाई रोचक र चमत्कारपूर्ण गराउने शैलीको विवेचना गरिएको शास्त्र । अलङ्कारका स्वरूपको वर्णन गरिएको शास्त्र।
5028 अलङ्कार सम्प्रदाय ना. अलङ्कारलाई नै काव्यको आत्मा मान्ने आचार्यहरूको सम्प्रदाय ।
5029 अलङ्कार्य वि. सिँगार्न वा सजाउन लायक; अलङ्करणीय ।
5030 अलङ्कृत वि. १. अलङ्कार वा अलङ्करणले पूर्ण; सिँगारिएको; सजाइएको ।
5031 अलङ्कृत वि. २. साहित्यिक अलङ्कारद्वारा युक्त।
5032 अलङ्घनीय / अलङ्घ्य वि. उल्लङ्घन गर्न नसकिने वा नहुने; नाघ्न नसकिने वा नहुने।
5033 अलचिलो वि. १. लचक नभएको; बेलचकदार।
5034 अलचिलो वि. २. नरम नभएको; ठर्रो; कडा; साह्रो ।
5035 अलच्छिन ना. खराब लक्षण; कुलक्षण, अमङ्गल; अपशकुन |
5036 अलच्छिनाहा/अलच्छिनी वि. खराब लक्षण भएको; कुलच्छिनको; पिराहा ।
5037 अलत्र क्रि.वि. १. लथालिङ्ग; जथाभावीसँग; अलपत्र। वि.
5038 अलत्र क्रि.वि. २. अलपत्र परेको; यता न उता भएको ।
5039 अलनाबिलना ना. १. आफ्ना मनको भाव व्यक्त गर्ने र आफूमा भएको दुःख व्यक्त गर्ने क्रियाप्रक्रिया।
5040 अलनाबिलना ना. २. ईश्वर पुकारेर वा गुहारेर आफ्नो दुःख प्रकट गर्ने क्रियाप्रक्रिया।
5041 अलनाबिलना ना. ३. कसैबाट कुनै कुरा वा वस्तु हात पार्न अनेक किसिमका दुःखसुखका कुरा गर्ने काम; ललौरीबिलौरी ।
5042 अलन्तर वि. १. बिचमा परेको; नराम्ररी चेपमा परेको।
5043 अलन्तर वि. २. बिलखबन्द ।
5044 अलप१ ना. १. देख्तादेख्तै हराउने क्रिया; लोप; गायब; बेपत्ता; अन्तर्धान।
5045 अलप१ ना. २. लुप्त हुने क्रिया । वि.
5046 अलप१ ना. ३. लुप्त; पूरै हराएको वा बिलाएको ।
5047 अलप२ ना. टुटेफुटेको शिलालेख; शिलापत्रको भग्नावशेष; आलेप लागेको शिलाखण्डीय अभिलेख ।
5048 अलपक्का ना. दक्षिण अमेरिकामा हुने उँटजस्तो जनावरको रौँ र रेसम वा सुत मिलाई बनाइएको एक जातको कपडा ।
5049 अलपत्र क्रि.वि. १. यता न उता; ठहर न ठेगान । वि.
5050 अलपत्र क्रि.वि. २. यता न उताको; ठहर न ठेगानको ।