Dictionary

All Word

4851 अर्थान्वित वि. ३. रहस्यपूर्ण; महत्त्वपूर्ण।
4852 अर्थान्वित वि. ४. अभिप्राययुक्त।
4853 अर्थापकर्ष ना. पहिले राम्रो अर्थमा चलेको शब्द पछि गएर नराम्रो अर्थमा चल्ने प्रक्रिया। (जस्तै- पहिले वेश्याको अर्थ 'विशु' वा 'बस्तीमा बस्ने' हुन्थ्यो, आजभोलि यसको अर्थ 'चरित्रहीन आइमाई' भएको छ।)।
4854 अर्थापत्ति ना. एउटा कुराको प्रमाणबाट अर्को कुरा सिद्ध हुन आउँदा पर्ने एक अर्थालङ्कार; त्यसरी सिद्ध गरिने नाटकको एउटा लक्षण ।
4855 अर्थालङ्कार ना. साहित्यमा अर्थबाट मात्र चमत्कार उत्पन्न हुने प्रसिद्ध अलङ्कार।
4856 अर्थावनति ना. असल वा माथिल्लो तहको अर्थ बुझाउने शब्दले खराब वा तल्लो तहको अर्थ बुझाउने भाषागत अर्थवैज्ञानिक प्रक्रिया, जस्तै- सं. बुद्ध (प्रबुद्ध. > ने. बुद्धू (मूर्ख)।
4857 अर्थिनु अ. क्रि. अर्थ लाग्नु; अर्थ बुझिनु; अर्थ, अभिप्राय, कारण आदि छर्लङ्ग हुनु ।
4858 अर्थी वि. १. चाहना गर्ने; इच्छा गर्ने; कामना गर्ने; प्रार्थना गर्ने; याचक ।
4859 अर्थी वि. २. कुनै कामना पूरा गर्ने लक्ष्य भएको ।
4860 अर्थी वि. ३. वादी; झगडिया।
4861 अर्थी वि. ४. धनी; धनवान् ।
4862 अर्थी वि. ५. प्रयोजन राख्ने; अभिप्राय राख्ने ।
4863 अर्थी वि. ६. अरथी।
4864 अर्थुङो ना. अर्थुङ्गे।
4865 अर्थुङ्गे ना. खरका जस्ता लामा र तिखा पात तथा डाँठका टुप्पामा बिझ्ने खैरो झुस हुने एक जातको कुरे घाँस; अर्थुङ्गो; अर्थुङे; अर्थुङो।
4866 अर्थोत्कर्ष ना. कुनै शब्दको अर्थ पहिले नराम्रो र पछि त्यसको अर्थ राम्रो हुने प्रक्रिया। (जस्तो- पहिले 'साहस' को अर्थ 'जबरजस्ती गरिने कुरा' थियो, अहिले त्यसको अर्थ 'आँट' भएको छ।) ।
4867 अर्थोन्नति ना. मामुली अर्थ दिने शब्दले असल वा उच्चकोटिको अर्थ दिने भाषागत अर्थवैज्ञानिक प्रक्रिया, जस्तै- प्रा. ने. केटो (गैँडाको बच्चो) > आ. ने. केटो (मान्छेको बच्चो) ।
4868 अर्थोपक्षेपक ना. कथाको सङ्गतिका निम्ति चाहिने तर देखाउन नहुने वा नीरस भएकाले अङ्गच्छेद गर्दा छोडेको विषयको सूचना दिने तत्त्व; विषयसूचक; कथायोजक।
4869 अर्थोपचार ना. धनसम्पत्तिद्वारा गरिने क्षतिपूर्ति; मुआबजा।
4870 अर्थ्याइ ना. अर्थिने भाव, क्रिया वा प्रक्रिया ।
4871 अर्थ्याइनु क.क्रि. अर्थिने पारिनु; अर्थ लगाइनु ।
4872 अर्थ्याउनु स.क्रि./ प्रे. क्रि. १. कथा, पुराण, काव्य आदिको अर्थ लगाउनु; माने बताउनु; मतलब बुझाउनु ।
4873 अर्थ्याउनु स.क्रि./ प्रे. क्रि. २. कुरा सम्झाउनु वा बुझाउनु ।
4874 अर्दली ना. अह्राएपह्राएको सानोतिनो काम गर्ने तल्ला तहको कर्मचारी (पिउन, सिपाही, चपरासी, टहलुवा आदि)।
4875 अर्ध/अर्द्ध वि. १. आधा; सिङ्गोलाई दुई भाग गर्दा बन्ने एक भाग ।
4876 अर्ध/अर्द्ध वि. २. खण्ड; टुक्रा ।
4877 अर्धङ्गी/अर्धङ्ङी वि. १. बेढङ्गी; अर्धसिल्ली; एकोहोरो ।
4878 अर्धङ्गी/अर्धङ्ङी वि. २. आधा शरीर मात्र चल्ने; पक्षाघात भएको ।
4879 अर्धङ्ग्याइँ ना. अर्धङ्गी हुनाको भाव वा अवस्था; अर्धङ्गी अवस्था; अर्धङ्गीपना ।
4880 अर्धचन्द्र ना. १. आधा मात्र देखिएको चन्द्रमा; अष्टमीका दिनमा देखिने चन्द्रमा।
4881 अर्धचन्द्र ना. २. मयूरका प्वाँखमा भएको अर्धवृत्त बुट्टा; चन्द्रिका ।
4882 अर्धचन्द्र ना. ३. स्त्रीको कुचमर्दन गर्दा स्तनमा हुने नङको चिह्न; नखक्षत ।
4883 अर्धचन्द्र ना. ४. अर्धवृत्ताकार बाण।
4884 अर्धचन्द्र ना. ५. अक्षरका शिरमा लगाउने अर्धवृत्त चिह्न; चन्द्रविन्दु; जूनटिकी।
4885 अर्धचन्द्र ना. ६. घोक्रयाउँदा गर्धनमा लगाइने हातको मुद्रा।
4886 अर्धचन्द्राकार ना. १. अर्धचन्द्रको जस्तो आकार; अर्धवृत्ताकार।
4887 अर्धचन्द्राकार ना. २. आधा बाटुलो ।
4888 अर्धचन्द्राकृति ना. अर्धचन्द्रको जस्तो आकृति; अर्धवृत्ताकृति।
4889 अर्धचल जोर्नी ना. शरीरको एकापट्टि मात्र चल्ने जोर्नी; घुँडो, कुहिनु आदिको जोर्नीजस्तो पूरै नचलेर औँलाका टुप्पादेखि मुन्तिर मणिबन्धमा रहने जस्ता आधा मात्र चल्ने जोर्नी ।
4890 अर्धचेतन/चेतना वि. १. पूर्ण रूपले चेतनशील पनि नभएको र पूरै मात्रामा बेहोस पनि नभएको (मन) । ना.
4891 अर्धचेतन/चेतना वि. २. आधा लट्ठिएको वा लट्ठ्याइएको अवस्था।
4892 अर्धजल ना. मर्न लागेका व्यक्तिलाई अधोअङ्गबाट प्राणवायु ननिस्कियोस् भनेर गरिने जलसंयोग; अन्तिम अवस्थामा पुगेको व्यक्तिलाई उसको मुक्तिका निम्ति कमरदेखि उँधो आधा शरीर पानीमा डुबाउने काम; अर्धोदक।
4893 अर्धदक्ष वि. कलकारखाना आदिमा काम गर्ने कर्मचारीहरूमध्ये निम्नस्तरभन्दा माथिल्लो खालको दक्षभन्दा तल्लो खालको; सामान्य प्राविधिक तालिम पाएको (मजदुर, कामदार); सामान्य रूपले प्राविधिक वा व्यावहारिक शिक्षा पाएको; मझौला खालको (जनशक्ति)।
4894 अर्धद्वैभाषिकता ना. दुई भाषा बुझ्ने, तर जवाफ दिँदा आफ्नै मातृभाषामा मात्र दिन सक्ने स्थिति ।
4895 अर्धनारीश्वर ना. दायाँ अङ्ग शिव र बायाँ अङ्ग पार्वतीको गरी दुवैका आधा आधा अङ्ग मिलेर बनेको रूप; शिव र पार्वतीका आधा आधा अङ्ग मिलेर बनेको अपारदर्शक संयुक्त रूप; शिवशक्तिको संयुक्त रूप।
4896 अर्धपक्की वि. आधाआधी पक्की पारिएको (सडक आदि) ।
4897 अर्धपारदर्शक वि. पनि नभएको र पूरै मात्रामा पारदर्शक पनि नभएको; आधाआधी देखिने वा धमिलो देखिने ।
4898 अर्धपृष्ठ वि. उच्चारण गर्दा प्रथम चरणमा श्वासमार्गमा पूर्ण बाधा उपस्थित हुने र अन्ततोगत्वा ऊष्मीभूतमा झैँ सास उम्कन पाउने (जस्तै- नेपाली च, छ, ज, झ आदि वर्ण)।
4899 अर्धपौष्टिक वि. पूर्ण रूपले पौष्टिक तत्त्व नभएको र अपौष्टिक पनि नभएको; अधपक्को ।
4900 अर्धप्रसृत स्वर ना. उच्चारणमा ओठ आधा फैलने स्वर; अग्र स्वरको आधा खुला अथवा आधा बन्द प्रकार (ए, य आदि); केन्द्रीय स्वर (अ आदि) ।