Dictionary

All Word

4701 अरे निपा. २. तल्ला खालको वा मन नपरेको व्यक्तिलाई गरिने सम्बोधन ( उदा.- अरे मूर्ख! तँ के गर्छस्?)
4702 अरे निपा. ३. उदेक; आश्चर्य आदि जनाउँदा प्रयोग गरिने शब्द; अहो। (उदा.- अरे! यो के भएको?)
4703 अरेट्नु ना. १. ठेट्नो ।
4704 अरेट्नु ना. २. बलढ्याङ्ग्राजस्तो एक प्रकारको जङ्गली फूल।
4705 अरेमरे ना. यसो गरुँ कि उसो गरुँ हुने अवस्था; दोधारे चाल; अलमलाइ ।
4706 अरोचक वि. १. अरुचि पैदा गर्ने वा गराउने; बेस्वादिलो ।
4707 अरोचक वि. २. चहकिलो नभएको; धमिलो; मलिन । ना.
4708 अरोचक वि. ३. अरुचि; अग्निमन्दता; खान मन नलाग्ने स्थिति वा अवस्था।
4709 अरोट ना. अराउने काम; आज्ञा; अह्रोट।
4710 अरौटे वि. १. अराउने काम गर्ने; आज्ञा दिने ।
4711 अरौटे वि. २. अराएको काम गर्ने वा गराउने। ना.
4712 अरौटे वि. ३. अर्दली ।
4713 अर्क१ ना. १. सूर्य ।
4714 अर्क१ ना. २. तामा (धातु) ।
4715 अर्क१ ना. ३. आँक; मन्दार।
4716 अर्क१ ना. ४. आइतबार।
4717 अर्क१ ना. ५. उत्तरा फाल्गुनी नक्षत्र ।
4718 अर्क१ ना. ६. बाह्रको सङ्ख्या।
4719 अर्क२ ना. फलफूल, अनाज आदि उसिनेर बाफको रूपमा निकालेको रस वा पसिना (रक्सी, अत्तर, स्पिरिट इ.); अरक ।
4720 अर्ककपूर ना. कपूर, पिपलमेन्ट आदि मिलाएर अर्क झिकी बनाइएको औषधी ।
4721 अर्कना वि. अर्को (जस्तै- अर्कना दिन, अर्को दिन, आगामी दिन ) ।
4722 अर्को वि. १. एकदेखि भिन्न; आर्को; दोस्रो; अरू; अन्य।
4723 अर्को वि. २. भिन्न; बेग्लै।
4724 अर्को वि. ३. कुनै; कोही ।
4725 अर्को वि. ४. पराई; परचक्री ।
4726 अर्को वि. ५. बिरानो।
4727 अर्खु ना. एउटै भेट्नामा मसिना धेरै पात लाग्ने, रछाया सेता फूल फुल्ने र लामा कोसा फल्ने एक काँडेदार वृक्ष; ठुलो र सानो दुई भेद हुने त्यसैको फल।
4728 अर्खौले/अर्खौलो ना. १. एक किसिमको घाँस ।
4729 अर्खौले/अर्खौलो ना. २. पीपलका जस्ता ससाना गुलिया फल फल्ने एक वृक्ष ।
4730 अर्खौले/अर्खौलो ना. ३. भुट्ता फूल नउठ्ने दाना; अरालिएको ठेट्नु ।
4731 अर्गज्ज क्रि.वि. आफूलाई ठुलो सम्झेर वा जान्नेसुन्ने मानेर बस्ने चालमा; गजक्क; गमक्क ।
4732 अर्गट ना. घँगारुको बोट ।
4733 अर्गला ना. १. ठुलो आग्लो; बिरे आग्लो; गजबार ।
4734 अर्गला ना. २. प्रतिबन्ध; छेकथुन ।
4735 अर्गला ना. ३. सूर्यको उदय र अस्त हुने समयमा देखिने रङ्गीबिरङ्गी बादल; डढेको सगर।
4736 अर्गेली ना. बोक्राको पाट काटेर नेपाली कागत बनाउने काममा प्रयोग गरिने एक प्रकारको बुटो; कागजी पाट।
4737 अर्घ ना. १. हिन्दू धर्मानुसार षोडशोपचारमध्ये एक; जल, दूध, दही, जौ, कुश, दुबो आदि मिलाएर देवतालाई चढाउने काम ।
4738 अर्घ ना. २. अँजुलीले जल चढाउने प्रक्रिया ।
4739 अर्घ ना. ३. देवतालाई अर्घ दिइने भाँडो।
4740 अर्घ ना. ४. मूल्य; दाम; मोल।
4741 अर्घपात्र ना. अर्घ दिने भाँडो; अर्घौतो।
4742 अर्घा ना. नेपालको अर्घाखाँची जिल्लामा पर्ने एक ऐतिहासिक स्थल।
4743 अर्घाकोट ना. अर्घा ।
4744 अर्घाखाँची ना. लुम्बिनी अञ्चलअन्तर्गत रहेको एक पहाडी जिल्ला ।
4745 अर्घु ना. हे. अर्घो ।
4746 अर्घेउलो ना. फाल्तु रहेको भाग; सबैलाई परिपन्च भाग लगाएर उब्रेको अंश ।
4747 अर्घेली ना. १. अर्घेलो हुनाको भाव वा अवस्था; बिजाइँ; बिगो; कसुर । वि.
4748 अर्घेली ना. २. बढ्ता भएकी; मन नपरेकी; कसैसँग नमिल्ने (स्त्री) ।
4749 अर्घेलो वि. १. नचाहिँदो; नसुहाउँदो; वाहियात।
4750 अर्घेलो वि. २. अमिल्दो; अचाडु।