Dictionary

All Word

4551 अये वि.बो. सम्बोधन आदिमा प्रयोग हुने अनादरवाची शब्द; ए ।
4552 अयोग ना. १. योगको अभाव; दुर्योग।
4553 अयोग ना. २. सङ्कटकाल; मुस्किलको समय ।
4554 अयोग ना. ३. वियोग; बिछोड ।
4555 अयोगव ना. बाबु शूद्र र आमा वेश्याबाट जन्मेको छोरो ।
4556 अयोगवाह ना. व्यञ्जनभिन्न ध्वनि; अनुस्वार र विसर्ग (संस्कार; छिः इ.)।
4557 अयोगात्मक वि. प्रकृति नजोडिएको; नजोडिने।
4558 अयोगात्मक भाषा ना. व्याकरणअनुसार रूप नचल्ने भाषा ।
4559 अयोग्य वि. १. योग्य नभएको; नालायक; काममा निपुण नभएको।
4560 अयोग्य वि. २. अनुपयुक्त; अनुचित।
4561 अयोग्यता ना. १. योग्यताको अभाव; नालायकपन ।
4562 अयोग्यता ना. २. कुपात्रता; अपात्रता।
4563 अयोग्यता ना. ३. अनौचित्य ।
4564 अयोध्या ना. १. भारतका सात मोक्ष पुरीमध्ये एक; प्राचीन सूर्यवंशी राजाहरूको एक प्रसिद्ध राजधानी; साकेत ।
4565 अयोध्या ना. २. रामचन्द्रको राजधानी ।
4566 अयोनि वि. १. नजन्मेको; अजात ।
4567 अयोनि वि. २. नित्य । ना.
4568 अयोनि वि. ३. ब्रह्मा ।
4569 अयोनिज वि. योनिबाट नजन्मेको; सामान्य प्राणीगत प्रक्रियाअनुसार नजन्मेको ।
4570 अयोनिजा वि. योनिबाट नजन्मेकी (जस्तो- रामायणका अनुसार सीता)।
4571 अयौगिक वि. १. यौगिक नभएको; शब्दसाधनका उपायबाट सिद्ध नहुने।
4572 अयौगिक वि. २. दुई रासायनिक तत्त्वहरूको योग नभएको ।
4573 अयौन वि. नपुंसक; अलैङ्गिक ।
4574 अर ना. चक्का र धुरालाई जोड्ने ससाना काठ वा फलामका डन्डी।
4575 अरक ना. सडाएका चिज उमालेर बाफका रूपमा निकालेको रस; आसव; रक्सी; तेजाब; अर्क; अरख।
4576 अरकच्च क्रि.वि. १. मेलो वा मेसो नपाएर; बाटो हराएर ।
4577 अरकच्च क्रि.वि. २. अनिश्चित स्थितिले अलमलिएर; अलमल्ल; बिलखबन्द; जिल्ल; वाल्ल; पक्क।
4578 अरक्षित वि. रक्षा नगरिएको वा नभएको; बचाउ नगरिएको; नजोगाइएको ।
4579 अरख ना. हे. अरक ।
4580 अरगज्ज क्रि.यो. अर्गज्ज ।
4581 अरघट्ठी ना. १. इनारबाट पानी झिक्ने घडाहरू झुन्ड्याइएको मालाकार यन्त्र; अरघट। क्रि.वि.
4582 अरघट्ठी ना. २. घट्ट झैँ निश्चल वा हलचल नगरीकन; ढसमस्स।
4583 अरट्ठो वि. १. नदोब्रिने; जर्रो; कडा; ठर्रो; नरम नभएको; अररो ।
4584 अरट्ठो वि. २. साह्रो; दरो ।
4585 अरणी ना. १. ठुलठुला यज्ञमा आगो पार्ने काठको मदानीजस्तो साधन; अग्निमन्थ।
4586 अरणी ना. २. सूर्य ।
4587 अरणी ना. ३. आगो; अग्नि ।
4588 अरणी ना. ४. चकमक।
4589 अरण्य ना. १. वन; जङ्ल ।
4590 अरण्य ना. २. सन्न्यासीको एक भेद ।
4591 अरण्यरोदन ना. १. जङ्गलभित्र रोएजस्तो रुवाइ; कसैले नसुन्ने रुवाइ; कसैले नसुन्ने एकोहोरो गुनासो ।
4592 अरत वि. १. नलहसिएको; विरक्त ।
4593 अरत वि. २. नरमेको; रत नभएको ।
4594 अरति ना. १. राग वा प्रेम नभएको स्थिति; विरक्ति ।
4595 अरति ना. २. असन्तोष।
4596 अरत्नि ना. १. अङ्गुल वा मात्राको चौबिस गुना, करपादको चार गुना ।
4597 अरत्नि ना. २. मुष्टिको छ गुना र तुणीको तीन गुना बराबरको नापो ।
4598 अरथी ना. १. सिँगारिएको शव हालेर मसानमा लैजाने यान; मुर्दाको खट; टाँड; शवयान । वि.
4599 अरथी ना. २. रथमा नबसेको; पैदल हिँडेको ।
4600 अरनिको ना. इसाको तेह्रौँ शताब्दीमा भोट हुँदै चीन जाने र चिनियाँ सम्राट् कुब्ला खाँको दरबारमा ठुलो सम्मान पाउने एक विश्वप्रसिद्ध एक नेपाली कलाकार; बलबाहु; अर्निको ।