Dictionary

All Word

4601 अरनिको राजमार्ग ना. काठमाडौँबाट कोदारी हुँदै नेपाल र चीनको सीमा मितेरी साँघुसम्म पुग्ने राजपथ ।
4602 अरनी ना. १. बिहानबेलुका खाइने मुख्य खानादेखि बाहेकको खानेकुरा; नास्ता; जलपान।
4603 अरनी ना. २. दिउँसो खाइने खानेकुरा; खाजा; दोपहरे; अर्नी ।
4604 अरन्डी ना. १. अन्डी; अन्डीको धागोबाट बनेको खास्टो।
4605 अरन्डी ना. २. भुलायो।
4606 अरब१ ना. १. सय करोडको सङ्ख्या; सय करोड । वि.
4607 अरब१ ना. २. सय करोड सङ्ख्याको; अर्ब ।
4608 अरब२ ना. १. एसिया महाद्वीपको दक्षिणभागमा रहेको एक प्रसिद्ध भूभाग।
4609 अरब२ ना. २. त्यस भूभागका निवासी ।
4610 अरब लिग ना. मिस्र, इराक, सिरिया, जोर्डन, सउदी अरब, यमन आदि देशमा सहयोग सम्बन्ध कायम गर्नका निम्ति इ. १९४५ मा स्थापित र पछि लिबिया, सुडान, मोरक्को, कुबेत, अल्जेरिया, ट्युनिसिया र दक्षिणी यमन पनि सामेल भएको एक संस्था ।
4611 अरबी वि. १. अरब देशको; अरबसम्बन्धी । ना.
4612 अरबी वि. २. पानीदार र ठुलो तो घोडा।
4613 अरबी वि. ३. अरब देशमा पाइने घोडा।
4614 अररिनु अ.क्रि. १. जाडाले कक्रक्क पर्नु ।
4615 अररिनु अ.क्रि. २. काँचो वा चिसो अवस्थाको वस्तु सुकेर ठर्रिनु ।
4616 अररिनु अ.क्रि. ३. नसाको रगत सञ्चालित हुन रोकिनु; बाउँ डिनु ।
4617 अररिनु अ.क्रि. ४. ठुलो दुःख हुनु ।
4618 अररी१ ना. १. डोरी बाट्दै गएपछि टुङ्ग्याउनीमा उब्रिएका पोया त्यसै डोरीका अन्तमा बेरेर नफुस्किने गरी सिउरिने काम। वि.
4619 अररी१ ना. २. काम गर्न गाह्रो मान्ने; अराएको काम गर्न गह्रुकाउने वा अप्ठ्यारो मान्ने (स्त्री)।
4620 अररी२ ना. जङ्गलमा झाडीका रूपमा हुने एक जातको काँडो वा उक्त काँडो हुने वनस्पति ।
4621 अररो वि. १. जाडाले कक्रिएको ।
4622 अररो वि. २. काँचो वा चिसो अवस्थाबाट सुकेर अरट्ठ परेको ।
4623 अररो वि. ३. रगतको सञ्चालन रोकिएर निश्चल भएको; त्यसरी कक्रक्क परेको वा ठर्रो (शरीर आदि) ।
4624 अरऱ्याइ ना. अररो हुनुको भाव वा स्थिति; अररिने क्रियाप्रक्रिया ।
4625 अरऱ्याइनु क.क्रि. अररो तुल्याइनु; अररिने पार्नु ।
4626 अरऱ्याउनु प्रे.क्रि. अररो तुल्याउनु; कक्रक्क पार्नु।
4627 अरल्लिनु अ.क्रि. हे. अतालिनु ।
4628 अरल्ल्याइ ना. अरल्लिने भाव, क्रिया वा प्रक्रिया ।
4629 अरल्ल्याइनु क.क्रि. अरल्लिने पारिनु ।
4630 अरल्ल्याउनु अ.क्रि. अरल्लिने पार्नु ।
4631 अरविन्द ना. १. कमल ।
4632 अरविन्द ना. २. सारस ।
4633 अरविन्द ना. ३. तामा (धातु) ।
4634 अरविन्दाक्ष ना. कमलनयन; बाटुला आँखा ।
4635 अरस वि. १. रस नभएको; नीरस; छोक्य्राइलो ।
4636 अरस वि. २. रसिलो नभएको; रस नभएको; झोलिलो नभएको ।
4637 अरसिक वि. १. रसिलो नभएको (ठाउँ वा वस्तु) ।
4638 अरसिक वि. २. रसिलो मिजास नभएको; हाँसख्याल नगर्ने (व्यक्ति) ।
4639 अराइ ना. अराउने भाव वा क्रियाप्रक्रिया ।
4640 अराइनु क.क्रि. अराउने काम गरिनु ।
4641 अराउनु स.क्रि. आज्ञा दिनु; कामका निम्ति खटाउनु; अह्राउनु।
4642 अराउ ना. अराउने काम; खट्न लगाउने काम; आज्ञा दिने काम ।
4643 अराउपराउ ना. काम लगाउने स्थिति; आज्ञा दिने आदि काम; खटाउपटाउ; अह्राउपह्राउ ।
4644 अराजक वि. १. कुनै पनि किसिमको अनुशासन नभएको; शासनव्यवस्था नमिलेको; अव्यवस्था भएको; छाडा ।
4645 अराजकता ना. शासनव्यवस्था, परिस्थिति, नियम, अनुशासन आदि नमिलेको अवस्था; शान्ति र सुखमय व्यवस्था नभएको शासन; ठुलो अव्यवस्था ।
4646 अराजकतावाद ना. राज्यहीन शासनव्यवस्था मान्ने मत; शासकविना समाज चल्छ भन्ने एक किसिमको सिद्धान्त।
4647 अराजकतावादी ना. अराजकतावादको अनुयायी; अराजकतावादको समर्थक।
4648 अराजी वि. खुसी नभएको; राजी नभएको; बिराजी ।
4649 अरारी ना. ससाना पात हुने र गुलाफी रङ्गका गोलाकार फूल फुल्ने एक बोट वा कलेजी रङ्गका लामा कोसा फल्ने र काठको अँगारबाट बारुद बनाइने काँडादार वनस्पति; त्यसैको फल; आरी ।
4650 अराल्नु स.क्रि. अधकल्चो पारेर भुट्नु; राम्रोसँग नपाक्ने गरी भुट्नु; आधा काँचो हुने गरी मकै आदि भुट्नु ।