Dictionary

All Word

4751 अर्घेल्याइँ ना. १. उपद्रो; कसुर; बिजाइँ।
4752 अर्घेल्याइँ ना. २. अमिल्दोपना; अचाडुपन।
4753 अर्घो ना. गुरुङ जातिको कुनै व्यक्ति मरेको वर्ष दिन पुगेपछि गरिने वार्षिक श्राद्धादि क्रिया; अर्घु ।
4754 अर्घौतो ना. अर्घ दिने भाँडो; अर्घपात्र ।
4755 अर्घ्य ना. १. देवता, अतिथि वा मान्यजनलाई सत्कार वा पूजा गर्दा चढाइने वा दिइने जल, पञ्चामृत, दुबो आदि वस्तु । वि.
4756 अर्घ्य ना. २. पूजा गर्न हुने वा लायक; पूज्य ।
4757 अर्घ्य ना. ३. मोल धेरै पर्ने; मूल्यवान्।
4758 अर्चन / अर्चना ना. १. देउदेउताको प्रीतिका निम्ति गरिने पूजा।
4759 अर्चन / अर्चना ना. २. ठुलाबडालाई गरिने आदर एवं सत्कार।
4760 अर्चनीय वि. १. पूजनीय; पूजायोग्य ।
4761 अर्चनीय वि. २. माननीय; प्रतिष्ठित ।
4762 अर्चल ना. गाईबाख्रालाई घाँस खुवाइने दुई अमलका हरिया, चिल्ला र अमिल्च्या पात हुने एक प्रकारको बोट वा गुलियो स्वाद र कालो रङ हुने त्यसैको गेडा वा फल ।
4763 अर्चले ना. १. कास्की जिल्लाअन्तर्गत पर्ने कविशिरोमणि लेखनाथ पौड्यालको जन्म भएको एक प्रसिद्ध गाउँ । वि.
4764 अर्चले ना. २. अर्चल हुने ठाउँ।
4765 अर्चा ना. पूजा।
4766 अर्चिष्मति ना. बौद्ध धर्मअनुसार दशभूमि वा त्रयोदशभूमिको चौथो श्रेणी।
4767 अर्ज ना. कसैप्रति गरिने बिन्तीभाउ; अनुरोध; विनय; प्रार्थना ।
4768 अर्जक वि. कमाइ गर्ने; आम्दानी गर्ने; आर्जन गर्ने ।
4769 अर्जन ना. कमाउने वा आर्जने काम; उपार्जन; आर्जन ।
4770 अर्जनीय वि. अर्जन गर्न योग्य; कमाउन लायक ।
4771 अर्जाप्नु स.क्रि. १. हतियारलाई लाग्ने पार्न पाइन चढाउनु; पाइन हाल्नु ।
4772 अर्जाप्नु स.क्रि. २. हतियारमा साँध लगाउनु; धारिलो पार्नु ।
4773 अर्जापिनु क.क्रि. अर्जाप्ने काम गरिनु ।
4774 अर्जित वि. १. कमाएको; आर्जन गरेको; आम्दानी गरेको ।
4775 अर्जित वि. २. जम्मा गरिएको; साँचिएको ।
4776 अर्जी ना. १. कुनै इच्छित कुरा प्राप्त गर्नका लागि दिइने निवेदन; प्रार्थना ।
4777 अर्जी ना. २. अड्डाले तोकेको दिन हाजिर हुन नसक्ता तारिख थाम्नका निम्ति झगडियाले मानिस वा हुलाकद्वारा तारिख थामिपाऊँ भनी अड्डामा पठाउने निवेदन ।
4778 अर्जी ना. ३. उजुर; फिरादपत्र।
4779 अर्जीपत्र ना. अर्जी ।
4780 अर्जुन ना. १. पञ्चपाण्डवमध्ये एक भाइ (साहिँला) ।
4781 अर्जुन ना. २. कार्तवीर्य ।
4782 अर्जुन ना. ३. यसै नामको एक वृक्ष।
4783 अर्णव ना. १. समुद्र; सागर ।
4784 अर्णव ना. २. सूर्य; भास्कर ।
4785 अर्ति ना. १. पीडा; दुःख; कष्ट ।
4786 अर्ति ना. २. धनुको टुप्पो ।
4787 अर्ती ना. हितका कुरा; भलो हुने कुरा; उपदेश; शिक्षा।
4788 अर्तीबुद्धि ना. अर्ती तथा ज्ञानसम्बन्धी कुरा; अर्ती र बुद्धि ।
4789 अर्थ ना. १. माने; मतलब; तात्पर्य; अभिप्राय ।
4790 अर्थ ना. २. शब्दबाट प्रकट हुने मानवहृदयको आशय; शब्दशक्ति ।
4791 अर्थ ना. ३. अभिधा, लक्षणा र व्यञ्जनाबाट बोध हुने तात्पर्य ।
4792 अर्थ ना. ४. हेतु; निमित्त; प्रयोजन।
4793 अर्थ ना. ५. काम; इष्ट।
4794 अर्थ ना. ६. इन्द्रियको विषय ।
4795 अर्थ ना. ७. धर्म, अर्थ, काम, मोक्ष चार पुरुषार्थमध्ये एक।
4796 अर्थ ना. ८. धन; सम्पत्ति; ऐश्वर्य ।
4797 अर्थ ना. ९. विनिमयको माध्यम। १०. मूल्यका रूपमा दिइने मुद्रा वा सुन, चाँदी आदि।
4798 अर्थ ना. ११. मूल्य निर्धारित द्रव्य ।
4799 अर्थकर वि. धन प्राप्त गराउने; अर्थलाभ गराउने ।
4800 अर्थकरी ना. १. धन कमाउने विद्या वा सिप । वि.