Dictionary

All Word

4901 अर्धबहुभाषिकता ना. एकभन्दा बढी भाषा बुझ्ने, तर जवाफ दिनुपर्दा आफ्नै मातृभाषामा मात्र दिन सक्ने स्थिति।
4902 अर्धमागधी ना. प्राकृत भाषाको एक भेद; काशी र मथुराका बिचको क्षेत्रमा चलेको प्राकृत भाषा ।
4903 अर्धमुदित वि. आधा खुलेको वा आधा चिम्लिएको; आधा बन्द (नयन, आँखा)।
4904 अर्धमूर्च्छित वि. आधा मूर्छा परेको र आधा होस भएको ।
4905 अर्धमूर्ति ना. कुनै देवता वा महापुरुषको कमरदेखि मास्तिरको भाग मात्र रहेको मूर्ति ।
4906 अर्धवयस्क वि. आधाआधी मात्र उमेर बितेको; अधबैँसे; प्रौढ ।
4907 अर्धविकसित वि. पूरा नबढेको वा आधा बढेको; आधाआधी विकास भएको।
4908 अर्धविराम ना. ठुलठुला वाक्यभित्र रहेका वाक्यांशहरूमा पादविरामभन्दा बेसी र पूर्णविरामभन्दा कम्ती अडिनुपर्ने ठाउँ; त्यस्तो ठाउँमा दिइने (;) सङ्केत चिह्न ।
4909 अर्धविवृत वि. जिब्रो तालुभन्दा बढी तलतिर झरेकाले मुखविवर अर्द्धसंवृतमा भन्दा बढी खुलेको ।
4910 अर्धवृत्त ना. वृत्तको एक भागबाट केन्द्र हुँदै सोझो अर्को भागमा हुँदा हुने गोलाको आधा भाग; अर्धगोलाकार; वृत्तको आधा ।
4911 अर्धव्यञ्जन ना. अक्षरात्मक व्यञ्जन ( र, ल, म, न आदि) लाई दिइएको भाषावैज्ञानिक नाम; अक्षरात्मक व्यञ्जन ।
4912 अर्धशुष्क वि. आधाआधी चिसो र आधाआधी सुकेको; अधसुक्खा; दरसुको ।
4913 अर्धसंवृत वि. संवृतमा जस्तो जिब्रो तालुको नजिकमा गएर टुङ्गिनुको साटो जिब्रो केही तल झर्नाले मुखविवर संवृतमा भन्दा केही बढी खुलेको (प्रयत्न)।
4914 अर्धसम ना. श्लोकको आधा भाग एक छाँटको र अर्को आधा भाग बेग्लै छाँटको वा पहिलो र तेस्रो पाउ एक लक्षणको र दोस्रो र चौथो पाउ अर्को लक्षण भएको छन्द ।
4915 अर्धसमवृत्त ना. अर्धसम ।
4916 अर्धसरकारी वि. १. कुनै संस्थाको लगानी र आम्दानीमा सरकारको आधा हिस्सा भएको; सरकार र सर्वसाधारण जनताको आधा आधा हक भएको।
4917 अर्धसरकारी वि. २. सरकारी तलब खाएको, तर किताबखानामा नाम दर्ता नभएको; संस्थान, निगम आदिमा काम गर्ने (कर्मचारी) ।
4918 अर्धसामन्ती वि. उच्च सामन्ती नभई मझौला खालको सामन्ती; मध्यम स्तरको सामन्ती ।
4919 अर्धसिल्ली वि. १. पूरा मात्रामा पागल नभएको; कहिले होसका कुरा गर्ने र कहिले बेहोसका कुरा गर्ने; चित्तवृत्ति स्थिर नभएको ।
4920 अर्धसिल्ली वि. २. बताहा; बढी फाइँफुट्टी लगाएर हिँड्ने; बतासे ।
4921 अर्ध सुकुमवासी वि. आफ्ना नाउँमा जग्गाजमिन, घरघडेरी आदि भएर पनि राम्ररी खान लगाउन नसक्ने खालको सुकुमवासी।
4922 अर्धस्वर ना. कहीँ स्वरका रूपमा रहने र कहीँ व्यञ्जनकै रूपमा रहने (व अथवा य) वर्ण ।
4923 अर्धाङ्ग ना. १. आधा अङ्ग; आधा शरीर; आधा जिउ ।
4924 अर्धाङ्ग ना. २. लोग्ने र स्वास्नी।
4925 अर्धाङ्गिनी ना. पत्नी; जोई; श्रीमती; स्वास्नी ।
4926 अर्धानु / अर्धानो वि. आधा नयाँ र आधा पुरानो; आधा सुमरेको; आधा फाटेको र आधा सद्दे; फाटे पनि कामचलाउ रूपमा लगाइने।
4927 अर्धाली ना. १. आधा पङ्क्ति ।
4928 अर्धाली ना. २. आधा श्लोक।
4929 अर्धाली ना. ३. आधा भाग ।
4930 अर्धासन ना. कसैलाई सम्मानपूर्वक वा कर्तव्यपूर्वक दिइने आफ्नो आसनको आधा भाग ।
4931 अर्धी ना. गीतका अन्तराको आधा भाग; उत्तरार्ध ।
4932 अर्धो वि. १. उमेरमै स्वास्नी मरेको ।
4933 अर्धो वि. २. अर्धाङ्गिनी नभएको; विधुर; राँडो।
4934 अर्ना ना. १. जङ्गली राँगो ।
4935 अर्ना ना. २. बेसरी मोटाएको पशु; बराँठ। वि.
4936 अर्ना ना. ३. बेसरी मोटाएको (मानिस, पशु आदि) ।
4937 अर्नालिनु अ.क्रि. १. भोकले अतालिनु वा पीडित हुनु; भोकले सताइनु।
4938 अर्नालिनु अ.क्रि. २. धेरै फाइँफुइँ गरेर हिँड्नु ।
4939 अर्नाल्याइ ना. अर्नालिने क्रिया वा प्रक्रिया ।
4940 अर्नाल्याइनु क.क्रि. अर्नालिने पारिनु ।
4941 अर्नाल्याउनु प्रे. क्रि. अर्नालिने पार्नु ।
4942 अर्निको ना. हे. अरनिको ।
4943 अर्नेस्ट मनी ना. बढाबढ वा लिलामबाट सामान प्राप्त गर्ने व्यक्तिले जम्मा गर्नुपर्ने तोकिएको रकम; पछि फिर्ता हुने गरी जम्मा गरिने रकम; पेस्की ।
4944 अर्पनु सं. क्रि. १. कसैलाई श्रद्धापूर्वक कुनै वस्तु दिनु; चढाउनु; अर्पण गर्नु।
4945 अर्पनु सं. क्रि. २. भाकल गर्नु; सङ्कल्प गर्नु।
4946 अर्पक वि. १. श्रद्धापूर्वक अर्पण गर्ने; विनयपूर्वक दिने वा चढाउने ।
4947 अर्पण ना. १. श्रद्धापूर्वक दिने वा चढाउने काम; समर्पण; दान।
4948 अर्पण ना. २. सार्वजनिक कार्यका निम्ति निःस्वार्थ भावले कुनै विषयको काम गर्नेगराउने हेतुले गरिने अर्थप्रदान।
4949 अर्पाइ ना. अर्पने भाव, क्रिया वा प्रक्रिया।
4950 अर्पाइनु क.क्रि. अर्पन लाइनु ।