Dictionary

All Word

4401 अप्रतीत वि. २. नसम्झिने; नबुझिने; अस्पष्ट ।
4402 अप्रतीतता ना. कुनै पदको नयाँ अर्थ भए तापनि कहिलेकाहीँ मात्र चलेको हुँदा त्यो अर्थ सबैले बुझ्न नसकिने भएमा हुने एक प्रकारको पददोष ।
4403 अप्रत्यक्ष वि. १. प्रत्यक्ष नभएको; साक्षात्कार नभएको; परोक्ष |
4404 अप्रत्यक्ष वि. २. अदृष्ट; अगोचर।
4405 अप्रत्यक्ष वि. ३. थाहा नहुने किसिमले भएको; सोझो ढङ्गले नभएको।
4406 अप्रत्यक्ष कर ना. प्रत्यक्ष रूपबाट नलिएर उपभोग्य वस्तुहरूको उत्पादक वा आयातकर्ताहरूबाटै लिइने कर।
4407 अप्रत्यक्ष करार ना. अप्रत्यक्ष किसिमले राखिने सम्बन्ध; परोक्ष सम्झौता वा सर्तनामा ।
4408 अप्रत्यक्ष प्रतिलिपि ना. प्रत्यक्ष रूपमा स्पष्ट बुझिने नभई कुनै विशेष तरिका वा उपायले मात्र बुझ्न सकिने प्रतिलिपि; छायाचित्र।
4409 अप्रत्यक्ष संरक्षण ना. अप्रत्यक्ष रूपले गरिएको हेरविचार वा संरक्षण।
4410 अप्रत्याशित वि. १. आशा नगरिएको ।
4411 अप्रत्याशित वि. २. अचानक भएको; आकस्मिक।
4412 अप्रदर्शित वि. प्रदर्शन नगरिएको; नदेखाइएको; रङ्गमञ्चमा नल्याइएको।
4413 अप्रधान वि. १. प्रधान नभएको; अमुख्य ।
4414 अप्रधान वि. २. सहायक; गौण।
4415 अप्रधान उपवाक्य ना. व्याकरणमा मुख्य वाक्यका सहायकका रूपमा आउने उपवाक्य; सहायक वा गौण उपवाक्य।
4416 अप्रमत्त वि. १. नमात्तिएको; प्रमाद नभएको; उन्मत्त नभएको।
4417 अप्रमत्त वि. २. सावधान; सतर्क।
4418 अप्रमत्त वि. ३. बुद्धिमान्; विद्वान् ।
4419 अप्रमाण वि. १. कुनै पनि प्रमाण नभएको; निस्सा नभएको ।
4420 अप्रमाण वि. ना. २. प्रमाणको अभाव वा अनुपस्थिति।
4421 अप्रमाणित वि. प्रमाण नभएको; प्रमाणित नभएको ।
4422 अप्रमाद वि. प्रमादरहित; सतर्क; सावधान।
4423 अप्रमेय वि. १. नाप्न नसकिने; असीम; अपरिमित; अनन्त २. तर्कबाट सिद्ध गर्न नसकिने ।
4424 अप्रमेय वि. ३. यथार्थ रूपमा जान्न नसकिने ।
4425 अप्रमेय वि. ना. ४. ब्रह्म; ईश्वर।
4426 अप्रयुक्त वि. १. प्रयोग नगरिएको; व्यवहारमा नल्याइएको; अव्यवहृ।
4427 अप्रयुक्त वि. ना. २. शास्त्रमा प्रसिद्ध भए तापनि व्यवहारमा प्रयोग गर्दा हुने पददोष।
4428 अप्रवृत्ति ना. व्यवहारमा नआउने क्रिया; काम नलाग्ने स्थिति; निष्क्रियता ।
4429 अप्रशिक्षित वि. १. उत्तम शिक्षा नपाएको; राम्रो शिक्षा नपाएको ।
4430 अप्रशिक्षित वि. २. पूर्ण शिक्षा प्राप्त नगरेको; अर्धशिक्षित ।
4431 अप्रशिक्षित वि. ३. व्यावहारिक शिक्षा प्राप्त नगरेको; तालिम नपाएको ।
4432 अप्रसङ्ग वि. १. विनाप्रसङ्गको; असम्बन्धि।
4433 अप्रसङ्ग वि. २. प्रेम नभएको; अनुरागरहि।
4434 अप्रसङ्ग वि. ना. बेमौका; अनुपयुक्त अवसर।
4435 अप्रसन्न वि. खुसी नभएको; प्रसन्न नभएको; अप्रफुल्ल ।
4436 अप्रसन्नता ना. अप्रसन्न हुनाको भाव वा स्थिति; अप्रफुल्लता; बेराजीपना।
4437 अप्रसिद्ध वि. प्रसिद्ध नभएको; प्रख्यात नभएको; चारैतिर नफैलिएको।
4438 अप्रसिद्धि ना. प्रसिद्धिको अभाव; ख्यातिहीनता; प्रख्यातिविहीनता।
4439 अप्रस्तावित वि. प्रस्ताव नराखिएको; प्रस्ताव पेस नभएको।
4440 अप्रस्तुत वि. १. पेस नगरिएको; प्रस्तुत नगरिएको ।
4441 अप्रस्तुत वि. २. अगाडि नरहेको; उपस्थित नभएको ।
4442 अप्रस्तुत वि. ३. प्रासङ्गिक नभएको; सङ्गति नमिलेको; प्रयोजन नभएको ।
4443 अप्रस्तुत वि. ना. ४. उपमान।
4444 अप्रस्तुत प्रशंसा ना. कुनै अप्रासङ्गिक कुरा गरेर प्रासङ्गिक कुरा बुझाएमा हुने एक अर्थालङ्कार ।
4445 अप्राकृत वि. १. प्राकृत नभएको, अस्वाभाविक।
4446 अप्राकृत वि. २. साधारण नभएको; असाधारण।
4447 अप्राकृतिक वि. १. प्राकृतिक नभएको; स्वाभाविक नभएको; अस्वाभाविक; अनैसर्गिक ।
4448 अप्राकृतिक वि. २. अस्वाभाविक ढङ्गले गरिने (सम्बन्ध, मैथुन इ.)।
4449 अप्राप्त वि. १. प्राप्त नभएको; नपाइएको; नमिलेको ।
4450 अप्राप्त वि. २. पाउन कठिन; अलभ्य; दुर्लभ ।