Dictionary

All Word

4351 अपेक्षा ना. १. केही वस्तु पाउन त्यसमा दृष्टि वा लालच पुऱ्याउने काम; इच्छा; अभिलाषा; वास्ता; चाहना ।
4352 अपेक्षा ना. २. अस्तित्व, क्रम, विकास, स्थिति आदिका दृष्टिले कुरा वा वस्तुहरूमा रहने स्वाभाविक सम्बन्ध।
4353 अपेक्षा ना. ३. आशा; भरोसा ।
4354 अपेक्षा ना. ४. तुलना; दाँजो ।
4355 अपेक्षाकृत क्रि.वि. १. तुलना वा दाँजोमा ।
4356 अपेक्षाकृत क्रि.वि. २. आशा गरेको भन्दा।
4357 अपेक्षित वि. १. अपेक्षा गरिएको; वाञ्छनीय।
4358 अपेक्षित वि. २. प्रयोजनीय; आवश्यक; जरुरी।
4359 अपेक्ष्य वि. १. वाञ्छनीय; इच्छा गर्न लायक ।
4360 अपेक्ष्य वि. २. प्रयोजनीय; आवश्यक |
4361 अपेय वि. पिउन नहुने वा नसकिने; पिउन लायक नभएको ।
4362 अपौरुष ना. १. पौरुष वा वीरताको अभाव ।
4363 अपौरुष ना. २. साधारण मानिसमा नपाइने गुण; अलौकिक शक्ति; अलौकिकता ।
4364 अपौरुष ना. वि. ३. पुरुषार्थ नभएको; सामर्थ्यहीन ।
4365 अपौरुष ना. ४. अलौकिक; ईश्वरीय |
4366 अपौरुषेय वि. १. पुरुष वा मानिसले नबनाएको; अलौकिक।
4367 अपौरुषेय वि. २. पौरुष नभएको; पुरुषार्थहीन; अपौरुष।
4368 अपौष्टिक वि. पौष्टिक नभएको; शरीरमा तागत नलाग्ने; पौष्टिकताहीन (खाद्य वस्तु आदि) ।
4369 अप्ठेरो/अप्ठ्यारो वि. १. असजिलो; गाह्रो; कठिन ।
4370 अप्ठेरो/अप्ठ्यारो वि. २. बाउँटो; बिँगठ्याहा; टेढो ।
4371 अप्ठेरो/अप्ठ्यारो वि. क्रि.वि. ३. दोठ्याङ; अन्डस; अडकाउ; अठवा।
4372 अप्रकट वि. प्रकट नभएको; उत्पन्न नभएको; नदेखिएको; लुकेको; छिपेको।
4373 अप्रकरण ना. प्रकरणबाहेकको विषयवस्तु; अप्राकरणिक विषय ।
4374 अप्रकाश ना. १. प्रकाशको अभाव; अँध्यारो ।
4375 अप्रकाश ना. वि. २. प्रकाश नआएको; उज्यालोविनाको ।
4376 अप्रकाश ना. ३. लुकेको वा छिपेको; प्रकटमा नआएको।
4377 अप्रकाश ना. ४. ननिस्केको; प्रकाशमा नआएको; अप्रकाशि।
4378 अप्रकाशित वि. १. अँध्यारो; उज्यालो नभएको; प्रकाशविनाको २. प्रकट नभएको वा नगरिएको ३. गुप्त; नदेखिएको ।
4379 अप्रकाशित वि. ४. छापेर प्रचार नगरिएको ।
4380 अप्रकृत वि. १. प्रकृत वा स्वाभाविक नभएको ।
4381 अप्रकृत वि. २. विषय नमिलेको; भिन्न विषयको; अप्रासङ्गिक।
4382 अप्रचलित वि. प्रचलनमा नआएको; नचलेको; व्यवहारमा नल्याइएको; अप्रयुक्।
4383 अप्रतिकार वि. १. प्रतिकार नगरिएको; बदला नलिइएको ।
4384 अप्रतिकार वि. ना. २. प्रतिकार वा प्रतिशोधको अभाव ।
4385 अप्रतिदेय वि. १. सहायतार्थ दिइएको (धन) ।
4386 अप्रतिदेय वि. २. फिर्ता गर्नु नपर्ने (ऋण)।
4387 अप्रतिदेय वि. ना. ३. दान ।
4388 अप्रतिद्वन्द्व वि. १. आफ्नो बराबरीको कोही नभएको; जोडा नभएको; प्रतिद्वन्द्वी नभएको ।
4389 अप्रतिद्वन्द्व वि. २. कसैले जित्न नसक्ने; अजेय।
4390 अप्रतिद्वन्द्व वि. ना. ३. प्रतिद्वन्द्व वा पारस्परिक भिडन्त नभएको अवस्था ।
4391 अप्रतिबन्ध वि. १. रोकटोक नभएको; प्रतिबन्ध नलागेको; स्वच्छन्द।
4392 अप्रतिबन्ध वि. ना. २. प्रतिबन्धको अभाव वा अनुपस्थिति ।
4393 अप्रतिभ वि. १. प्रतिभा नभएको; निर्बुद्धि; हतप्रभ ।
4394 अप्रतिभ वि. २. फुर्ती नभएको; सुस्।
4395 अप्रतिभ वि. ३. जाँगर नभएको; आलस्ययुक्।
4396 अप्रतिम वि. जोडा नभएको; अद्वितीय; अनुपम ।
4397 अप्रतिष्ठा ना. १. प्रतिष्ठाको अभाव; अनादर; तिरस्कार; हेला ।
4398 अप्रतिष्ठा ना. २. अपयश; अकीर्ति।
4399 अप्रतिष्ठित वि. प्रतिष्ठा नभएको; मानमर्यादा नभएको; असम्मानित; अमर्यादि।
4400 अप्रतीत वि. १. अप्रसन्न; बेखुसी ।