Dictionary

All Word

5601 अर्धशुष्क वि. आधाआधी चिसो र आधाआधी सुकेको; अधसुक्खा; दरसुको ।
5602 अर्धसंवृत वि. संवृतमा जस्तो जिब्रो तालुको नजिकमा गएर टुङ्गिनुको साटो जिब्रो केही तल झर्नाले मुखविवर संवृतमा भन्दा केही बढी खुलेको (प्रयत्न)।
5603 अर्धसम ना. श्लोकको आधा भाग एक छाँटको र अर्को आधा भाग बेग्लै छाँटको वा पहिलो र तेस्रो पाउ एक लक्षणको र दोस्रो र चौथो पाउ अर्को लक्षण भएको छन्द ।
5604 अर्धसमवृत्त ना. अर्धसम ।
5605 अर्धसरकारी वि. १. कुनै संस्थाको लगानी र आम्दानीमा सरकारको आधा हिस्सा भएको; सरकार र सर्वसाधारण जनताको आधा आधा हक भएको।
5606 अर्धसरकारी वि. २. सरकारी तलब खाएको, तर किताबखानामा नाम दर्ता नभएको; संस्थान, निगम आदिमा काम गर्ने ( कर्मचारी) ।
5607 अर्धसामन्ती वि. उच्च सामन्ती नभई मझौला खालको सामन्ती; मध्यम स्तरको सामन्ती ।
5608 अर्धसिल्ली वि. १. पूरा मात्रामा पागल नभएको; कहिले होसका कुरा गर्ने र कहिले बेहोसका कुरा गर्ने; चित्तवृत्ति स्थिर नभएको ।
5609 अर्धसिल्ली वि. २. बताहा; बढी फाइँफुट्टी लगाएर हिँड्ने; बतासे ।
5610 अर्ध सुकुमवासी वि. आफ्ना नाउँमा जग्गाजमिन, घरघडेरी आदि भएर पनि राम्ररी खान लगाउन नसक्ने खालको सुकुमवासी।
5611 अर्धस्वर ना. कहीँ स्वरका रूपमा रहने र कहीँ व्यञ्जनकै रूपमा रहने (व अथवा य) वर्ण ।
5612 अर्धाङ्ग ना. १. आधा अङ्ग; आधा शरीर; आधा जिउ ।
5613 अर्धाङ्ग ना. २. लोग्ने र स्वास्नी।
5614 अर्धाङ्गिनी ना. पत्नी; जोई; श्रीमती; स्वास्नी ।
5615 अर्धानु / अर्धानो वि. आधा नयाँ र आधा पुरानो; आधा सुमरेको; आधा फाटेको र आधा सद्दे; फाटे पनि कामचलाउ रूपमा लगाइने।
5616 अर्धाली ना. १. आधा पङ्क्ति ।
5617 अर्धाली ना. २. आधा श्लोक ३. आधा भाग ।
5618 अर्धासन ना. कसैलाई सम्मानपूर्वक वा कर्तव्यपूर्वक दिइने आफ्नो आसनको आधा भाग ।
5619 अर्धी ना. गीतका अन्तराको आधा भाग; उत्तरार्ध ।
5620 अर्धो वि. १. उमेरमै स्वास्नी मरेको ।
5621 अर्धो वि. २. अर्धाङ्गिनी नभएको; विधुर; राँडो।
5622 अर्ना ना. १. जङ्गली राँगो ।
5623 अर्ना ना. २. बेसरी मोटाएको पशु; बराँठ।
5624 अर्ना ना. वि. ३. बेसरी मोटाएको (मानिस, पशु आदि) ।
5625 अर्नालिनु अ.क्रि. १. भोकले अतालिनु वा पीडित हुनु; भोकले सताइनु।
5626 अर्नालिनु अ.क्रि. २. धेरै फाइँफुइँ गरेर हिँड्नु ।
5627 अर्नाल्याइ ना. अर्नालिने क्रिया वा प्रक्रिया |
5628 अर्नाल्याइनु क.क्रि. अर्नालिने पारिनु ।
5629 अर्नाल्याउनु प्रे. क्रि. अर्नालिने पार्नु ।
5630 अर्निको ना. हे. अरनिको ।
5631 अर्नेस्ट मनी ना. बढाबढ वा लिलामबाट सामान प्राप्त गर्ने व्यक्तिले जम्मा गर्नुपर्ने तोकिएको रकम; पछि फिर्ता हुने गरी जम्मा गरिने रकम; पेस्की ।
5632 अर्पनु सं. क्रि. १. कसैलाई श्रद्धापूर्वक कुनै वस्तु दिनु; चढाउनु; अर्पण गर्नु।
5633 अर्पनु सं. क्रि. २. भाकल गर्नु; सङ्कल्प गर्नु।
5634 अर्पक वि. १. श्रद्धापूर्वक अर्पण गर्ने; विनयपूर्वक दिने वा चढाउने ।
5635 अर्पण ना. १. श्रद्धापूर्वक दिने वा चढाउने काम; समर्पण; दान।
5636 अर्पण ना. २. सार्वजनिक कार्यका निम्ति निःस्वार्थ भावले कुनै विषयको काम गर्नेगराउने हेतुले गरिने अर्थप्रदान।
5637 अर्पाइ ना. अर्पने भाव, क्रिया वा प्रक्रिया।
5638 अर्पाइनु क.क्रि. अर्पन लाइनु ।
5639 अर्पाउनु प्रे.क्रि. अर्पन लाउनु; अर्पण गराउनु ।
5640 अर्पित वि. अर्पण गरिएको; चढाइएको; दिइएको; दान गरिएको ।
5641 अर्पिनु स.क्रि. अर्पने काम गरिनु।
5642 अर्फु ना. पहेँलो केसर भएको, ससाना फूल फुल्ने, धेरै कुना भएका ठुलठुला पात हुने एक प्रकारको काँडे लहरो।
5643 अर्फु ना. (यसको रस माछाका निम्ति विष हुन्छ ।)।
5644 अर्बुद ना. १. अरब; अर्ब ।
5645 अर्बुद ना. २. क्यान्सर रोग।
5646 अर्बुद ना. वि. ३. सय करोड सङ्ख्याको।
5647 अर्मल्नु स.क्रि. नोक्सान भए जतिको बिगो निर्धारित गर्नु; तौल आदिद्वारा अनुमान गर्नु; अर्मल तोक्नु ।
5648 अर्मल ना. गाईबस्तुले बाली खाँदा गाईबस्तुका धनीबाट बालीधनीलाई सरकार वा पञ्चले भराइदिने बिगो; बाली नोक्सानीको हर्जाना |
5649 अर्मलाइ ना. अर्मल्ने भाव, क्रिया वा प्रक्रिया |
5650 अर्मलाइनु क.क्रि. अर्मल्न लगाइनु ।