Dictionary

All Word

5701 अलग्ग क्रि.वि. छुट्टै; भिन्नै; बेग्लै; पृथक्; अलग ।
5702 अलग्गिनु अ.क्रि. अलग्ग हुनु; छुट्टिनु ।
5703 अलग्याइ ना. अलग्गिने भाव, क्रिया वा प्रक्रिया |
5704 अलग्याइनु क.क्रि. अलग्गिने पारिनु ।
5705 अलग्याउनु प्रे.क्रि. अलग्गिने पार्नु ।
5706 अलग्याहट ना. अलग्याइ ।
5707 अलङ्करण ना. १. गहना; आभूषण; शृङ्गारका सामग्री ।
5708 अलङ्करण ना. २. सजावट; शृङ्गार ।
5709 अलङ्करणीय वि. अलङ्कार्य ।
5710 अलङ्कार ना. १. गहना; आभूषण; शृङ्गारका सामग्री ।
5711 अलङ्कार ना. २. शृङ्गार; सजावट |
5712 अलङ्कार ना. ३. अर्थगत वा शाब्दिक चमत्कारद्वारा साहित्यलाई सिँगार्ने तत्त्व भएको, साहित्यशास्त्रको एक अङ्ग; काव्यको चमत्कारपूर्ण वर्णनशैली |
5713 अलङ्कारप्राधान्यवाद ना. अलङ्कारलाई नै काव्यको आत्मा मान्ने विचार वा सिद्धान्।
5714 अलङ्कारवादी वि. अलङ्कारलाई नै प्रमुखता दिने वा अलङ्कारप्राधान्यवादको अनुयायी ।
5715 अलङ्कार विधान ना. काव्यमा अलङ्कारहरूको स्थापना वा संयोजन गर्ने क्रिया ।
5716 अलङ्कार शास्त्र ना. काव्यलाई रोचक र चमत्कारपूर्ण गराउने शैलीको विवेचना गरिएको शास्त्र ।
5717 अलङ्कार शास्त्र ना. अलङ्कारका स्वरूपको वर्णन गरिएको शास्त्र |
5718 अलङ्कार सम्प्रदाय ना. अलङ्कारलाई नै काव्यको आत्मा मान्ने आचार्यहरूको सम्प्रदाय ।
5719 अलङ्कार्य वि. सिँगार्न वा सजाउन लायक; अलङ्करणीय ।
5720 अलङ्कृत वि. १. अलङ्कार वा अलङ्करणले पूर्ण; सिँगारिएको; सजाइएको ।
5721 अलङ्कृत वि. २. साहित्यिक अलङ्कारद्वारा युक्।
5722 अलङ्घनीय / अलङ्घ्य वि. उल्लङ्घन गर्न नसकिने वा नहुने; नाघ्न नसकिने वा नहुने।
5723 अलचिलो वि. १. लचक नभएको; बेलचकदार।
5724 अलचिलो वि. २. नरम नभएको; ठर्रो; कडा; साह्रो ।
5725 अलच्छिन ना. खराब लक्षण; कुलक्षण, अमङ्गल; अपशकुन |
5726 अलच्छिनाहा/अलच्छिनी वि. खराब लक्षण भएको; कुलच्छिनको; पिराहा ।
5727 अलत्र क्रि.वि. १. लथालिङ्ग; जथाभावीसँग; अलपत्र।
5728 अलत्र क्रि.वि. वि. २. अलपत्र परेको; यता न उता भएको ।
5729 अलनाबिलना ना. १. आफ्ना मनको भाव व्यक्त गर्ने र आफूमा भएको दुःख व्यक्त गर्ने क्रियाप्रक्रिया ।
5730 अलनाबिलना ना. २. ईश्वर पुकारेर वा गुहारेर आफ्नो दुःख प्रकट गर्ने क्रियाप्रक्रिया |
5731 अलनाबिलना ना. ३. कसैबाट कुनै कुरा वा वस्तु हात पार्न अनेक किसिमका दुःख- सुखका कुरा गर्ने काम; ललौरीबिलौरी ।
5732 अलन्तर वि. १. बिचमा परेको; नराम्ररी चेपमा परेको।
5733 अलन्तर वि. २. बिलखबन्द ।
5734 अलप १ ना. १. देख्तादेख्तै हराउने क्रिया; लोप; गायब; बेपत्ता; अन्तर्धान।
5735 अलप १ ना. २. लुप्त हुने क्रिया ।
5736 अलप १ ना. वि. ३. लुप्त; पूरै हराएको वा बिलाएको ।
5737 अलप २ ना. टुटेफुटेको शिलालेख; शिलापत्रको भग्नावशेष; आलेप लागेको शिलाखण्डीय अभिलेख ।
5738 अलपक्का ना. दक्षिण अमेरिकामा हुने उँटजस्तो जनावरको रौँ र रेसम वा सुत मिलाई बनाइएको एक जातको कपडा ।
5739 अलपत्र क्रि.वि. १. यता न उता; ठहर न ठेगान ।
5740 अलपत्र क्रि.वि. वि. २. यता न उताको; ठहर न ठेगानको ।
5741 अलपत्रिनु अ.क्रि. अलपत्र पर्नु; अलत्र पर्नु; बेथिति वा बेठेगानसँग रहनु।
5742 अलपत्रे वि. काम सुरु गरेर लथालिङ्ग पारी बिचैमा छाड्ने; आवश्यक वस्तुहरूलाई प्रयोगमा नल्याई असुरक्षित रूपमा त्यसै राख्ने ।
5743 अलपत्र्याइ ना. अलपत्रिने किसिम, क्रिया वा प्रक्रिया ।
5744 अलपत्र्याइनु क.क्रि. अलपत्र पारिनु; अलपत्रिने तुल्याइनु ।
5745 अलपत्र्याउनु प्रे.क्रि. अलपत्रसँग कुनै मालसामान राख्न लगाउनु; अलपत्र पार्नु।
5746 अलपत्र्याहट ना. अलपत्र्याइ ।
5747 अलफा ना. जोगीहरूले लगाउने बाहुला नभएको कुर्था; विनाबाहुलाको खोलक; अलखा।
5748 अलबत्ता ना. १. निःसन्देह; पक्का; निश्चय; अवश्य ।
5749 अलबत्ता ना. वि.बो. २. अचम्म; उदेक।
5750 अलबत्ता ना. क्रि.वि. ३. अकस्मात्; अपर्झट ।