Dictionary

All Word

5851 अल्गो वि. विशेष पहुँच वा विस्तारभन्दा उँचो; माथि उठेको; खास ठाउँ वा सतहभन्दा माथितिर रहेको; अग्लो ।
5852 अल्ग्याइ ना. अल्गिने भाव, क्रिया वा प्रक्रिया |
5853 अल्ग्याइनु क.क्रि. अल्गो पारिनु; अलिगने पारिनु ।
5854 अल्ग्याउनु प्रे.क्रि. अल्गो पार्नु; अल्गिने पार्नु।
5855 अल्छाइ ना. अल्छाउने क्रिया वा प्रक्रिया ।
5856 अल्छाइनु अ.क्रि. अल्छाउने होइनु ।
5857 अल्छाउनु अ.क्रि. अल्छी हुनु; जाँगर मर्नु ।
5858 अल्छी/अल्छे वि. अल्सी; जाँगरमरुवा; कामकारोबारमा निष्क्रिय बन्ने |
5859 अल्छ्याइँ ना. अल्छीपना; अल्छेपन; जाँगरमरुवा चाल।
5860 अल्झनु अ.क्रि. १. फस्नु; अल्झिनु ।
5861 अल्झनु अ.क्रि. २. रोकिनु; अड्कनु।
5862 अल्झनु अ.क्रि. ३. अलमलिनु; अल्झोमा पर्नु।
5863 अल्झाइ ना. अल्झने भाव, क्रिया वा प्रक्रिया ।
5864 अल्झाइनु क.क्रि. अल्झन लगाइनु; अड्कने पारिनु ।
5865 अल्झाउनु प्रे.क्रि. अल्झने वा अड्कने पार्नु; फस्न लगाउनु; अल्झोमा पार्नु।
5866 अल्झाउने वि. अल्झने पार्ने; अल्झोमा राख्ने ।
5867 अल्झाउने बिल्झाउने वि. घरव्यवहारका जन्जालमा फसाउने ( केटाकेटी आदि जस्तै- दिदीका त अल्झाउने बिल्झाउने कोही छैनन्) ।
5868 अल्झिनु अ.क्रि. अल्झने होइनु; अल्झनु ।
5869 अल्झो ना. १. अड्काउ; बाधा।
5870 अल्झो ना. २. अलमल; झमेला; रुमलो।
5871 अल्झो ना. ३. झन्झट; झ्याउलो।
5872 अल्झोबिल्झो ना. अल्झाउने र बल्झाउने काम; छेकाबार ।
5873 अल्झयाइ ना. अल्झिने क्रिया वा प्रक्रिया |
5874 अल्झयाइनु क.क्रि. अल्झिने पारिनु ।
5875 अल्झयाउनु प्रे.क्रि. अल्झिने पार्नु; अल्झाउनु।
5876 अल्टिमेटम ना. अन्तिमेत्थम् ।
5877 अल्तालिनु अ.क्रि. अतालिनु ।
5878 अल्पनु अ.क्रि. १. नदेखिने हुनु; अलप हुनु; अन्तर्धान हुनु ।
5879 अल्पनु अ.क्रि. २. छिप्नु; लुक्नु ।
5880 अल्पनु अ.क्रि. ३. बिलाउनु; हराउनु।
5881 अल्प वि. १. थोरै; अलिकति; कम्ती ।
5882 अल्प वि. २. सानो; छोटो ।
5883 अल्पकालिक वि. थोरै दिनको; थोरै समयको; केही दिनको; छोटो अवधिको; अल्पकालीन ।
5884 अल्पकालीन वि. अल्पकालिक ।
5885 अल्पक्का ना. हे. अलपक्का।
5886 अल्पजीवी वि. १. थोरै आयु भएको; अल्पायु; थोरै दिनसम्म मात्र बाँच्ने ।
5887 अल्पज्ञ वि. १. थोरै ज्ञान भएको; थोरै जान्ने; कम जान्ने ।
5888 अल्पज्ञ वि. २. सानो बुद्धिको; छोटो बुद्धि भएको ।
5889 अल्पज्ञ वि. ३. नासमझ ।
5890 अल्पज्ञता ना. थोरै ज्ञान भएको अवस्था वा गुण; नासमझपना।
5891 अल्पता ना. अल्प हुनाको भाव वा स्थिति; न्यूनता; कमी ।
5892 अल्पप्राण ना. फोक्साबाट कम मात्रामा सास प्रवाहित हुँदा उत्पत्ति हुने ध्वनि; नेपाली व्यञ्जनका प्रत्येक वर्गको प्रथम- (क, च, ट, त, प), तृतीय- (ग, ज, ड, द, ब), पञ्चम- (ङ, न, म), तथा - य, र, ल, व वर्ण ।
5893 अल्पप्राणीभवन ना. शब्दमा रहेको महाप्राणध्वनि अल्पप्राणध्वनिमा परिवर्तित हुने प्रक्रिया।
5894 अल्पप्राणीभवन ना. (जस्तै- 'बाघचाल ' > 'बागचाल' हुँदा 'घ' को 'ग' भएको छ ।) ।
5895 अल्पभोग योजना ना. १. आवश्यक वस्तुको कम प्रयोग गर्ने र कष्ट भोगेर पनि थोरै पदार्थबाट नै काम चलाउन जोड दिने योजना; मितोपभोग योजना |
5896 अल्पमत ना. १. थोरै मत ।
5897 अल्पमत ना. २. थोरै राय ।
5898 अल्पमत ना. ३ चाहिनेभन्दा कम वा आवश्यक पर्नेभन्दा कम मत ।
5899 अल्पमत ना. ४. विजयीले पाएको भन्दा घटी म।
5900 अल्पमत ना. वि. ५. अल्पसङ्ख्यक ।