Dictionary

All Word

5901 अल्परक्त ना. १. शरीरमा रगतको मात्रा आवश्यकताभन्दा कम भएको अवस्था।
5902 अल्पवयस्क वि. १. सानो उमेरको; केटाकेटी ।
5903 अल्पवयस्क वि. २. नाबालिग |
5904 अल्पवादी वि. १. थोरै बोल्ने; कम बोल्ने।
5905 अल्पवादी वि. २. सभा वा समूहमा आफ्नो कम अनुभव र अरू कारणबाट कम बोल्ने (सदस्य वा व्यक्ति)।
5906 अल्पविकसित वि. १. थोरै मात्र विकसित भएको; कम मात्रामा विकास भएको।
5907 अल्पविकसित वि. २. थोरै बढेको; राम्ररी नसप्रेको; जिलीगान्टे; ग्याँचे, बामपुड्के ।
5908 अल्पविराम ना. शब्द, शब्दसमूह र वाक्यांशका पछिल्तिर लाग्ने एक प्रकारको विरामचिह्न; पादविराम (कमा)।
5909 अल्पविराम चिह्न ना. अल्पविरामको चिनु (,) ।
5910 अल्पसङ्ख्यक वि. थोरै सङ्ख्या भएको; गन्दा थोरै हुने ।
5911 अल्पांश ना. अल्प अंश; थोरै भाग।
5912 अल्पाइ ना. अल्पने भाव, क्रिया वा प्रक्रिया ।
5913 अल्पाइनु क.क्रि. अल्पने पारिनु ।
5914 अल्पाउनु प्रे.क्रि. अल्पने पार्नु वा पार्न लाउनु।
5915 अल्पायु वि. १. थोरै आयु भएको; थोरै दिन बाँच्ने; कम आयुको ।
5916 अल्पायु वि. ना. २. थोरै वा छोटो आयु।
5917 अल्पार्थक वि. थोरै अर्थ बुझाउने; सङ्क्षिप्त अर्थवाचक (शब्द)।
5918 अल्पावकाश ना. विद्यालय, कार्यालय आदिमा वा खेल आदिका समयको बिचमा जलपान वा विश्रामका निम्ति पाइने थोरै छुट्टी; छोटो अवकाश वा फुर्सद; टिफिन |
5919 अल्पावधि ना. छोटो समय; थोरै समय ।
5920 अल्पावधि ऋण ना. थोरै समयका लागि मात्र लिइएको वा दिइएको ऋण; थोरै अवधिमा बुझाउनुपर्ने ऋण।
5921 अल्पिनु अ.क्रि. १. अल्पने होइनु ।
5922 अल्पिनु अ.क्रि. २. अल्पनु ।
5923 अल्पीकरण ना. अधिकार, प्रतिष्ठा, महत्त्व, शक्ति आदिलाई भइरहेको अवस्थाबाट कम गराउने क्रिया ।
5924 अल्फी ना. एक किसिमको खुकुलो बाँकटे घाँगर ।
5925 अल्याङटल्याङ/अल्याङमल्याङ क्रि.वि. अलमल; आलटाल ।
5926 अल्लड/अल्लढ वि. १. कुनै काम पनि एकाग्र भएर नगर्ने; अस्थिरचित्त; विचार पुऱ्याएर काम नगर्ने; मनमा जो आयो सो गर्ने; मनमोजी ।
5927 अल्लड/अल्लढ वि. २. अल्लारे; अलमस्त ।
5928 अल्लड/अल्लढ वि. ३. बेइलमी; निरुद्योग ।
5929 अल्ला ना. मुसलमानहरूले मान्ने ईश्वर ।
5930 अल्लारिनु अ.क्रि. १. अल्लारे बन्नु; बेकाममा यताउति हिँड्नु; बरालिनु; भौँतारिनु ।
5931 अल्लारिनु अ.क्रि. २. बेइलमी हुनु; काम नपाउनु ।
5932 अल्लारे वि. १. बेकाममा यताउति हिँडिरहने; जताततै भौँतारिइरहने; अल्लढ।
5933 अल्लारे वि. २. पूर्ण यौवनावस्थाको; मस्त जवान ।
5934 अल्लारे वि. ३. आलोकाँचो अवस्थाको ।
5935 अल्लारेपना ना. अल्लारे चाल; आलोकाँचोपना ।
5936 अल्लाऱ्याइँ ना. अल्लारिने भाव, क्रिया वा प्रक्रिया ।
5937 अल्लाऱ्याइनु क.क्रि. अल्लारिने पारिनु वा गराइनु ।
5938 अल्लाऱ्याउनु प्रे.क्रि. अल्लारिने पार्नु वा गराउनु; अल्लारिन लगाउनु ।
5939 अल्लि वि. १. अलि (जोड दिँदा)।
5940 अल्लि वि. क्रि.वि. २. अझ; अरू ।
5941 अल्लेपाट ना. नेपाली कागत बनाउन तथा धोक्रा, लुकुनी आदि बनाउनका निम्ति प्रयोग गरिने सिस्नु जस्तै एक प्रकारको बुटो (अल्लो) को पाट ।
5942 अल्लो ना. पाटको धागो बनाएर धोक्रा र अन्य लगाउने साधन बनाइने एक जातको ठुलो खालको सिस्नु; लेकाली सिस्नु ।
5943 अल्वान ना. उनीको ओढ्ने; सल।
5944 अल्सेसियन ना. ब्वाँसो र कुकुर्नीका सम्पर्कबाट जन्मिएको कुकुरको एक जात ।
5945 अवंश वि. १. निर्वंश; वंशहीन; अपूतो ।
5946 अवंश वि. ना. २. नराम्रो वंश; कुवंश ।
5947 अव उप. शब्दका अगिल्तिर लागेर निश्चय, अनादर, न्यूनता आदि अर्थ बुझाउने उपसर्ग (अवधारणा, अवरोध, अवज्ञा इ.)।
5948 अवकरण ना. दुई वा दुईभन्दा बढी रासायनिक पदार्थ मिलेर बनेको वस्तु वा यौगिकबाट कुनै एक तत्त्वलाई हटाउने वा अलग गर्ने क्रिया (जस्तै- पानीबाट अक्सिजन, गिन्नीबाट तामा इ.) ।
5949 अवकर्षण ना. १. तलतिर घिस्स्याउने क्रिया ।
5950 अवकर्षण ना. २. तान्ने वा खिच्ने क्रिया।