Dictionary

All Word

6051 अवनति ना. १. अधोगति; हीन अवस्था; दुर्गति; पतन ।
6052 अवनति ना. २. नम्रता; विनम्रता।
6053 अवनति ना. ३. न्यूनता; कमी ।
6054 अवनि/अवनी ना. पृथ्वी; पृथिवी ।
6055 अवनीश्वर ना. राजा; भूपति ।
6056 अवन्ति/अवन्ती ना. हिन्दूहरूका सात मोक्षपुरीमध्ये एक; उज्जैन।
6057 अवपात ना. १. भौगोलिक दक्षिणोत्तर रेखा र चुम्बकीय दक्षिणोत्तर रेखाको परस्पर मिलन भएका स्थानको कोण ।
6058 अवपात ना. २. तल झर्ने वा खस्ने क्रिया ।
6059 अवबोध ना. १. जान्ने, बुझ्ने वा सम्झने काम; बुझाइ; ज्ञान।
6060 अवबोध ना. २. जागा हुने क्रिया; ब्युँझाइ ।
6061 अवबोध ना. ३. विवेचना; व्याख्या।
6062 अवबोधन ना. बुझ्ने वा बुझाउने कार्य ।
6063 अवबोधन कक्षा ना. ससाना समूहका विद्यार्थीहरूको खास विषयको सिकाइमा पुनरभ्यास वा अझ अभ्यास गराउन सहयोग हुने दृष्टिले शिक्षकबाट सञ्चालन हुने कक्षा |
6064 अवमान ना. अपमान; तिरस्कार; हेलाँ ।
6065 अवमूल्यन ना. १. कुनै वस्तुको मूल्य घट्ने वा महत्त्व कम हुने क्रिया ।
6066 अवमूल्यन ना. २. सरकारले अरू देशका मुद्राका तुलनामा आफ्नो देशका मुद्राको मूल्य घटाउने काम ।
6067 अवयव ना. १. कुनै सिङ्गो वस्तुको एक खण्ड वा अंश; भाग; हिस्सा ।
6068 अवयव ना. २. शरीरको कुनै भाग; अङ्ग ।
6069 अवयवी वि. १. पूर्ण अङ्ग भएको; सिङ्गो; सग्लो।
6070 अवयवी वि. २. धेरै अवयव भएको ।
6071 अवयवी वि. ३. अवयवधारी; अङ्गी ।
6072 अवयस्क वि. उमेर नपुगेको; कम उमेरको; अल्पवयस्क।
6073 अवर १ वि. अर्को; अपर ।
6074 अवर २ वि. १. कमसल; नजाती २. तल्लो तहको ।
6075 अवर प्रवालयुग ना. प्रवालयुगभन्दा पहिलेको युग; मुगा पाइएका समयको युग; आजभन्दा पचास सय करोड वर्षपहिले प्रारम्भ भएको युग।
6076 अवरुद्ध वि. १. रोक लागेको; रोकिएको ।
6077 अवरुद्ध वि. २. बन्द गरिएको; थुनिएको ।
6078 अवरुद्ध वि. ३. लुकाएको; छिपाएको ।
6079 अवरोध ना. रोकावट; बाधा; अड्काउ ।
6080 अवरोधक वि. १. रोकावट गर्ने; छेक्ने; थुन्ने ।
6081 अवरोधक वि. २. घेर्ने; छेकारो मार्ने।
6082 अवरोधन ना. रोक; अड्काउ; छेको; घेरो।
6083 अवरोधित वि. रोकिएको; छेकिएको; थुनिएको ।
6084 अवरोधी वि. रोक्ने; छेक्ने; अवरोधक ।
6085 अवरोपण ना. १. रोपेको वस्तु उखेल्ने काम; उन्मूलन ।
6086 अवरोपण ना. २. आरोप हटाउने क्रिया ।
6087 अवरोपित वि. १. अवरोपण गरिएको ।
6088 अवरोपित वि. २. लागेको आरोप हटाइएको वा फिर्ता लिइएको ।
6089 अवरोह ना. १. तल झर्ने वा ओर्लने क्रिया ।
6090 अवरोह ना. २. सङ्गीतमा स्वरहरूलाई क्रमैले निषाददेखि षड्जतिर फर्काउने काम ।
6091 अवरोह ना. ३. बोल्दा वा पढ्दा हुने स्वरको ओर्लाइ ।
6092 अवरोहण ना. माथिबाट तल झर्ने वा ओर्लने क्रियाप्रक्रिया; ओर्लाइ ।
6093 अवरोही वि. ओर्लने; ओर्लिरहेको ।
6094 अवर्ग वि. १. वर्गमा नपरेको; वर्गबाहिरको; फुट्टा; छुट्टा।
6095 अवर्ग वि. ना. २. नराम्रो वर्ग; कुवर्ग ।
6096 अवर्ग वि. ३. स्वरवर्ण ।
6097 अवर्ण वि. १. वर्ण वा रोगन नमिल्ने ।
6098 अवर्ण वि. २. वर्ण वा गोत्रबाहिरको ।
6099 अवर्ण वि. ना. ३. नराम्रो रङ्ग वा वर्ण ।
6100 अवर्ण वि. ४. अकार अक्षर; अ।