Dictionary

All Word

6201 अवस्थिति ना. ३. रहने ठाउँ; बसोबास; निवास; घर।
6202 अवहित्था ना. भय, लज्जा, गौरव आदि कारणबाट आफूमा भएको हर्षोल्लास लुकाउने काम; साहित्यका तेत्तिस सञ्चारी भावमध्ये एक भाव।
6203 अवहेलक वि. अवहेलना गर्ने; अरू कसैलाई हेला वा अपमान गर्ने ।
6204 अवहेलना ना. हेला वा घृणा गर्ने काम; हेपाइ; तिरस्कार; अपमान ।
6205 अवहेला ना. हे. अवहेलना ।
6206 अवहेलित वि. अवहेलना गरिएको; हेपिएको ।
6207 अवाइ ना. आउने भाव, क्रिया वा प्रक्रिया |
6208 अवाइजवाइ ना. आउने र जाने काम; आइजाइ; आउजाउ ।
6209 अवाक् वि. १. उमेर पुगेर पनि बोली नफुटेको; बोल्न नसक्ने ।
6210 अवाक् वि. २. चुप; मौन ।
6211 अवाक् वि. ३. अचम्म; चकित; विस्मित |
6212 अवाक् वि. ना. ४. बोली बन्द रहेको स्थिति।
6213 अवाङ्मुख वि. १. मुख तलतिर फर्केको; उँधमुन्टे; घोप्टो; उभिन्डो।
6214 अवाङ्मुख वि. २. लाज र धकले शिर नुहाएको; मुन्टो निहुराएको ।
6215 अवाच्य वि. १. कसैलाई गाली वा दुर्वचन गर्न नहुने; अनिन्द्य |
6216 अवाच्य वि. २. भन्न नहुने; अकथ्य ।
6217 अवाच्य वि. ३. कुरा उठाउन वा प्रसङ्ग चलाउन नमिल्ने ।
6218 अवाच्य वि. ४. दक्षिण दिशातिर हुने वा पाइने; दक्षिण दिशातिर व्यवहार गरिने।
6219 अवाच्य वि. ना. ५. खराब बोली; कुवाच्य।
6220 अवाञ्छनीय वि. वाञ्छा वा चाहना नभएको; मन नपरेको; अनभीष्ट ।
6221 अवाञ्छित वि. इच्छा नगरिएको; अवाञ्छनीय।
6222 अवान्तर वि. बिचमा रहेको; माझमा परेको; मध्यवर्ती ।
6223 अवान्तर वि. बिचमा रहेको; माझमा परेको; मध्यवर्ती ।
6224 अवान्तर भेद ना. मूल प्रकार वा किसिमभित्र पर्ने ससाना प्रकार; गौण भेद |
6225 अवार ना. नदीको वल्लो किनार वा छेउ; वारि ।
6226 अवाल ना. १. इँट, झिँगटी, टायल आदि पोल्ने भट्टा ।
6227 अवाल ना. २. इँट, झिँगटी आदि पोल्ने पेसा भएको जाति ।
6228 अवाले ना. इँट, झिँगटी, टायल आदि बनाउने, पोल्ने आदि काम गर्ने व्यक्ति ।
6229 अवास्तव वि. असत्य; झुटो; मिथ्या ।
6230 अवास्तविक वि. १. वास्तविक नभएको; झुटो; असत्य।
6231 अवास्तविक वि. २. काल्पनिक।
6232 अविकल वि. १. सबै अङ्ग साबुत भएको; जस्ताको तस्तो; टुटफुट नभएको; सग्लो; सखल्ल; पूर्ण ।
6233 अविकल वि. २. विह्वल नभएको; नअतासिएको ।
6234 अविकल्प वि. १. विकल्प नभएको; अर्को पक्ष नभएको; सट्टा नभएको; निर्विकल्प ।
6235 अविकल्प वि. २. सन्देह नभएको; निस्सन्दिग्ध।
6236 अविकल्प वि. ना. ३. अर्को पक्ष वा विकल्प नहुनाको स्थिति; सन्देहको अभाव ।
6237 अविकसित वि. १. कुनै ठाउँ वा प्रदेशको बाटोघाटो, बिजुलीपानी, स्वास्थ्यशिक्षा आदिको राम्रो व्यवस्था भइनसकेको; विकास वा निर्माण नभएको ।
6238 अविकसित वि. २. नहुर्केको; नबढेको ।
6239 अविकसित वि. ३. असभ्य; गँवार ।
6240 अविकार वि. १. विकार नभएको; नबिग्रिएको; नबदलिएको; निर्विकार ।
6241 अविकार वि. २. नउग्लिएको; नसडेको ।
6242 अविकार वि. ३. नभत्किएको; नटुक्रिएको ।
6243 अविकारी वि. विकार नहुने वा रूप नबदलिने (अनि, पनि आदि शब्द) ।
6244 अविकृत वि. १. विकृत नभएको; नबिग्रिएको; ननासिएको ।
6245 अविकृत वि. २. नफेरिएको; अपरिवर्ति।
6246 अविकृत वि. ३. नउग्लिएको; नसडेको।
6247 अविघात वि. १. चोटपटक नलागेको; ठेसठक्कर आदि नखाएको।
6248 अविघात वि. २. विघ्नबाधा नभएको ।
6249 अविघात वि. ३. बिघ्नै; धेरै ।
6250 अविघ्न वि. विघ्न नपरेको; निर्विघ्न ।