Dictionary

All Word

6251 अविचल वि. एक ठाउँबाट अर्को ठाउँमा नसर्ने; अचल; स्थिर।
6252 अविचलित वि. विचलित नभएको; नडगमगाएको; अटल; स्थिर ।
6253 अविचार ना. १. राम्रो विचारको अभाव; खराब विचार; कुविचार |
6254 अविचार ना. वि. २. खराब विचार राख्ने; कुविचारी ।
6255 अविचारित वि. विचार नपुऱ्याइएको ।
6256 अविचारी वि. उचित अनुचितको विचार नभएको ।
6257 अविच्छिन्न वि. बिच बिचमा नटुटेको; विच्छिन्न नहुने; अटुट; लगातार; निरन्तर।
6258 अविच्छिन्न उत्तराधिकारी ना. खण्डित नभईकन परम्परादेखि नै पाइआएको पैतृक हक।
6259 अविच्छेद वि. १. विच्छेद नभएको ।
6260 अविच्छेद वि. ना. २. नछिनेको अवस्था; निरवच्छिन्नता।
6261 अविजित वि. विजय नगरिएको; नजितिएको; जित्न नसकिएको।
6262 अविज्ञ वि. विज्ञ नभएको; अजान |
6263 अविज्ञता ना. अविज्ञ हुनुको भाव वा स्थिति; अनजानपन।
6264 अविज्ञात वि. १. नजानेको; थाहा नभएको ।
6265 अविज्ञात वि. २. नजान्ने; थाहा नपाउने।
6266 अविदित वि. नजानिएको; थाहा नभएको; नसम्झिएको; नचिनिएको; अज्ञा।
6267 अविद्यमान वि. १. विद्यमान नभएको; अगाडि नरहेको; अनुपस्थि।
6268 अविद्यमान वि. २. झुटो; असत्य; मिथ्या।
6269 अविद्या ना. १. विद्याको अभाव; निरक्षरता ।
6270 अविद्या ना. २. (दार्शनिक क्षेत्रमा) सांसारिक मायामोहमा फसाउने मिथ्या ज्ञान; आत्मिक दृष्टिले घातक मानिने इन्द्रियजन्य क्षणिक ज्ञान; अनित्यलाई नित्य सम्झने मिथ्या बुद्धि।
6271 अविनय ना. १. विनय वा नम्रताको अभाव; शिष्टता आदिको अभाव।
6272 अविनय ना. २. उद्दण्डता; धृष्टता ।
6273 अविनश्वर वि. नश्वर वा नाशवान् नभएको; नाश नहुने; अविनाशी ।
6274 अविनाभाव ना. दुई वस्तुका बिच कहिल्यै नटुट्ने पारस्परिक अनिवार्य सम्बन्ध।
6275 अविनाभाव ना. (उदा.- आगो र धुवाँमा अविनाभाव सम्बन्ध रहेको हुन्छ) ।
6276 अविनाशी वि. १. कहिल्यै विनाश नहुने; अनश्वर; अक्षय ।
6277 अविनाशी वि. २. शाश्वत; नित्य; स्थायी ।
6278 अविनीत वि. १. विनीत नभएको; ननिहुरेको; विनयहीन |
6279 अविनीत वि. २. उद्दण्ड; धृष्ट; उच्छृङ्खल ।
6280 अविपन्न वि. १. विपन्न नभएको; सुखी ।
6281 अविपन्न वि. २. निरोगी; स्वस्थ ।
6282 अविपन्न वि. ३. कुनै आघात वा चोट नलागेको; कुनै क्षति नपुगेको ।
6283 अविपन्न वि. ४. पवित्र; विशुद्ध ।
6284 अविभक्त वि. विभक्त नभएको; अंशबन्डा नभएको; नछुट्टिएको (कुटुम्ब, परिवार इ.) ।
6285 अविभाज्य वि. १. विभाजन वा बाँडफाँड नहुने; बाँड्न नसकिने ।
6286 अविभाज्य वि. ना. २. कुनै भाजकबाट पनि निःशेष भाग नलाग्ने सङ्ख्या ।
6287 अविरल वि. १. मिलेको; नछुट्टिएको; घना ।
6288 अविरल वि. क्रि.वि. २. लगातार; निरन्तर ।
6289 अविराम वि. १. विराम नभएको; नरोकिएको ।
6290 अविराम वि. क्रि.वि. २. रोकटोकविना; निरन्तर; लगातार ।
6291 अविरुद्ध वि. विरुद्ध नभएको; निर्विरुद्ध |
6292 अविरोध ना. विरोध नभएको अवस्था; विरोध नगर्ने काम ।
6293 अविरोधी वि. विरोधी नभएको; विरोध नगर्ने ।
6294 अविलक्ष्य वि. १. कुनै पनि लक्ष्य नभएको; उद्देश्यविहीन |
6295 अविलक्ष्य वि. २. औषधी नलाग्ने; चिकित्सा गर्न नसकिने ।
6296 अविलम्ब वि. १. ढिलो नभएको; विलम्ब नगरिएको ।
6297 अविलम्ब वि. क्रि.वि. २. चाँडै; तुरुन्त; झटपट ।
6298 अविलय वि. १. विलय नहुने; फेटिएर तरल नबन्ने ।
6299 अविलय वि. २. नगुम्ने, नहराउने ।
6300 अविलय वि. ना. ३. विलयको अभाव; नबिलाउने स्थिति ।