Dictionary

All Word

6301 अविवाद ना. १. विवादको अभाव; विवाद नहुने स्थिति; सहमति |
6302 अविवाद ना. वि. २. विवाद नभएको; निर्विवाद |
6303 अविवाह वि. १. विवाह नभएको; कुमार अवस्थाको ।
6304 अविवाह वि. ना. २. विवाह नभएको अवस्था ।
6305 अविवाहित वि. विवाह नभएको; कुमार अवस्थाको ।
6306 अविवाहिता वि. विवाह नभएकी; कुमारी अवस्थाकी ।
6307 अविवेक ना. १. विवेकको अभाव; विवेकहीनता; अविचार |
6308 अविवेक ना. २. नासमझ; नादानी ।
6309 अविवेक ना. ३. दर्शनशास्त्रमा विशिष्ट ज्ञानको अभाव; मिथ्या ज्ञान ।
6310 अविवेक ना. ४. न्यायको अभाव; अन्याय |
6311 अविवेकिता वि. विवाह नभएकी; कुमारी अवस्थाकी ।
6312 अविवेक ना. १. विवेकको अभाव; विवेकहीनता; अविचार |
6313 अविवेक ना. २. नासमझ; नादानी ।
6314 अविवेक ना. ३. दर्शनशास्त्रमा विशिष्ट ज्ञानको अभाव; मिथ्या ज्ञान ।
6315 अविवेक ना. ४. न्यायको अभाव; अन्याय |
6316 अविवेकिता ना. विवेकहीनता; अज्ञानता; मूर्खता ।
6317 अविवेकी वि. विवेक नभएको; अज्ञानी; मूर्ख |
6318 अविश्रान्त वि. १. विश्राम नगरेको; नथाक्ने ।
6319 अविश्रान्त वि. २. नरोकिने; लगातार कामकुरा गरिरहने ।
6320 अविश्वसनीय वि. विश्वास गर्न नसकिने; विश्वासयोग्य नभएको ।
6321 अविश्वस्त वि. १. विश्वास नगरिएको; सन्देहयुक्त; सन्दिग्ध ।
6322 अविश्वस्त वि. २. विश्वास गर्न नसकिने; अविश्वसनीय।
6323 अविश्वास ना. १. विश्वास वा निश्चित धारणाको अभाव; अपत्यार ।
6324 अविश्वास ना. २. सन्देह; शङ्का; सन्दिग्धता ।
6325 अविश्वास प्रस्ताव ना. कुनै पदासीन व्यक्तिलाई पदबाट हटाउनका निम्ति सदस्यहरूबाट ल्याइने प्रस्ताव |
6326 अविश्वासी वि. १. विश्वास नगर्ने; शङ्कालु ।
6327 अविश्वासी वि. २. विश्वास नभएको; अनपत्यारिलो ।
6328 अविषय वि. १. भनाइ, तर्क, विचार आदिको विषय नभएको ।
6329 अविषय वि. २. इन्द्रियद्वारा पक्रन नसकिने; अगोचर ।
6330 अविषय वि. ३. प्रतिपादन गर्न नसकिने; अनिर्वचनीय |
6331 अविषय वि. ना. ४. नराम्रो विषय ।
6332 अविस्तीर्ण वि. विस्तीर्ण नभएको; नफैलिएको ।
6333 अविस्तृत वि. विस्तृत नभएको; नफैलिएको; नफिँजिएको ।
6334 अविस्मरणीय वि. १. बिर्सन नसकिने सम्झनै पर्ने ।
6335 अविस्मरणीय वि. २. बिर्सन वा भुल्न नहुने ।
6336 अविहित वि. १. उचित वा ठिक नभएको ।
6337 अविहित वि. २. कामकुरो गर्न नहुने, अनुचित ।
6338 अविहित वि. ३ शास्त्रमा विधान नभएको; निषिद्ध ।
6339 अविहित वि. ना. ४. व्याकरणमा कर्मकारकको एक भेद; निषिद्ध कर्म ।
6340 अवृष्टि ना. वृष्टि वा वर्षाको अभाव; सुक्खा ।
6341 अवेक्स ना. गणितमा स्थानमान र त्यसको सम्बन्ध सिकाउन उपयोग गरिने शिक्षण सहायक सामग्री ।
6342 अवेक्षण ना. हेर्ने वा देख्ने काम; अवलोकन; निरीक्षण; रेखदेख |
6343 अवेक्षणीय वि. हेर्न वा देख्न लायक; निरीक्षण गर्न योग्य |
6344 अवेस्ता ना. १. इरानका धर्मगुरु जरथुस्तले स्थापना गरेको र अझै फारसी धर्मावलम्बीहरूद्वारा मानिइआएको अग्निपूजन गर्ने सम्प्रदायको धर्मग्रन्थ ।
6345 अवेस्ता ना. २. उक्त ग्रन्थमा प्रयुक्त भाषा ।
6346 अवेस्ता ना. ३. उक्त ग्रन्थले प्रतिनिधित्व गरेको धर्म; जरथुस्तेली धर्म |
6347 अवेस्ताली वि. १. अवेस्तासम्बन्धी ।
6348 अवेस्ताली वि. ना. २. अवेस्ताको भाषा ।
6349 अवैज्ञानिक वि. १. विज्ञानको ज्ञाता नभएको; विज्ञान नजान्ने ।
6350 अवैज्ञानिक वि. २. विज्ञानसँग सम्बन्धित नभएको ।