Dictionary

All Word

6451 आँप ना. १. वसन्त ऋतुमा मञ्जरी लाग्ने; फुल्ने र चिचिला फल फल्ने एक जातको बोट वा त्यसैको गुलियो ठुलठुलो फल (काली आँप, मिस्री आँप, बिजुवा आँप, सुपारी आँप (इ.); आम्र।
6452 आँपझुत्ते /झुप्पे वि. १. आँपका जस्तै झुत्तो वा झुप्पो लाग्ने। ना.
6453 आँपझुत्ते /झुप्पे वि. २. आँप जस्तै भुत्तिएर फल्ने एक जातको धान |
6454 आँसी ना. १. करौँतीजस्तो दाँते धार हुने ठुलो हँसिया; कचिया।
6455 आँसी ना. २. हँसिया |
6456 आँसु ना. हर्ष; शोक; पीडा आदिमा आँखाबाट आउने नुनिलो पानी; नेत्रजल; अश्रु।
6457 आँसु पुछाउनी ना. दुःखमा परेका मानिसलाई दुःख बिर्साउन वा सन्तोषका निम्ति दिइने थोरै वस्तु।
6458 आंशिक वि. १. केही भागसित सम्बन्धित; थोरै भाग मात्र भएको। (उदा.- आंशिक रूपमा यो कुरा सत्य हो। )।
6459 आंशिक वि. २. अंश वा भागसम्बन्धी; अंशविषयक।
6460 आंशिक वि. ३. विश्वविद्यालय वा अन्य कुनै तहको परीक्षाका निर्धारित विषय वा पत्रहरूमध्ये केहीसँग मात्र सम्बन्धित (आंशिक परीक्षा; आंशिक प्रयोजनका निम्ति लेखिएको शोधपत्र इ.)।
6461 आ: वि.बो. हर्ष; आश्चर्य; झिँज्याहट; बेवास्ता; घृणा आदि बुझाउँदा प्रयोग गरिने अव्ययपद ( उदा.- आ; सानोतिनो कुरामा किन अलमलिने ? आः, यसो नभन। )।
6462 आइँ ना. १. भैँसी वा पाडापाडी कराउँदा आउने शब्द |
6463 आइँ ना. २. भैँसी वा पाडापाडी (बालबोलीमा)।
6464 आइँ ना. ३. टोक्ने काम; हात गाड्ने काम; टोकाइ (बालबोलीमा)।
6465 आइँकाजी ना. भैँसीको मासु खानेलाई हियाएर भनिने शब्द |
6466 आइँपाडो ना. भैँसीको पाडो।
6467 आइँमाता ना. भैँसी (व्यङ्ग्यार्थमा) |
6468 आइ ना. आउने भाव, क्रिया वा प्रक्रिया |
6469 आइकर ना. घुमाएर काठ प्वाल पार्ने सुइरो; बर्मा |
6470 आइजाइ ना. आउने र जाने क्रियाप्रक्रिया |
6471 आइटिन/आइडिन ना. घाउ भएमा लगाइने एक प्रकारको रासायनिक झोल औषधी।
6472 आइत ना. १. आदित्य। २ आइतबार।
6473 आइतबार ना. सातवारमध्ये पहिलो वार; शनिवार र सोमवारका बिचको बार।
6474 आइतबारे वि. १. आइतबारमा जन्मेको; आइतबारसँग सम्बन्धित। ना.
6475 आइतबारे वि. २. गाईवस्तुको रक्षाका निमित्त हरेक आइतबारका दिन गोठमा धूपधुवार गरिने देवता।
6476 आइनु अ.क्रि. कहीँबाट आउने काम होइन; आगमन भइनु।
6477 आइनु न साइनु ना. नाता, सम्बन्ध केही नभएको अवस्था; नाता न गोता।
6478 आइनुसाइनु ना. नातागोता; इष्टमित्र।
6479 आइन्दा क्रि.वि. १. फेरि फेरि; अर्कोपल्ट; बारम्बार।
6480 आइन्दा क्रि.वि. २. यसपछि; अबदेखि; अबउप्रान्त; भविष्यमा।
6481 आइमाई ना. १. स्वास्नीमान्छे; नारीजाति; महिला।
6482 आउँ ना. १. कफका छाटको सेतो चिप्लो र लेस्याइलो दिसा मासी।
6483 आउँ ना. २. छिन छिनमा थोरै थोरै त्यस्तो दिसा हुने रोग।
6484 आउँदो वि. पछि आउने; आउन लागेको; आगामी।
6485 आउजाउ ना. आउने र जाने काम; आइजाइ।
6486 आउती ना. विवाहमा दुलही भित्र्याएपछि आरतीस्याउँली गर्ने दिदीबहिनीहरूले दुवै कन्चटमा लाउने पिंधेका चामलको पिठो।
6487 आउनी ना. आउने काम हाजिरी; आगमन; उपस्थिति।
6488 आउनु अ.क्रि. १. कहीं कतैबाट तोकिएका ठाउँमा आइपुग्नु; आगमन हुनु।
6489 आउनु अ.क्रि. २. चल; अचल सम्पत्ति प्राप्त हुनु; आम्दानी हुनु।
6490 आउरे वि. आउने; आगन्तुक |
6491 आउरेबाउरे वि. निम्तो गरेर आउने र निम्ताबिना नै आउने कामले आउने र त्यसै आउने।
6492 आकण्ठ क्रि.वि. कण्ठ वा गलासम्म आउने गरी; पूरै पेट भरिने किसिमले घाँटीसम्म (आकण्ठ स्नेह; आकण्ठ भोजन इ.)।
6493 आकर ना. १. खानी; उत्पत्तिस्थान।
6494 आकर ना. २. भण्डार; ढुकुटी।
6495 आकरग्रन्थ ना. सन्दर्भग्रन्थ; सहायक ग्रन्थ |
6496 आकर्षक ना. १. आकर्षण गर्ने वा खिँच्ने; तान्ने; घिच्च्याउने।
6497 आकर्षक ना. २. प्रभावित वा मोहित गरेर आफूतिर तान्ने। ना
6498 आकर्षक ना. ३. चुम्बक |
6499 आकर्षक ना. ४. कसी लगाउने पत्थर।
6500 आकर्षण ना. १. शक्ति, गुण, माया, विशेषता आदिले कसैलाई आफूतिर तान्ने क्रियाकलाप।