Dictionary

All Word

6601 असङ्ख वि. १. असङ्ख्य ।
6602 असङ्ख वि. क्रि.वि. २. धेरै; प्रशस्त ।
6603 असङ्ख्य वि. १. गन्न नसकिने; धेरै; अनगन्ती; असाध्य धेरै ।
6604 असङ्ख्य वि. क्रि.वि. २. असखे ।
6605 असङ्ग वि. विषयवासना वा सांसारिक प्रपञ्चबाट अलग रहेको; अनासक्त; व्यावहारिक झमेलाबाट पर रहेको ।
6606 असङ्गत वि. १. रोहो वा क्रम नमिलेको; कुनै सिलसिला नबसेको; प्रसङ्ग नमिलेको ।
6607 असङ्गत वि. २. नसुहाउँदो; अशोभनीय ।
6608 असङ्गत कोठा ना. गणितीय मापनमा दुइटा परस्पर नमिल्ने कोठा ।
6609 असङ्गति ना. १. सङ्गतिको अभाव; सिलसिला नमिलेको स्थिति ।
6610 असङ्गति ना. २. उपयुक्त नहुनाको स्थिति वा अवस्था; अनुपयुक्तता ।
6611 असङ्गति ना. ३. उचित नभएको स्थिति; अनौचित्य ।
6612 असङ्गति ना. ४. साहित्यमा कार्य र कारण एकै ठाउँमा रहनुपर्ने कुरा बेग्लाबेग्लै ठाउँमा रहँदा पर्ने एक अलङ्कार ।
6613 असङ्गम वि. १. सङ्गम नभएको; मेल नभएको; नमिलेको ।
6614 असङ्गम वि. ना. २. पार्थक्य; भिन्नता; असामञ्जस्य ।
6615 असजिलो वि. १. गाह्रो भएको; सजिलो नभएको; अप्ठेरो गाह्रो ।
6616 असजिलो वि. २. नमिलेको; अमिल्दो।
6617 असञ्चय ना. १. सञ्चयको अभाव; जम्मा नगर्ने काम, अवस्था वा स्थिति ।
6618 असञ्चय ना. वि. २. सङ्ग्रह नगरेको; सञ्चय नगरेको; नबटुलिएको जम्मा नभएको ।
6619 असत् वि. १. सार वा अस्तित्व नभएको; सत्ताहीन ।
6620 असत् वि. २. झुटो; असत्य; मिथ्या ।
6621 असत् वि. ३. बेठिक; अनुचित ।
6622 असती वि. पतिव्रता धर्ममा नरहेकी; पतिको सत्म् नरहेकी, वेश्या; पुंश्चली।
6623 असत्कृत वि. १. सत्कार वा मानमर्यादा नगरिएको; दुर्व्यवहार गरिएको ।
6624 असत्कृत वि. २. कुकर्म वा पाप गरिएको ।
6625 असत्ता ना. सत्ता वा अस्तित्वको अभाव; कुनै वस्तु वा व्यक्तिको अनुपस्थिति ।
6626 असत्ती वि. १. साँचो व्यवहार नगर्ने; पेटमा राम नभएको; दुष्ट स्वभावको; दुराचारी ।
6627 असत्ती वि. २. इमानजमान नभएको; कपटी |
6628 असत्य ना. १. सत्यता नहुनाको भाव वा स्थिति ।
6629 असत्य ना. वि. २. सत्यता नभएको; झुटो |
6630 असत्यता ना. सत्यताको अभाव; झुटोपना ।
6631 असत्यवादी वि. असत्य वा झुटो बोल्ने, मिथ्यावादी; फट्याइँ कुरा गर्ने वा बोल्ने ।
6632 असदृश वि. १. सदृश वा समान नभएको; त्यस्तै नदेखिने; असमान।
6633 असदृश वि. २. अयोग्य; अनुचित ।
6634 असदृश वि. ३. अमिल्दो गुण भएको ।
6635 असद्भाव ना. १. राम्रो भावना नहुनाको भाव वा स्थिति; खराब वा नराम्रो भावना; सद्भाव नभएको स्थिति ।
6636 असद्भाव ना. २. अस्तित्वको अभाव; कुनै वस्तु नभएको स्थिति; अनुपस्थिति ।
6637 असना ना. साजको बोट; एक जातको साल ।
6638 असन्तुलन ना. १. सन्तुलनको अभाव, सन्तुलन नहुनाको स्थिति ।
6639 असन्तुलन ना. २. बराबर नभएको स्थिति; घटीबढी |
6640 असन्तुलित वि. १. सन्तुलन नभएको; कमबेसी भएको, बराबरी नभएको।
6641 असन्तुलित वि. २. सन्तुलन नभएको वा नगरिएको; बराबरी नगरिएको; घटबढ भएको ।
6642 असन्तुष्ट वि. १. सन्तुष्ट नभएको; मन नअघाएको ।
6643 असन्तुष्ट वि. २. अतृप्त ।
6644 असन्तुष्ट वि. ३. खुसी नभएको; अप्रसन्न ।
6645 असन्तोक ना. १. सन्तोषको अभाव; असन्तोष ।
6646 असन्तोक ना. २. अप्रसन्नता; बेखुसी ।
6647 असन्तोकी वि. सन्तोष नहुने वा नमान्ने; कहिल्यै नअघाउने; अतृप्।
6648 असन्तोष ना. हे. असन्तोक ।
6649 असन्तोषी वि. असन्तोकी ।
6650 असन्दिग्ध वि. सन्देह नभएको; मनमा धुकचुक नभएको; निश्चिन्त ।