Dictionary

All Word

6701 आङ्गारिक वि. २. गोल वा कोइलाको काम गर्ने व्यक्ति; अँगार पोल्ने वा बेच्ने व्यक्ति।
6702 आङ्गिक वि. १. अङ्गसम्बन्धी; शरीरको।
6703 आङ्गिक वि. २. अङ्गहरूद्वारा नक्कल गरिने (अभिनय; मुद्रा आदि)। ना
6704 आङ्गिक वि. ३. मादल, तबला आदि बजाएर सङ्गीतमा साथ दिने व्यक्ति।
6705 आङ्ग्ल वि. १. अङ्ग्रेजसम्बन्धी; अङ्ग्रेजको।
6706 आङ्ग्ल वि. २. अङ्ग्रेजीसम्बन्धी।
6707 आङ्ग्ल भाषा ना. अङ्ग्रेजी भाषा।
6708 आचमन ना. पूजा वा धार्मिक कार्यमा शुद्ध हुनका लागि मन्त्रपूर्वक पानी अचाउने काम।
6709 आचमनी ना. आचमन गर्ने एक किसिमको चम्चा; पञ्चपात्रको पानी झिक्ने सानो डाडुजस्तो वस्तु।
6710 आचरण ना. १. व्यक्तिमा हुने र नैतिक दृष्टिले हेरिने राम्रो, नराम्रो सबै कामकुरा; चालचलन; चरित्र।
6711 आचरण ना. २. बानीबेहोर।
6712 आचरण ना. ३. व्यवहार।
6713 आचरण पञ्जिका / पुस्तिका ना. कर्मचारीहरूको कर्तव्यपालन; अनुशासन आदि चरित्रसम्बन्धी विवरण लेखिएको पुस्तिका।
6714 आचरणीय वि. आचरण गर्न योग्य; अनुसरणीय |
6715 आचरित वि. आचरण गरिएको; नियमपालन गरिएको।
6716 आचार ना. १. कुनै नियम; सिद्धान्त आदिमा आउने र पालन गर्नुपर्ने आचरण तथा व्यवहारको परिष्कृत र नैतिक रूप; त्यसै आधारमा गरिने व्यवहार; रीति वा प्रथा; चालचलन; बानीबेहोर; चरित्र।
6717 आचार ना. २. रीतिस्थिति।
6718 आचार ना. 3. सदाचार; आचरण।
6719 आचार ना. ४. पारस्परिक व्यवहार वा आदानप्रदान।
6720 आचारभ्रष्ट वि. आचारका दृष्टिले भ्रष्ट वा पतित; आचारको पालना नगर्ने; दुराचारी।
6721 आचारवान् वि. शुद्ध आचरणमा रहने; नियममा रहने; सच्चरित्र; सदाचारी।
6722 आचारविचार ना. १. आचरण; चालचलन; बानीबेहोरा |
6723 आचारविचार ना. २. रहनसहन; धार्मिक दृष्टिले शुद्ध दैनिक आचरण।
6724 आचारशास्त्र ना. मानिसको चरित्र, आचरण आदिको विवेचना गरिएको शास्त्र।
6725 आचारसंहिता- ना. आचरण वा व्यवहारको परिष्कृत नैतिक नियम प्रतिपादित गरी लेखिएको शास्त्र वा विद्या।
6726 आचारिक वि. आचारसम्बन्धी; आचारको।
6727 आचारी वि. आचारमा रहेको; आचारवान्; सदाचारी |
6728 आचार्य ना. १. व्रतबन्धमा गायत्री मन्त्र सुनाउने गुरु |
6729 आचार्य ना. २. आचारको ज्ञाता तथा वेद आदि पढाउने गुरु; अध्यापक |
6730 आचार्य ना. ३. विशिष्ट विद्वान्।
6731 आचार्य ना. ४. कर्मकाण्डको ज्ञाता; मुख्य पुरोहित।
6732 आचार्य ना. ५. भाष्यकार; टीकाकार।
6733 आचार्य ना. ६. संस्कृत परीक्षाको स्नातकोत्तर तहको एक उच्च उपाधि।
6734 आचार्य ना. ७. ब्राह्मण जातिको एक थर।
6735 आचार्या ना. १. आचार्यको काम गर्ने स्त्री; अध्यापिका; उपाध्याया।
6736 आचार्या ना. २. पूजनीया तथा विदुषी स्त्री।
6737 आचार्या ना. ३. स्त्री।
6738 आचार्याणी ना. आचार्यकी पत्नी; गुरुपत्नी
6739 आचिन्त्य वि. चिन्तन गर्न लायक; विचारणीय; विचार गर्न योग्य।
6740 आची ना. गुहु वा फोहोर वस्तु; आका।
6741 आचे / आच्चे वि.बो. अचम्म; विस्मय; थकथकी आदि प्रकट गर्दा निस्कने अव्यय शब्द; आम्मै (उदा.- आच्चे ! तिमीले के कुरा गरेको त्यस्तो !)।
6742 आच्छन्न वि. ढाकिएको; छोपिएको; आच्छादित।
6743 आच्छाद ना. १. लगाउने लुगा वा वस्त्र।
6744 आच्छाद ना. २. ढाक्ने वस्तु छोप्ने वस्तु; बिर्को; ढकनी; झापन।
6745 आच्छादक वि. ढाक्ने वा छोप्ने।
6746 आच्छादन ना. १. ढाक्ने वा छोप्ने काम।
6747 आच्छादन ना. २. वस्त्र; लुगा।
6748 आच्छादन ना. ३. ढकनी; बिर्को; झापन।
6749 आच्छादित वि. ढाकिएको; छोपिएको; आच्छन्न।
6750 आच्छु वि.बो. १. चिसो पानी, शीत आदि लाग्दा वा धेरै जाडो हुँदा भनिने शब्द |