Dictionary

All Word

6801 आठा / आठाङ वि. आठ दोबर (दुनोट पढ्दाको शब्द ) ; आठ गुना ।
6802 आठै पहर ना. रातोदिन; चौबिसै घण्टा |
6803 आड ना. १. अडेस लाग्ने कुरो वा वस्तु अडिने ठाउँ; आडा; अडेसा; अडेसो ।
6804 आड ना. २. आधार; सहारा ।
6805 आड ना. ३. छेक्ने वस्तु; छेको; छेकाबार ।
6806 आड अडेसो ना. सघाउपघाउ; भरथेग ।
6807 आडभरोस / भरोसा ना. १. सहायता; मद्दत ।
6808 आडभरोस / भरोसा ना. २. भरोसा; आश्रय ।
6809 आडभरोस / भरोसा ना. ३. ढाडस; आश्वासन ।
6810 आडम्बर ना. १. देखावटी ठाँटबाँट; बोक्रे धाक; बाहिरी ढाँचा; स्वाङ ।
6811 आडम्बर ना. २. सेखी; घमन्ड |
6812 आडर ना. आज्ञा; आदेश ।
6813 आडा ना. १. सुगा आदि पक्षीलाई खुट्टामा बाँधेर राखिने खुला पिँजरा ।
6814 आडा ना. २. पिँजराभित्र चरा बस्ने टाँड |
6815 आडा ना. ३. जोगीहरूले चिन्तन गर्दा हात अड्याउने तोक्माका आकारको काठको साधन।
6816 आडा ना. ४. आड; आधार ।
6817 आडा ना. ५. टेवा; टेको ।
6818 आडिलो वि. १. आड दिने; दर्बिलो; तागतिलो ।
6819 आडिलो वि. २. थाम्न सक्ने; दृढ; अड्न सक्ने; अडिलो ।
6820 आडिलो वि. ३. अड्डीवाल ।
6821 आढ्य वि. धनी; धनवान्; सम्पत्तिशाली।
6822 आणविक वि. अणुका रूपमा हुने वा अणुसित सम्बन्धित; अणुबाट तयार हुने (हतियार आदि) ।
6823 आतङ्क ना. १. कुनै महामारीको प्रकोप, कठोर अत्याचार आदिबाट उत्पन्न हुने भय ।
6824 आतङ्क ना. २. पीडा, रोग आदिबाट हुने शारीरिक कष्ट; बेचैनी ।
6825 आतङ्क ना. ३. आशङ्का; सन्देह ।
6826 आतङ्ककारी वि. आतङ्क मच्चाउने; त्रासको वातावरण सिर्जना गर्ने ।
6827 आतङ्कपूर्ण वि. आतङ्कले भरिएको; डर र त्रासले युक्त ।
6828 आतङ्कयुद्ध ना. प्रचार आदिद्वारा आतङ्क वा त्रास फिंजाएर वैरीको नैतिक साहस भताभुङ्ग पार्ने र उसको युद्धक्षमता घटाउने स्थिति ।
6829 आतङ्कवाद ना. मानिसलाई डर देखाएर, धम्काएर वा त्रास उत्पन्न गराएर हिंसात्मक विद्रोहका रूपमा प्रभुत्व स्थापन वा कार्यसिद्धि गर्ने विचार वा सिद्धान्त ।
6830 आतङ्कवादी वि. आतङ्कवादमा लागेको; आतङ्कवादको अनुयायी ।
6831 आतङ्कित वि. भय एवम् त्रासले विकल भएको; आतङ्कद्वारा प्रभावित |
6832 आततायी वि. अर्काको सम्पत्ति लुट्ने, घरमा आगो लगाउने र स्त्रीहरूमाथि बलात्कार गर्ने आदि उत्पात मच्चाउने; साह्रै ठुलो उपद्रवी वा दुष्ट; दुष्कर्मी; दुराचारी |
6833 आतप ना. १. सूर्यको प्रकाश; धूप; घाम ।
6834 आतप ना. २. तातो; राप; गर्मी वि.
6835 आतप ना. ३. दुःख दिने; कष्ट दिने ।
6836 आतपत्र ना. घामबाट जोगिन प्रयोग गरिने पात वा रेसमबाट बनाइएको ओढो; छाता; छत्र ।
6837 आतपस्नान ना. स्वास्थ्य ठिक राख्न प्राकृतिक चिकित्साअनुसार सूर्यका किरणले शरीर सेक्ने प्रक्रिया; धूपस्नान; सूर्यस्नान ।
6838 आतपी वि. १. धूप वा घामसित सम्बन्ध राख्ने; घामसम्बन्धी ।
6839 आतपी वि. २. दुःख, कष्ट दिने ।
6840 आतपी वि. ३. मनमनै जल्ने; ईर्ष्यालु । ना.
6841 आतपी वि. ४. सूर्य ।
6842 आतस ना. अत्यास; अत्याहट; कहाली ।
6843 आतस ना. आगो; अग्नि।
6844 आतसखान ना. कोठा न्यानो पार्न वा आगो ताप्नका निम्ति बनाइएको आगो बाल्ने ठाउँ; अगेनु ।
6845 आतसबाजी ना. सल्काउँदा रङ्गीबिरङ्गी झिल्का निस्कने बारुद, सोडा, गन्धक आदि मिलाएर बनाइएको खेलौना |
6846 आतिनु ना. हे. आत्तिनु ।
6847 आतिथेय ना. १. अतिथिको राम्रो स्वागत, सत्कार गर्ने व्यक्ति ।
6848 आतिथेय ना. २. कसैलाई अतिथिका रूपमा आफूकहाँ राख्ने मानिस । वि.
6849 आतिथेय ना. ३. अतिथिप्रति राम्रो व्यवहार गर्ने; अतिथिसम्बन्धी |
6850 आतिथ्य ना. १. अतिथि हुनाको अवस्था वा भाव ।