Dictionary

All Word

6901 आत्मपरक वि. १. . आत्मासँग सम्बन्धित; आत्माको कुरो भएको ।
6902 आत्मपरक वि. २. लेखकीय व्यक्तित्वले भरिएको; वस्तुपरक नभएको; आत्मनिष्ठ ।
6903 आत्मपीडन ना. आफैँँले आफूलाई दुःख दिएर वा अरू कसैद्वारा पीडित गराएर सन्तुष्टि लिने प्रवृत्ति वा रुचि ।
6904 आत्मप्रशंसा ना. आफ्नै मुखले गरिने आफ्नो प्रशंसा; आत्मश्लाघा ।
6905 आत्मबल ना. १. आत्मामा निहित बल; मानसिक शक्ति ।
6906 आत्मबल ना. २. हाँसी हाँसी दुःखसुख सहने निजी क्षमता ।
6907 आत्मबोध ना. आफैँँआफ आत्माका सम्बन्धमा हुने बोध वा ज्ञान; आत्मज्ञान; तत्त्वज्ञान ।
6908 आत्मभू वि. १. आफैँँ उत्पन्न भएको; स्वयम् पैदा भएको । ना.
6909 आत्मभू वि. २. आफैँँआफ उत्पन्न भएका मानिने ब्रह्मा, विष्णु र शिव ।
6910 आत्मभू वि. ३. कामदेव ।
6911 आत्मभू वि. ४. छोरो ।
6912 आत्मरक्षा ना. आफैँँले गरिने आफ्नो बचाउ; आफ्नो रक्षा |
6913 आत्मरति ना. १. आफू आफैँंमा रत वा लीन रहने भाव वा अवस्था; आफूबाट आफैँं तृप्त हुने वा आफूलाई आफैँँले प्रेम गर्ने मानसिक स्थिति । २ अन्त कतैतिर ध्यान जान नदिने आत्मज्ञान ।
6914 आत्मवञ्चक वि. आफूले आफैँलाई ठग्ने वा धोका दिने ।
6915 आत्मवञ्चना ना. आफूले आफैँलाई ठग्ने काम; आफूले आफैँँलाई धोका दिने क्रिया ।
6916 आत्मवाद ना. अध्यात्मवाद ।
6917 आत्मवादी वि. आत्मवादसम्बन्धी; आत्मवादको अनुयायी ।
6918 आत्मविक्रय ना. आफूले आफैँलाई बेच्ने क्रिया; आफ्नो स्वतन्त्रतालाई बेच्ने काम ।
6919 आत्मविक्रयी वि. आफूलाई आफैँँले बेच्ने ।
6920 आत्मविचार ना. आत्मतत्त्वसम्बन्धी मनन वा चिन्तन; आध्यात्मिक विवेचना वा विश्लेषण |
6921 आत्मविद्या ना. आत्मासम्बन्धी ज्ञान गराउने शास्त्र वा उपदेश; अध्यात्मविद्या; ब्रह्मविद्या; वेदान्तशास्त्र |
6922 आत्मविश्वास ना. आफ्ना कार्य, योग्यता, सामर्थ्य, सिद्धान्त आदिको सत्यता र उपयुक्तताका सम्बन्धमा आफूलाई हुने दृढ निश्चय; आफ्नै विश्वास वा भरोसामा रहने काम ।
6923 आत्मविश्वासी वि. आफ्नो सोचाइ वा काम गराइप्रति आफैँं विश्वास गर्ने; आत्मविश्वास भएको ।
6924 आत्मविस्मृति ना. आफूले आफैँलाई एकदमै बिर्सने वा भुल्ने काम ।
6925 आत्मवृत्तान्त ना. आत्मकथा ।
6926 आत्मशुद्धि ना. १. आत्माको शुद्धि; आत्मालाई पवित्र राख्ने काम; आत्मसंस्कार।
6927 आत्मशुद्धि ना. २. मनको पवित्रता; चित्तशुद्धि ।
6928 आत्मशुद्धि ना. ३. आफूलाई सधैँ सफा, सुग्घर वा शुद्ध राख्ने काम; देहशुद्ध ।
6929 आत्मश्लाघा ना. आफैँँले गरिने आफ्नो प्रशंसा; आत्मप्रशंसा।
6930 आत्मश्लाघी वि. आफ्नो प्रशंसा आफैँं गर्ने; आत्मप्रशंसक ।
6931 आत्मसंयम ना. आफ्ना खराब इच्छा तथा वासना आदिलाई दबाएर नीतिसङ्गत आचरण गर्ने काम; मन तथा इन्द्रियलाई वशमा राख्ने काम ।
6932 आत्मसंयमी वि. आफ्नो मन तथा इन्द्रियलाई वशमा राख्ने; आत्मसंयम गर्ने ।
6933 आत्मसन्तोष ना. आफूदेखि आफैँं सन्तुष्ट हुने काम; स्वयम् हुने सन्तोष ।
6934 आत्मसमर्पण ना. १. पूरै अर्काको अधीन वा वशमा रहने काम ।
6935 आत्मसमर्पण ना. २. युद्धका अवसरमा विजेतापक्षको अधीनता स्विकार्ने काम ।
6936 आत्मसमर्पण ना. ३. आफूलाई आफ्ना सारा शक्तिसहित कुनै काममा लगाउने काम ।
6937 आत्मसात् वि. १. पूरै आफ्नो अन्तर्गत ल्याइएको ।
6938 आत्मसात् वि. २. आफूमा गाभिएको; आफूमा मिलाइएको ।
6939 आत्मसिद्ध वि. आफैँँआफ हुने; विनाप्रयास हुने; स्वयंसिद्ध ।
6940 आत्मसिद्धि वि. १. आत्मा वा परमात्माको सम्यक् ज्ञान ।
6941 आत्मसिद्धि वि. २. मोक्ष; मुक्ति ।
6942 आत्मस्तुति ना. आत्मप्रशंसा; आत्मश्लाघा।
6943 आत्महत्या ना. आफूले आफैँलाई मार्ने काम; जानी जानी आफैँँले आफ्नो हत्या गर्ने काम; आत्मघात ।
6944 आत्मा ना. १. शरीरमा रहेमा त्यसलाई जीवित राख्ने र क्रियाशील बनाउने तथा नरहेमा निष्क्रिय वा मुर्दा बनाउने अविनाशी, अतीन्द्रिय र अभौतिक शक्ति ।
6945 आत्मा ना. २. मन वा अन्तःकरणका व्यापारको ज्ञान गराउने सत्ता; जीवात्मा ।
6946 आत्मा ना. ३. सत्, चित् र आनन्दसम्बन्धी पदार्थ; चैतन्य तत्त्व ।
6947 आत्मा ना. ४. मन; चित्त; हृदय ।
6948 आत्मा ना. ५. कुनै वस्तुको गूढ वा सार तत्त्व। (शब्दको आत्मा, काव्यको आत्मा इ.) ।
6949 आत्मानन्द ना. आत्माको ज्ञान वा आत्मामा लीन भएर प्राप्त हुने आनन्द ।
6950 आत्मानुभव ना. १. स्वयम् प्राप्त अनुभव ।