Dictionary

All Word

7051 आँखाचिकुवा ना. आँखामा पर्दा पिरो हुने एक प्रकारको कालो रङ्गको सानो किरो।
7052 आँखाछली ना. आँखा छलेर खेल्ने केटाकेटीको एक खेल |
7053 आँखातरुवा ना. १. बाटुला र ससाना फूल फुल्ने, पाकेपछि पटपटी निस्कँदा आँखा तरेजस्तो देखिने; तेल आउने फल फल्ने सानो रुख आँखातरे।
7054 आँखातरुवा ना. वि. २. आँखा तरेर हेर्ने काम गर्ने।
7055 आँखातरे ना. आँखातरुवा।
7056 आँखादार वि. आँखा जवानीले लट्ठ परेको; नसादार।
7057 आँखादार वि. (उदा.- जिन्दगीको छिटो थुप्रो आँखादार नसाभरि। लक्ष्मीप्रसाद देवकोटा; 'सुलोचना')।
7058 आँखाफोडुवा / फोर ना. लामा खुट्टा हुने; झारपातमा बस्ने हरियो रङको लामो किरो।
7059 आँखालाग्दो वि. मनपर्दो; इच्छालाग्दो।
7060 आँखी ना. हेर्ने इन्द्रिय; दृष्टि; आँखो।
7061 आँखी ना. २. ईर्ष्यायुक्त हेराइ; कुदृष्टि |
7062 आँखी ना. ३. अर्घेलो।
7063 आँखीगेडी ना. १. आँखाको गेडो; अक्षिगोलक।
7064 आँखीगेडी ना. २. रातीगेडी; लालगेडी।
7065 आँखीझ्याल ना. गाईका आँखाका बान्कीको वा साना साना प्वाल भएको झ्याल; गवाक्ष।
7066 आँखीतरे ना. हे आँखातरुवा।
7067 आँखीभुइँ- ना. आँखामाथिको र निधारभन्दा मुनिको डिल र त्यहाँ उम्रने तेर्सो रौंको रेखा।
7068 आँखी भौं ना. आँखीभुइँ।
7069 आँखे वि. आँखा भएको; आँखा हुने (एकआँखे; दुई आँखे आदि)।
7070 आँखे टिमुर ना. टिमुरको एक भेद; बोकेटिमुर |
7071 आँखे सल्लो ना. एक जातको सल्लो |
7072 आँखो ना. १. अर्को वस्तु, जीव वा पदार्थका रूपरङ्ग, आकारप्रकार, भेदविभेद आदिको ज्ञान गर्ने प्राणीको इन्द्रिय, हेर्ने इन्द्रिय; दृष्टि; नयन; नेत्र।
7073 आँखो ना. २. उखु; बाँस आदिका जोर्नीको गाँठो; रुख आदिको गाँठको गिर्खो; आँख्लो।
7074 आँखो ना. ३. कुदृष्टि; चोखी।
7075 आँखो ना. ४. पिलोभित्र रगत र पिप जमेको डल्लो वा गिर्खो।
7076 आँखो ना. वि. ५. सबैभन्दा राम्रो रोजा उत्तम।
7077 आँख्ले वि. १. आँख्लै आँख्ला भएको; धेरै आँखा भएको।
7078 आँख्ले वि. २. ठुलठुला र बाहिर निस्केका आँखा भएको; बल्ड्याङ्ग्रे।
7079 आँख्ले झार ना. आँख्लैआँख्ला हुने एक प्रकारको भार।
7080 आँख्लो ना. बाँस; निगालो, उखु, मकैको डाँक्लो; सो आदिमा हुने जोर्नीबिचको गाँठो हाँगा र बोटका जोर्नीको गाँठो; आँखो।
7081 आँग ना. हे. आङ।
7082 आँगन ना. घरअघिल्तिर ताछी, खुर्की सफा पारी बनाइएको चौकुना मिलेको खुला जग्गा; आँङन।
7083 आँगनी ना. आँगनको सानो रूप; आँगन ( लोकगीत; कविता आदिमा ) |
7084 आँगा ना. कमसल खालको कालो एक जातको धान; आङा।
7085 आँच ना. १. चुलामा बसाइएका भाँडाका पिँधमा लाग्ने ताप वा राप।
7086 आँच ना. २. कुनै कामकुराप्रति पुयाइने सहयोग।
7087 आँच ना. ३. कुनै देशको राष्ट्रियता वा राजनीतिमा अर्को देशको प्रभाव वा हस्तक्षेपको गतिविधि देखा पर्ने स्थिति।
7088 आँचल ना. १. सारी; दोपट्टा आदिको छेउको भाग; सप्को।
7089 आँचल ना. २. पछ्‌यौरा।
7090 आँचल ना. ३. विवाहमा लगनगाँठो पार्ने कपडा।
7091 आँचिला ना. हलुका चालले खेतको आली ताछ्ने काम; छरी।
7092 आँचिलो वि. आँच लाग्ने; आँच आउने; आँच भएको।
7093 आँचोखाँचो ना. खनखाँचो; हर्जा; गर्ज।
7094 आँट्नु स.क्रि. १. मनले उत्साहपूर्वक कुनै काम गर्ने सुरसार गर्नु; कामकुराको चेष्टा गर्नु।
7095 आँट्नु स.क्रि. २. साहस गर्नु; हिम्मत गर्नु।
7096 आँट्नु स.क्रि. ३. कामको आरम्भ गर्नु थाल्नु।
7097 आँट ना. बाहिर काँडादार बाक्लो बोक्रा हुने; भित्र कालो बाँ भएको ससानो सेतो कोया हुने गुलियो फल; सलिफा।
7098 आँट ना. कुनै कामकुरो गर्ने मनको उत्साह; साहस; हिम्मत |
7099 आँटकाँट ना. आँट र उत्साह; आँट।
7100 आँटा ना. गहुँ आदिको पिठो।