Dictionary

All Word

6951 अस्वाभाविक वि. १. स्वाभाविक नभएको; अप्राकृतिक; हुनुपर्ने जस्तो नभएको ।
6952 अस्वाभाविक वि. २. बनावटी; कृत्रिम |
6953 अस्वाभाविकता ना. स्वाभाविक नहुनाको भाव वा अवस्था; अप्राकृतिक स्थिति |
6954 अस्वामिक वि. मालिक वा हकवाला कोही नभएको; बेवारिसी ( मालमत्ता, जग्गा आदि) ।
6955 अस्वामिकता ना. मालधनी वा हकवाला नहुनाको भाव; बेवारिसी ।
6956 अस्वास्थ्य ना. स्वास्थ्य ठिक नहुनाको भाव वा स्थिति; शारीरिक वा मानसिक विकृतिले ग्रस्त अवस्था ।
6957 अस्वीकरण ना. स्वीकार नगर्ने क्रियाप्रक्रिया वा गुण; अस्वीकार ।
6958 अस्वीकार ना. १. स्वीकार नगर्ने क्रिया वा भाव; नामन्जुरी; बेन्जुरी |
6959 अस्वीकार ना. २. असहमति; मन्जुर नगर्ने काम ।
6960 अस्वीकृत वि. स्वीकार नगरिएको; नामन्जुर ।
6961 अस्वीकृति ना. अस्वीकार; नामन्जुरी; बेमन्जुरी |
6962 अस्वेरु ना. लगभग ७.२० से. मि. लामो भेट्नापट्टि सुक्दै गएको, हरिया पात हुने र निलो फूल फुल्ने निलै रङको काफलजस्तो फल लाग्ने एक बुटो |
6963 अहँ वि.बो. स्वरतन्त्री बन्द भई अघोष स्पर्शका रूपमा उच्चारण हुने र ठाडो रूपमा अस्वीकार, इन्कार, निषेध आदि बुझाउने अव्यय ।
6964 अहँ वि.बो. (उदा.- अहँ, ज्यान गए पनि म यो कुरा मान्दिन) ।
6965 अह ना. १. दिन दिवस ।
6966 अह ना. २ दिनका अधिष्ठाता देवता ।
6967 अह ना. ३. विष्णु ।
6968 अह ना. ४. सूर्य ।
6969 अह ना. ५. प्रायः सङ्ख्यावाची शब्दका पछाडि समा भएर जोडिने शब्द वा उत्तरपद (एकाह, सप्ताह, दशाह इ.) ।
6970 अहङ्कार ना. १. आफूलाई सर्वेसर्वा सम्झने क्रिया, भाव वा गुण; अभिमान; घमन्ड; सेखी; मपाईं, अहमत्याइँ ।
6971 अहङ्कार ना. २. रिस; क्रोध ।
6972 अहङ्कारी वि. १. अहङ्कार गर्ने; अभिमानी; घमन्डी ।
6973 अहङ्कारी वि. २. रिसाहा; क्रोधी ।
6974 अहद ना. १. सन्धि; सम्झौता; मिलाप ।
6975 अहद ना. २. निश्चय; ठहर; पक्कापक्की ।
6976 अहद ना. ३. कबुल; सङ्कल्प; प्रतिज्ञा ।
6977 अहदजाफ्ता ना. अरू देशसँगका सन्धिअनुसार बनेका नियमकानुन ।
6978 अहदनामा ना. १. दुई सरकारसम्बन्धी सिमाना र अरू व्यवस्थासमेतलाई नियममा राख्ने ऐनकानुन ।
6979 अहदनामा ना. २. दुई सरकारसम्बन्धी सन्धिपत्र |
6980 अहन्ता ना. अहङ्कार; सेखी गर्व ।
6981 अहम् सर्व. १. म।
6982 अहम् सर्व. ना. २. गर्व; अहङ्कार ।
6983 अम्बाज वि. अहङ्कारी; घमन्डी ।
6984 अम्बाज वि. |
6985 अहमत्याइँ ना. १. 'मै हुँ' भन्ने भाव; अभिमान ।
6986 अहमत्याइँ ना. २. गम्क्याहट; मात ।
6987 अहम्भाव / अहम्मन्यता ना. हे. अहङ्कार ।
6988 अहम्भाव/अहम्मन्यता सबाल ना. महत्त्वपूर्ण सबाल वा प्रश्न ।
6989 अहर्निश क्रि.वि. १ रातदिन ; चौबिसै घन्टा; अहोरात्र; रातोदिन |
6990 अहर्निश क्रि.वि. २. सधैं; नित्य ।
6991 अहल्कार ना. घरघरमा चिठीपत्र बाँड्ने हुलाकको सिपाही; हुलाकी; हल्कारा।
6992 अहल्या वि. १. हल नलगाएको वा नजोतेको (जमिन) ।
6993 अहल्या वि. ना. २. गौतमकी पत्नी ।
6994 अहस्तक्षेप ना. हस्तक्षेपको अभाव, कसैको हस्तक्षेप नभएको स्थिति।
6995 अहस्तक्षेप नीति ना. अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार एक देशको भित्री मामला र व्यापार आदिमा अर्को देशले हस्तक्षेप नगर्ने सिद्धान्त ।
6996 अहह वि.बो. आश्चर्य, खेद, दुःख, थकाइ, शोक, हर्षद बुझाउने अव्यय ।
6997 अहा वि.बो. अहो; अहह ।
6998 अहान ना. आहान ।
6999 अहार / अहारा ना. आहार ।
7000 अहार्य वि. हरण गर्न नहुने वा नसकिने; चोर्न नहुने ।