Dictionary

All Word

7001 अहाल ना. आहाल ।
7002 अहिंसक वि. १. हिंसा वा मारकाट नगर्ने ।
7003 अहिंसक वि. २. अर्कालाई पीडा वा नोक्सान हुने काम नगर्ने; शान्तिप्रिय ।
7004 अहिंसा ना. १. हिंसाको अभाव; काटमार नगर्ने काम ।
7005 अहिंसा ना. २. प्राणीमात्रलाई दुःख, पीडा आदि हुने र चित्त दुख्ने आचरण नगर्ने काम ।
7006 अहिंसावाद ना. मारकाट वा हिंसा नगर्ने सिद्धान्त ।
7007 अहिंसावादी वि. अहिंसावादको अनुयायी; अहिंसावादको सिद्धान्त मान्ने; शान्तिप्रिय ।
7008 अहिंस्रक वि. हिंसा वा काटमार नगर्ने; अहिंसक ।
7009 अहित ना. १. हितको अभाव; कुभलो; अकल्याण; अपकार ।
7010 अहित ना. २. खराबी; नराम्रोपना ।
7011 अहिर ना. गाईभैंसी पालेर पेट पाल्ने व्यक्ति; ग्वाला |
7012 अहिरो ना. सिकार खेलिने जनावर; सिकार, ऐरो ।
7013 अहिले क्रि.वि. १. यस बखत; यति खेर; यही बखतमा ।
7014 अहिले क्रि.वि. २. आजकाल; अब; हालसाल; हाल |
7015 अहिलेघरि क्रि.वि. तुरुन्तै; तत्काल ।
7016 अहेतुक वि. कारण नभएको; अकारण; मतलब नभएको; बेमतलबको ।
7017 अहै अव्य. आफू समानका साथीसँगीहरूलाई सम्बोधन गर्ने शब्द।
7018 अहै अव्य. (उदा.- है, तँ के गर्न लागिस् ? ) |
7019 अहो वि.बो. आश्चर्य, विस्मय, प्रशंसा, आनन्द, खेद, शोक आदि बुझाउँदा प्रयोग गरिने अव्यय ।
7020 अहो वि.बो. (उदा. अहो, कस्तो जाडो! अहो, बिचरा साने भिरबाट लडेछ !) |
7021 अहोरात्र क्रि.वि. १. दिन र रात; रातोदिन; दिनरात; रातदिन; दिनहुँ; हरदिन ।
7022 अहोरात्र क्रि.वि. ना. २. रातदिनको समय; चौबिस घण्टाको समय ।
7023 अह्राइ ना. अहाउने भाव, क्रिया वा प्रक्रिया |
7024 अह्राइनु क.क्रि. अह्राउने काम गरिनु; खटाइनु ।
7025 अह्राइ सिकाइ ना. अहाउने र सिकाउने काम ।
7026 अह्राउ ना. अहाउने काम खटाउने क्रिया वा प्रक्रिया; अहोट ।
7027 अह्राउनु स.क्रि. कसैलाई कुनै कामकुरो गर्न लगाउनु, आज्ञा दिनु काममा खटाउनु ।
7028 अहाउपहाउ ना. कसैलाई काम गर्नका निम्ति आज्ञा दिने क्रिया वा प्रक्रिया; खटनपटन अहावट; अहोटपोट ।
7029 अहावट ना. अहाउ; अहोट ।
7030 अहोट / अहौट ना. अहाउने काम; आज्ञा; खटन |
7031 अहौटे वि. अहोटअनुसार गर्ने; खटाएको मान्ने; आज्ञाकारी ।
7032 देवनागरी वर्णमालाको स्वरवर्णमध्ये दोस्रो स्वरवर्ण; परम्परागत रूपमा कण्ठस्थानबाट उच्चारण हुने दीर्घ स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार केन्द्रीय, पश्च, खुला, अगोलित स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न |
7033 उप. अलिकति, सम्म, भर, पूरा, व्याप्ति आदि अर्थ बुझाउन धातु वा शब्दका अगाडि जोडिने उपसर्ग ( आरक्त, आमरण, आयोग इ.)।
7034 आँ अव्य. १. मुख फट्टिने वा खुल्ने गरी; मुख बाउने वा खान माग्ने किसिमले।
7035 आँ अव्य. ना. २. बालक रोएको शब्द |
7036 आँ अव्य. आँ गर्दा अन्सार बुझिन्छ (उखान)।
7037 आँक्नु स.क्रि. १. गाह्रो काम गर्ने साहस गर्नु; आँट गर्नु; ह्याउ राख्नु।
7038 आँक्नु स.क्रि. २. चित्र बनाउनु।
7039 आँक ना. १. आँट; ह्याउ; हिम्म।
7040 आँक ना. २. उखुका आँख्लाको टुसो उम्रने भाग; आँखो।
7041 आँक ना. वरका छाँटको, भुवादार, दुध आउने र सेतो वा प्याजी रङको फूल फुल्ने एक बोट; अर्क।
7042 आँकडा ना. कुनै पक्ष वा स्थिति सूचित गर्ने स्थिर अङ्क; तथ्याङ्क।
7043 आँकिनु क.क्रि. आँक्ने काम गरिनु; आँटिनु।
7044 आँकुरी ना. मसिना पात; ससाना प्याजी रङका फूल र चनाका जस्ता कोसा फल्ने एक जातको घाँस।
7045 आँकुरो ना. १. रुखका हाँगामा पलाएको टुसो; भर्खर निस्कन लागेको पात; टुसा; मुनु; पिपिरो; चिउलो; अङ्कुर।
7046 आँकुरो ना. २. गहुँबारीमा हुने एक प्रकारको लहरे झार; कुटुलीकोसाको बोट।
7047 आँकुरो ना. ३. आँकुरी।
7048 आँखा ना. हे. आँखो।
7049 आँखाको नानी ना. १. आँखाको पुतली |
7050 आँखाको नानी ना. वि. २. साह्रै मनपर्दो; औधी प्यारो।