Dictionary

All Word

7151 आनीत वि. बाहिरबाट ल्याइएको; खोजेर तयार पारिएको; उपस्थित गराइएको ।
7152 आनीबानी ना. चालचलन; शीलस्वभाव; बानीबेहोरा; चरित्र |
7153 आनु ना. आनो; अन्धो ।
7154 आनुकूलिक वि. जस्तो हुनुपर्ने हो त्यस्तो भएको वा बनाइएको; अनुकूल पारिएको; उपयुक्त वा सामयिक तुल्याइएको ।
7155 आनुकूल्य ना. १. अनुकूल हुनाको भाव वा अवस्था; अनुकूलता; उपयुक्तता ।
7156 आनुकूल्य ना. २. अनुग्रह; कृपा; दया ।
7157 आनुक्रमिक वि. शृङ्खलाबद्ध रूपमा रहेको; क्रम मिलेको; क्रमानुसारको ।
7158 आनुपातिक वि. अनुपातसम्बन्धी; अनुपातका दृष्टिबाट ठिक ठहरिएको; दामासाही मिलाइएको; अनुपात मिलेको । ।
7159 आनुपातिक प्रतिनिधि ना. सबै दल वा सङ्गठनलाई तिनीहरूले पाएका सबै मतको अनुपातबाट प्रतिनिधित्व दिने व्यवस्थाअनुसार चुनिएको व्यक्ति ।
7160 आनुपूर्विक / आनुपूर्वी वि. एकपछि अर्को क्रम मिलेको; सिलसिला मिलेको; क्रमानुसारको ।
7161 आनुबन्धिक वि. अनुबन्धसित सम्बन्धित; अनुबन्ध भएको ।
7162 आनुबन्धिक सिकाइ ना. एक अनुक्रियाले अर्को अनुक्रियाका लागि उत्तेजकको काम गर्ने किसिमको सिकाइ |
7163 आनुमानिक वि. अनुमानमा आधारित; अनुमान गरिएको; अनुमानसँग सम्बन्धित; अडकल वा अन्दाज गरिएको; लख काटिएको ।
7164 आनुमानु ना. १. जस्ताको तस्तो हुने काम; साबिकबमोजिम हुने प्रक्रिया ।
7165 आनुमानु ना. २. सामान्य व्यवहारमा लेनदेन गरिने थोरै नगद वा जिन्सी वस्तु |
7166 आनुवंशिक वि. वंशपरम्पराबाट पाइएको वा आएको; पुख्र्यौली; वंशानुगत ।
7167 आनुवंशिकता ना. आनुवंशिक हुनाको भाव, अवस्था वा परम्परा; पुर्ख्यौलीपन; वंशानुगत स्थिति ।
7168 आनुवृत्तिक वि. अनुवृत्तिसम्बन्धी; अनुवृत्ति पाएको (पेन्सनियर ) ।
7169 आनुश्राविक वि. परम्परादेखि सुनेर आएको; अनुश्रुतिअनुसारको; कर्णपरम्पराबाट सुनिएको ।
7170 आनुषङ्गिक वि. १. ज्यादै घनिष्ठ वा निकटको सम्बन्ध राख्ने ।
7171 आनुषङ्गिक वि. २. मुख्यका साथसाथै लागेर आउने; गौण; प्रासङ्गिक ।
7172 आने वि. १. चार पैसाको; चार पैसा पर्ने । ना.
7173 आने वि. २. चार पैसाको बिचमा प्वाल भएको मुद्रा; आने ढ्याक |
7174 आनेकाने ना. हे. आनाकानी ।
7175 आने ब्याज ना. एक रुपियाँको एक महिनामा एक आनाका दरले लाग्ने वा लिने चलनअनुसारको ब्याज ।
7176 आन्तरिक वि. १. मित्रको; भित्री ।
7177 आन्तरिक वि. २. मनको; मानसिक ।
7178 आन्तरिक मूल्याङ्कन ना. सत्रअन्तर्गत कक्षामा लिइने तथा विद्यार्थीहरूको अनुशासन, पढाइको खिप्ती, बोधक्षमता, अभिव्यक्ति कुशलता आदिको मूल्याङ्कन गरिने परीक्षा ।
7179 आन्दोलक वि. १. आन्दोलन गर्ने; हलचल मचाउने ।
7180 आन्दोलक वि. २. हल्लाउने; झुल्ने ।
7181 आन्दोलन ना. १. जनमानसलाई उत्तेजित गर्न वा कुनैवआवेगपूर्ण र अशान्त परिस्थिति सिर्जनाका निम्ति गरिने कार्य; हलचल; उथलपुथल; होहल्ला ।
7182 आन्दोलन ना. २. यताउति हल्लने वा फुल्ने काम।
7183 आन्दोलनकारी वि. आन्दोलन गर्ने वा हलचल मचाउने ।
7184 आन्दोलित वि. १. आन्दोलन भएको वा गरिएको ।
7185 आन्दोलित वि. २. हल्लाइएको; झुलाइएको ।
7186 आन्द्रो / आन्रो ना. पेटभित्रको मल निकाल्ने, गुदद्वारसम्म पुगेको नली; आँत ।
7187 आन्वीक्षिकी ना. तर्कशास्त्र |
7188 आपण ना. १. पसल; दोकान ।
7189 आपण ना. २. हाट; हटिया; बजार; मेला |
7190 आपणकर ना. कुनै व्यक्तिले मेला आदिमा पसल राखेबापत लाग्ने दस्तुर |
7191 आपणिक वि. पसले; दोकानदार; बेपारी ।
7192 आपत् ना. १. सङ्कट; फसाद; मुस्किल ।
7193 आपत् ना. २. सकसिलो स्थिति; अप्ठेरो वातावरण ।
7194 आपत्काल ना. आपत् परेको बेला; दुखको समय; दुर्दिन ।
7195 आपत्कालिक वि. आपत्कालमा हुने; सङ्कटकालीन ।
7196 आपत्कालीन वि. आपत् परेका बेलाको; आपत्कालको; सङ्कटकालको ।
7197 आपत्ति ना. १. आपत्; विपत्ति; सङ्कट |
7198 आपत्ति ना. २. बिचल्ली ।
7199 आपत्ति ना. ३. बाधा ।
7200 आपत्तिजनक वि. आपत्ति पार्ने खालको; असजिलो पर्ने; सङ्कट पैदा गर्ने ।