Dictionary

All Word

7251 आकाशफल ना. आकाशमा रहेको फल; पाउन नसकिने कुरो।
7252 आकाशबत्ती ना. आकाशदीप |
7253 आकाशबेली ना. चमेलीका आकारको एक प्रकारको फूल फुल्ने लहरो।
7254 आकाशभाषित वि. नाटकमा नटले आकाशतिर फर्केर एक्लै गरेको वा बोलेको (कुरो); नाटकमा एक्लै अदृश्य व्यक्तिसित गरिएको वा बोलिएको (कुरो)।
7255 आकाशमण्डल ना. आकाशको घेरो।
7256 आकाशमार्ग ना. आकाशको बाटो वायुयानको मार्ग।
7257 आकाशयान ना. हवाईजहाज ; वायुयान; विमान।
7258 आकाशवल्ली ना. सिमाली आदिको बोट वा झाङमा स्वतः फैलिने पात; फल आदि केही नहुने हरियो वा पहेंलो लहरो; अमरवल्ली।
7259 आकाशवाणी ना. १. आकाशबाट बोलिने बोली देववाणी।
7260 आकाशवाणी ना. २. तारको सम्बन्धविना नै यन्त्रद्वारा आउने शब्द; रेडियोबाट सुनिने शब्द |
7261 आकाशवृत्ति ना. खानका निम्ति कुनै पेसा वा आधार नभएको तथा परिश्रम नगरिने अवस्था वा व्यवहार; अनिश्चित वृत्ति।
7262 आकाशसेवा पट्ट ना. हवाई सेवामा काम गर्ने कर्मचारीलाई प्रदान गर्ने उद्देश्यले २०२३ सालमा स्थापित एक पदक।
7263 आकाशोक्ति ना. रङ्गमञ्चका कुनै पात्रले आकाशतिर हेरेर टेलिफोनमा जस्तै यसो भनेको हो र यसो भनेको होइन भन्दै एक्लै गर्ने कुरो वा मनोवाद |
7264 आकीर्ण वि. चारैतिर छरिएको; फिंजिएको; व्याप्त भएको।
7265 आक्कलझुक्कल क्रि.वि. हे. आकलझुकल।
7266 आकुञ्चन ना. छरिएको वस्तुलाई एकत्रित तुल्याउने काम; समेट्ने काम; खुम्च्याउने काम।
7267 आकुञ्चित वि. १. समेटिएको; बटुलिएको।
7268 आकुञ्चित वि. २. खुम्चिएको; दोब्रिएको।
7269 आकुल वि. १. हडबडाएको; आत्तिएको।
7270 आकुल वि. २. दिग्दार; विह्वल।
7271 आकुल वि. ३. क्षुब्ध उद्विग्न।
7272 आकुलता ना. आकुल हुनाको भाव वा अवस्था; व्याकुलता; बेचैनी; उद्विग्नता।
7273 आकुलव्याकुल वि. अत्यासमा परेको; हडबडाएको; आत्तिएको; उद्विग्न।
7274 आकुल वि. घबडाएको; आत्तिएको; आतसमा परेको।
7275 आकृति ना. १. कुनै वस्तु वा व्यक्तिको स्वरूप; आकार; अनुहार।
7276 आकृति ना. २. बाकी बनावट।
7277 आकृति ना. ३. मुख; चेहरा।
7278 आकृति चित्र ना. १. आकृति; अनुहार वा मुखको चित्रण गरिएको कलाकृति; मुहारचित्र।
7279 आकृति चित्र ना. २. कुनै योजनाका कार्यविधिलाई चित्रका रूपमा प्रस्तुत गरिएको ढाँचा वा रूप।
7280 आकृतिमूलक वर्गीकरण ना. आकृति वा रूपतत्त्वका आधारमा गरिने वर्गीकरण; भाषाहरूको त्यस्तो वर्गीकरण; पदनिर्माण तथा वाक्यनिर्माण गर्ने किसिमका योगात्मक र अयोगात्मक आदि स्वरूपका आधारमा विश्वका भाषालाई विभिन्न फाँटमा छुट्ट्याउने काम।
7281 आकृष्ट वि. १. प्रभावित भएको; आकर्षि।
7282 आकृष्ट वि. २. घिच्च्याइएको तानिएको।
7283 आक्रन्दन ना. १. रोदन; रुवाइ; विलाप।
7284 आक्रन्दन ना. २. कराइ चिच्च्याहट |
7285 आक्रन्दित वि. १. रोएको; विलाप गरिएको; बिलौना गरिएको।
7286 आक्रन्दित वि. २. चिच्च्याइएको; कराइएको।
7287 आक्रमण ना. बलपूर्वक सीमा उल्लङ्घन गरेर अर्काको राज्य वा भूभागमा गरिने चढाइ; धावा; हमला।
7288 आक्रमणकारी वि. आक्रमण गर्ने; हमला गर्ने।
7289 आक्रमित वि. आक्रमण गरिएको; हमला गरिएको; धावा बोलिएको।
7290 आक्रान्त वि. १. हमला गरिएको; चढाइ गरिएको।
7291 आक्रान्त वि. २. घेराभित्र पारिएको; घेराउ गरिएको; घेरिएको।
7292 आक्रान्त वि. ३. हराइएको; पराजित |
7293 आक्रामक वि. हमला गर्ने; चढाइ गर्ने; आक्रमण गर्ने।
7294 आक्रोश ना. १. क्रोधपूर्वक कठोर वा कर्कश स्वरमा गरिने भर्त्सना।
7295 आक्रोश ना. २. गाली वा निन्दा गर्दै गरिने सराप।
7296 आक्रोश ना. ३. चिच्च्याहट |
7297 आक्रोश ना. ४. रिस; जङ।
7298 आक्षेप ना. १. कसैको कार्य; कथन वा आचरणसम्बन्धी दोषका निम्ति भनिने कटु वा कठोर वचन; व्यङ्ग्यपूर्वकको दोषारोपण; कलङ्क; बा।
7299 आक्षेप ना. २. निन्दा; तिरस्कार 3 फ्याँक्ने वा हुत्त्याउने काम।
7300 आक्षेप ना. ४. भन्ने कुरामा निषेधजस्तो र अनिष्ट विषयमा विधिजस्तो बुझिएमा हुने एक अलङ्कार।