Dictionary

All Word

7351 आमनिर्वाचन ना. सम्पूर्ण जनताले आफ्नो प्रतिनिधि छान्ने काम; देशको प्रतिनिधिसभाका लागि गरिने अधिराज्यव्यापी चुनाव |
7352 आमनेसामने क्रि.वि. एक अर्काको सम्मुखमा; मुखामुख गरेर; आमुन्नेसामुन्ने ।
7353 आमन्त्रण / आमन्त्रणा ना. १. निम्तो; निमन्त्रण ।
7354 आमन्त्रण / आमन्त्रणा ना. २. कसैलाई स्नेहश्रद्धाले पुकार्ने वा बोलाउने काम ।
7355 आमन्त्रण / आमन्त्रणा ना. ३. सल्लाह; परामर्श ।
7356 आमन्त्रणीय वि. निम्तो गर्न सुहाउने; निमन्त्रण गर्न लायक; बोलाउनुपर्ने ।
7357 आमन्त्रयिता वि. निम्तो गर्ने; निमन्त्रण दिने; डाकबोलाउ गर्ने; आमन्त्रणकर्ता ।
7358 आमन्त्रित वि. निम्तो गरिएको; बोलाइएको; निमन्त्रित; निम्तारो; निम्तालु।
7359 आमरण अव्य. बाँचुन्जेल; नमरुन्जेल; मर्ने बेलासम्म; आखिरी घडीसम्म |
7360 आमरणान्त वि. बाँचेसम्म टिक्ने; नमरेसम्म रहने वा अड्ने; नमरुन्जेल रहने ।
7361 आमलक ना. अमला।
7362 आमलकी ना. १. अमला ।
7363 आमलकी ना. २. फाल्गुन शुक्ल एकादशी ।
7364 आमवात ना. आउँको विकारबाट शरीरका विभिन्न भाग दुख्ने र जोर्नी सुनिने एक प्रकारको रोग ।
7365 आमशिक्षा ना. देशका तमाम बालबालिका तथा प्रौढहरूलाई व्यापक स्तरमा उपलब्ध गराइने शिक्षा |
7366 आमसभा ना. ठुलो जनसमूह सम्मिलित भई गरिएको सार्वजनिक सभा; सर्वसाधारण जनसमूह जम्मा भएर गरिएको सभा ।
7367 आमा ना. आफूलाई जन्म दिने स्त्री; जननी; माता; महतारी ।
7368 आमाको काख ना. न्यानो वा सुखसन्चको अवस्था । आमाको काख, अरूको लाख ( उखान ) ।
7369 आमाङ्लाम ना. नेपालको सोलुखुम्बु जिल्लामा पर्ने ६,८५६ मिटर अग्लो हिमाली चुचुरो ।
7370 आमाचकारी ना. जथाभावीसित लाजभाँडका शब्द प्रयोग गर्दै गरिने गाली; मनपरी बोलाइ ।
7371 आमाजू / आमाज्यू ना. पतिकी दिदी; लोग्नेकी दिदी ।
7372 आमातिसार ना. बारम्बार रगत नमिसिएको आउँ दिसा हुने रोगविशेष |
7373 आमान्न ना. १. काँचो अन्न; नपकाएको अन्न ।
7374 आमान्न ना. २. पितृका उद्देश्यले दान गरिने सिधा ।
7375 आमावास्य वि. १. औँसीको; औँसीसित सम्बन्धित; औँस्याहा ।
7376 आमावास्य वि. २. औँसीमा जन्मेको ।
7377 आमाशय ना. पेटभित्र खाएको पदार्थ रहने थैली; पाकस्थली ।
7378 आमिष ना. १. मासु ।
7379 आमिष ना. २. देवकार्य र पितृकार्यमा निषिद्ध गरिएको खाद्य वस्तु; अपवित्र मानिएको खाद्य पदार्थ |
7380 आमिषाशी वि. माछामासु खाने; मांसाहारी ।
7381 आमुख ना. १. सुरु; थालनी ।
7382 आमुख ना. २. नाटकको प्रस्तावना वा भूमिका।
7383 आमुख ना. ३. भूमिका; प्रस्तावना । ना. यो.
7384 आमुख ना. ४. सम्मुख; अगाडि ।
7385 आमुन्नेसामुन्ने क्रि.वि. परस्परमा एक अर्काको अगाडि; सामुन्ने सामुन्ने; आमनेसामने; मुखामुख; हाराहारी ।
7386 आमूल अव्य. जरासम्म; मूलपर्यन्त; टुप्पादेखि फेदसम्म (जस्तै- आमूल परिवर्तन) |
7387 आमै ना. १. आमा; जननी । २ बज्यै; हजुरआमा ।
7388 आमै ना. ३. आमाजस्तै मान्य स्त्री । वि.बो.
7389 आमै ना. ४. तर्संदा, झस्कँदा वा आश्चर्य हुँदा बोलिने शब्द; आम्मै (उदा.- आमै ! कत्रो सर्प आयो !) |
7390 आबा ना. आमै र बाबै।
7391 आमोद ना. १. आनन्द; खुसी; खुसीयाली; हर्ष ।
7392 आमोद ना. २. रमिता ।
7393 आमोद ना. ३. सुगन्ध; सुवास; बास्ना ।
7394 आमोद प्रमोद ना. भोगविलास; मनमोज; सुखचैन; मोजगिरी ।
7395 आमोदित वि. १. प्रसन्न पारिएको वा भएको; खुसी पारिएको वा भएको; हर्षित ।
7396 आमोदित वि. २. सुगन्धित; सुवासित; सुवास भएको वा आएको ।
7397 आमोदी वि. १. प्रसन्न रहने; हर्षित ।
7398 आमोदी वि. २. सुवासित; सुगन्धित ।
7399 आमोली ना. केटाकेटीहरूको खेलमा केटाकेटीले आफूलाई डुम बनाएपछि केही समय खेलबाट अलग राख्न गरिको सङ्केत; फुक्की; फुट्टी |
7400 आम्खोरा ना. पेट फुकेको, केही साँगुरिएको घाँटी र खुला मुख भएको, लाम्चो किसिमको पानी खाने भाँडो; अम्खोरा । आम्खोरी- ना. सानो अम्खोरा ।