Dictionary

All Word

7501 आरक्षी वि. १. चारैतिरबाट बचाउ गर्ने ।
7502 आरक्षी वि. २. रक्षक ।
7503 आरण्य वि. १. जङ्गलसम्बन्धी; जङ्गली; बनैया; जङ्गलको; जङ्गलमा रहेको । ना.
7504 आरण्य वि. २. जङ्गल; वन; कानन ।
7505 आरण्य वि. ३. खेती नगरीकन पैदा भएको अन्न; जङ्गली अन्न ।
7506 आरण्य वि. ४. जङ्गली जनावर ।
7507 आरण्य वि. ५. अर्ना ।
7508 आरण्यक वि. १. जगली; बनुवा । ना.
7509 आरण्यक वि. २. वनजङ्गलको बाटोघाटो आदि ।
7510 आरण्यक वि. ३. वनजङ्गलमा रहने मानिस; वनवासी ।
7511 आरण्यक वि. ४. वानप्रस्थ आश्रमसम्बन्धी कार्यको विवरण लेखिएको वेदको एक खण्ड वा भाग।
7512 आरण्यक कुक्कुट ना. जङ्गली कुखुरो; लुइँचे ।
7513 आरती ना. १. देवताका पूजाआजामा धूप, बत्ती बालेर घुमाउने क्रिया; निराजन ।
7514 आरती ना. २. धेरै मुख भएको बत्ती बाल्ने भाँडो ।
7515 आरती ना. ३. बेलुका गरिने देवताको पूजा वा आराधन ।
7516 आरती ना. खुरा भएका झ्यालढोकामा खापाको खुरा अड्याउने प्वाल भएको तलमाथि रहने तेर्सो काठ ।
7517 आरती स्याउँली ना. विवाहमा दुलही भित्र्याउँदा दुलाहाका दिदीबहिनीले थालमा विभिन्न आकारका बुट्टामा बत्ती बाली गरिने आरती; निराजन ।
7518 आरन ना. कामी, कौ आदिको फलाम पोल्ने अगेनु; फलाम पोल्ने आगाको भट्टी |
7519 आरब्ध वि. १. थालनी गरेको; सुरु भएको; आरम्भिक | ना.
7520 आरब्ध वि. २. सुरु; आरम्भ ।
7521 आरभटी ना. १. क्रोध, भयानकता, रौद्रता आदि उग्रभावको चेष्टा ।
7522 आरभटी ना. २. एक साहित्यिक वृत्ति; रौद्र, वीर, भयानक आदि वर्णन वा प्रयोग भएको अंश ।
7523 आरम्भ ना. १. थालनी; सुरु; उठान; प्रारम्भ ।
7524 आरम्भ ना. २. कार्यावस्था; कथावस्तुका पाँच अवस्थामध्ये पहिलो अवस्था; फलप्राप्तिका निमित्त उत्सुकता देखाइने अवस्था ।
7525 आरम्भतः अव्य. थालेदेखि; सुरुदेखि; प्रारम्भदेखि ।
7526 आरम्भ निष्पत्ति ना. १. चाहिँदो माल तयार पार्ने वा अभावपूर्ति गर्ने काम।
7527 आरम्भ निष्पत्ति ना. २. वस्तुको उत्पादन गर्दा लाग्ने खर्च ।
7528 आरम्भ निष्पत्ति ना. ३. उपलब्धि; प्राप्ति ।
7529 आरम्भिक वि. १. सुरुको; थालनी गर्ने अवस्थाको; पहिलेको; प्रारम्भिक ।
7530 आरम्भिक वि. २. खास प्रविधि, साधन तथा प्रक्रियाको पूर्वपरीक्षणका लागि गरिने (अध्ययन, अभ्यास इ.) ।
7531 आरसी ना. १. प्राचीन कालको धातुको ऐना; आर्सी ।
7532 आरसी ना. २. देवी, देवताको पूजा गरिने अष्टदल लेखिएको धातुको थाली ।
7533 आरा ना. एउटाले तान्ने र अर्काले घचेट्ने गरी ठुलठुला काठ चिर्ने ठुलो खालको करौँती ।
7534 आराधक वि. आराधना गर्ने; उपासक; पूजक ।
7535 आराधन / आराधना ना. १. ईश्वरलाई प्रसन्न पार्न गरिने उपासना; पूजा; ध्यान ।
7536 आराधन / आराधना ना. २. सम्मान; सेवा; टहल |
7537 आराधनीय वि. आराधना गर्न योग्य; पूज्य |
7538 आराधित वि. आराधना गरिएको; पुजिएको; पूजा गरिएको; पूजित; सेवित ।
7539 आराध्य वि. १. आराधना गर्न योग्य; पूजनीय; आराधनीय ।
7540 आराध्य वि. २. आफूले आराधना, उपासना, पूजा आदि गरिएको (देवता, इष्टदेवता) |
7541 आराम ना. १. थकाइ मार्ने वा विश्राम गर्ने काम; सुस्ताउने क्रिया; श्रमशान्ति ।
7542 आराम ना. २. सन्चो; सन्चसुबिस्ता; निको; आनन्द; निकानन्द |
7543 आराम ना. 3. सुख; चैन ।
7544 आराम ना. ४. उपवन; बगैँचा।
7545 आरामकुर्सी ना. लामो आकारको पल्टेर बस्न हुने मेच वा कुर्सी ।
7546 आरामगृह ना. आराम गर्ने घर वा कोठा; विश्राम गर्ने घर; विश्रामालय ।
7547 आरामबिराम ना. सन्चोबिसन्चो; सुखदुःख ।
7548 आरामी वि. १. आरामको; आरामसम्बन्धी ।
7549 आरामी वि. २. आराम चाहने; विलासप्रिय।
7550 आरामी वि. 3. अल्सी; अल्छी; सुस्त |