Dictionary

All Word

7451 आयामिक वि. १. लम्बाइ, चौडाइ, उचाइ र गहिराइ मिलेको ।
7452 आयामिक वि. २. आयामसँग सम्बन्धित; आयामको ।
7453 आयामेली वि. आयामको; आयामसँग सम्बन्धित |
7454 आयास ना. १. मिहिनेत; प्रयास; परिश्रम ।
7455 आयास ना. २. थकाइ ।
7456 आयासकर वि. कुनै मिहिनेत, प्रयत्न आदिबाट कमाइएको निश्चित रकम छाडेर बढीमा लाग्ने सरकारी कर वा दस्तुर ।
7457 आयु ना. १. नमरुन्जेलसम्मको समय; आयुष्य, आयुर्दा ।
7458 आयु ना. २. उमेर; वय ।
7459 आयु ना. ३. जीवन ।
7460 आयुक्त वि. १. टाँसिएको; जोडिएको; गाँसिएको ।
7461 आयुक्त वि. २. कुनै पदमा भर्ना भएको; नियुक्त | ना.
7462 आयुक्त वि. ३. कुनै आयोगको अध्यक्ष वा सदस्य (निर्वाचन आयुक्त) आदि ।
7463 आयुध ना. १. हतियार; शस्त्र; अस्त्र ।
7464 आयुध ना. २. अड्गुल र मात्राको दश गुना बराबरको नाप; सयताल, दिशा, नाडी वा प्रादुर्भाव बराबरको नाप ।
7465 आयुधजीवी वि. हतियार चलाएर जीविका गर्ने; शस्त्रजीवी ।
7466 आयुधिक वि. १. हतियारसम्बन्धी; शस्त्रसम्बन्धी | ना.
7467 आयुधिक वि. २. सिपाही; सैनिक; योद्धा ।
7468 आयुधी वि. १. हतियार भिर्ने, शस्त्रधारण गर्ने । ना.
7469 आयुधी वि. २. सैनिक; सिपाही योद्धा ।
7470 आयुधीय वि. १. हतियार वा शस्त्रसँग सम्बन्धित; हातहतियारको । ना.
7471 आयुधीय वि. २. लडाकु; योद्धा ।
7472 आयुर्दा ना. बाँचेको वा जीवित समय; आयु ।
7473 आयुर्वेद ना. पौर्वात्य दृष्टिकोणबाट पाँचौ वेद मानिने, रोग निदानपछि काष्ठादि, रसादि औषधीको प्रयोग गरिने र शल्यक्रिया आदिका उपायद्वारा पनि चिकित्सा गरिने प्रसिद्ध प्राचीन चिकित्साशास्त्र; चरक, सुश्रुत, वाग्भट आदिद्वारा प्रणीत पौर्वात्य चिकित्सा पद्धति |
7474 आयुर्वेदिक वि. आयुर्वेदसम्बन्धी; आयुर्वेदीय ।
7475 आयुर्वेदीय वि. आयुर्वेदिक; वैदाङ्गी ।
7476 आयुशेष ना. बाँकी रहेको आयु वा उमेर; बाँकी जीवन; शेष जीवन ।
7477 आयुष्मान् वि. १. लामो आयु भएको; चिरञ्जीवी; दीर्घजीवी ।
7478 आयुष्मान् वि. 4२. बाँचेको; जिउँदो ।
7479 आयुष्य ना. १. बाँचेको उमेर वा वय; आयु; जीवनकाल | वि.
7480 आयुष्य ना. २. आयु बढाउने; धेरै बाँच्ने गराउने; आयु लामो गराउने ।
7481 आयोग ना. १. कुनै निश्चित कार्यका निम्ति सरकारबाट गठित संस्था वा निकाय (निर्वाचन आयोग, लोकसेवा आयोग इ.) ।
7482 आयोग ना. २. सरकारी र अर्धसरकारी विशेष कामका लागि स्थायी वा अस्थायी रूपमा खडा गरिएको एक वा अनेक व्यक्तिको समिति (शाही आयोग, सेवा आयोग इ. ) |
7483 आयोजक वि. कुनै कामकुराको प्रबन्ध गर्ने; कुनै योजनाको सञ्चालन गर्ने; बन्दोबस्त मिलाउने; प्रबन्धक; व्यवस्थापक ।
7484 आयोजक समिति ना. कुनै कार्यको व्यवस्था एवं प्रबन्ध गर्नका निम्ति गठन गरिएको सम्बन्धित आयोजकहरूको समिति ।
7485 आयोजन / आयोजना ना. १. कुनै काम पूरा गर्नका निम्ति पहिलेदेखि गरिएको प्रबन्ध; इन्तजाम; बन्दोबस्त ।
7486 आयोजन / आयोजना ना. २. कसैलाई कुनै काममा लगाउने काम; नियुक्ति ।
7487 आयोजन / आयोजना ना. ३. मिलाउने वा जोड्ने प्रक्रिया ।
7488 आयोजन / आयोजना ना. ४. उद्योग; उन्नति ।
7489 आयोजन / आयोजना ना. ५. सामग्री; सामान ।
7490 आयोजित वि. आयोजन वा आयोजना गरिएको; प्रबन्ध मिलाइएको; बन्दोवस्त भएको वा गरिएको ।
7491 आरक्त वि. रछायाँ रङको; हल्का रातो; अलि अलि रातो; रातो रातो ।
7492 आरक्ष ना. वन्यजन्तुको सुरक्षा र रुख, बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई चारैतिरबाट घेर्ने काम; आरक्षण |
7493 आरक्षक ना. १. सबै किसिमका कठिनाइबाट बचाउ गर्ने व्यक्ति ।
7494 आरक्षक ना. २. प्रहरी; पुलिस ।
7495 आरक्षण ना. १. चारैतिरबाट रक्षा गर्ने वा जोगाउने क्रिया ।
7496 आरक्षण ना. २. वन्यजन्तु र बोट, बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई सुरक्षित राख्ने काम ।
7497 आरक्षक दल ना. आरक्षकको दल वा समूह; प्रहरी टोली ।
7498 आरक्षित वि. चारैतिरबाट रक्षा गरिएको; जोगाइएको; बचाइएको ।
7499 आरक्षक कोष ना. विशेष आवश्यकता पर्दा वा सङ्कटका समयमा काम दिन सकोस् भनी जम्मा गरिने कोष; सञ्चित कोष |
7500 आरक्षक विषय- ना. विशेष दृष्टिबाट वा विशेष व्यक्तिहरूका निम्ति सुरक्षित राखिएको विषय ।