Dictionary

All Word

7401 आघ्राण ना. २. अघाउने वा तृप्त हुने गरी सुँघ्ने क्रिया।
7402 आघात वि. १. सुँधिएको बास्ना लिइएको।
7403 आघात वि. २. सन्तुष्ट तृप्।
7404 आङ ना. १. शरीर; देह।
7405 आङ ना. २. पछाडिपट्टिको ढाड; पिठिउँ; आँग।
7406 आङअठिडर / अठिङ्गर ना. शरीरका अवयव र तिनीहरूको जोर्नी।
7407 आङ खोलाइ ना. तलासी लिने काम; साथमा राख्न नहुने कुरा शरीरभित्र लुकाएर राखिएको छ कि भनी छाम्ने वा हेर्ने प्रक्रिया।
7408 आन ना. हे. आँगन।
7409 आङ फर्काइ ना. १. कोल्टे फेर्ने काम।
7410 आङ फर्काइ ना. २. अरूका कुरा मन नपरी पछाडि फर्कने चाल वा स्थिति।
7411 आङ फर्काइ ना. ३. बालक पैदा हुँदा पाठेघरसमेत साथसाथै बाहिर निस्कने अवस्था; भँडाल्नु फर्काइ।
7412 आङ लाग्नु टु. खाएका कुराको रस शरीरमा भिज्नु र पोस लाग्नु।
7413 आडा ना. हे. आँगा।
7414 आङ्गारिक वि. १. अँगारसम्बन्धी; अँगारको काम गर्ने।
7415 आङ्गारिक वि. ना. २. गोल वा कोइलाको काम गर्ने व्यक्ति; अँगार पोल्ने वा बेच्ने व्यक्ति।
7416 आङ्गिक वि. १. अङ्गसम्बन्धी; शरीरको।
7417 आङ्गिक वि. २. अङ्गहरूद्वारा नक्कल गरिने (अभिनय; मुद्रा आदि)।
7418 आङ्गिक वि. ना ३. मादल, तबला आदि बजाएर सङ्गीतमा साथ दिने व्यक्ति।
7419 आङ्ग्ल वि. १. अङ्ग्रेजसम्बन्धी; अङ्ग्रेजको।
7420 आङ्ग्ल वि. २. अङ्ग्रेजीसम्बन्धी।
7421 आङ्ग्ल भाषा ना. अङ्ग्रेजी भाषा।
7422 आचमन ना. पूजा वा धार्मिक कार्यमा शुद्ध हुनका लागि मन्त्रपूर्वक पानी अचाउने काम।
7423 आचमनी ना. आचमन गर्ने एक किसिमको चम्चा; पञ्चपात्रको पानी झिक्ने सानो डाडुजस्तो वस्तु।
7424 आचरण ना. १. व्यक्तिमा हुने र नैतिक दृष्टिले हेरिने राम्रो, नराम्रो सबै कामकुरा; चालचलन; चरित्र।
7425 आचरण ना. २. बानीबेहोर।
7426 आचरण ना. ३. व्यवहार।
7427 आचरण पञ्जिका / पुस्तिका ना. कर्मचारीहरूको कर्तव्यपालन; अनुशासन आदि चरित्रसम्बन्धी विवरण लेखिएको पुस्तिका।
7428 आचरणीय वि. आचरण गर्न योग्य; अनुसरणीय |
7429 आचरित वि. आचरण गरिएको; नियमपालन गरिएको।
7430 आचार ना. १. कुनै नियम; सिद्धान्त आदिमा आउने र पालन गर्नुपर्ने आचरण तथा व्यवहारको परिष्कृत र नैतिक रूप; त्यसै आधारमा गरिने व्यवहार; रीति वा प्रथा; चालचलन; बानीबेहोर; चरित्र।
7431 आचार ना. २. रीतिस्थिति।
7432 आचार ना. 3. सदाचार; आचरण।
7433 आचार ना. ४. पारस्परिक व्यवहार वा आदानप्रदान।
7434 आचारभ्रष्ट वि. आचारका दृष्टिले भ्रष्ट वा पतित; आचारको पालना नगर्ने; दुराचारी।
7435 आचारवान् वि. शुद्ध आचरणमा रहने; नियममा रहने; सच्चरित्र; सदाचारी।
7436 आचारविचार ना. १. आचरण; चालचलन; बानीबेहोरा |
7437 आचारविचार ना. २. रहनसहन; धार्मिक दृष्टिले शुद्ध दैनिक आचरण।
7438 आचारशास्त्र ना. मानिसको चरित्र; आचरण आदिको विवेचना गरिएको शास्त्र।
7439 आचारसंहिता- ना. आचरण वा व्यवहारको परिष्कृत नैतिक नियम प्रतिपादित गरी लेखिएको शास्त्र वा विद्या।
7440 आचारिक वि. आचारसम्बन्धी; आचारको।
7441 आचारी वि. आचारमा रहेको; आचारवान्; सदाचारी |
7442 आचार्य ना. १. व्रतबन्धमा गायत्री मन्त्र सुनाउने गुरु |
7443 आचार्य ना. २. आचारको ज्ञाता तथा वेद आदि पढाउने गुरु; अध्यापक |
7444 आचार्य ना. ३. विशिष्ट विद्वान्।
7445 आचार्य ना. ४. कर्मकाण्डको ज्ञाता; मुख्य पुरोहि।
7446 आचार्य ना. ५. भाष्यकार; टीकाकार।
7447 आचार्य ना. ६. संस्कृत परीक्षाको स्नातकोत्तर तहको एक उच्च उपाधि।
7448 आचार्य ना. ७. ब्राह्मण जातिको एक थर।
7449 आचार्या ना. १. आचार्यको काम गर्ने स्त्री; अध्यापिका; उपाध्याया।
7450 आचार्या ना. २. पूजनीया तथा विदुषी स्त्री।