Dictionary

All Word

7551 आरामी पत्र ना. सन्चोसुबिस्ता लेखिएको चिठी; कुशल समाचारको चिठीपत्र |
7552 आरारुट/आरारोट ना. १. लाम्चो भेट्नामा लामा र ठुला पात हुने, खैरा धर्साहरू भएको सेतो गानु हुने एक प्रकारको बोट ।
7553 आरारुट/आरारोट ना. २. हल्का हुनाले बिरामीलाई पथ्यका निम्ति पेय बनाई खुवाइने त्यसैको कन्द वा पिठो ।
7554 आरिस ना. ईर्ष्या; डाहा; आहारिस |
7555 आरिसे वि. अर्काको सुखसम्पत्ति वा उन्नति देख्न, सहन नसक्ने स्वभावको; डाहा गर्ने बानी भएको; इखालु; डाहिलो; डाढे ।
7556 आरिस्याइँ ना. आरिसे हुनाको भाव, अवस्था वा प्रवृत्ति ।
7557 आरी ना. ससाना पात हुने, गुलाफी रङका बाटुला फूल फुल्ने काँडादार रुख वा कलेजी रङका लामा कोसा फल्ने त्यसैको फल |
7558 आरी ना. अचार बनाउने वा अचार हाल्ने काममा आउने काठ, माटो आदिको सानो भिउँट; बिट नफर्किएको काठ वा माटाको फराकिलो भाँडो; आही ।
7559 आरी स्याँगी ना. १. सङ्कटकालीन अवस्था; चरीघाँटी ।
7560 आरी स्याँगी ना. २. आरी र स्याँगी ।
7561 आरु ना. लाम्चा पात हुने, कलेजी रङका सेता ससाना फूल फुल्ने एक जातको बोट वा त्यही बोटको भित्र हाडे बियाँ हुने सो रङको फल |
7562 आरुपाते ना. आरुको जस्तो पात हुने एक प्रकारको घाँस ।
7563 आरूढ वि. १. चढेको; कुनै वस्तुमाथि बसेको ।
7564 आरूढ वि. २. तत्पर; सन्नद्ध ।
7565 आरूढयौवना ना. १. बैँसले मत्त भएकी तरुनी; उमेर पुगेकी युवती ।
7566 आरूढयौवना ना. २. मध्या नायिकाका चार भेदमध्ये एक ।
7567 आरेख ना. खास विचारलाई रेखाको माध्यमद्वारा प्रस्तुत गरिने ग्राफिक प्रविधि |
7568 आरो/ करौँती ना. १. करौँती ।
7569 आरो/ करौँती ना. २. जुत्ता सिउने, चुच्चो थोरै दोब्रिएको सियो ।
7570 आरो/ करौँती ना. ३. फलामको तिखो घोच्ने हतियार; सुइरो |
7571 आरोग्य ना. १. रोग नभएको वा नलागेको अवस्था; स्वस्थता; तन्दुरुस्ती ।
7572 आरोग्य ना. २. रोग नलाग्ने क्रिया वा भाव ।
7573 आरोग्य आश्रम / शाला ना. १. बिरामीहरूलाई उपचार गर्न राखिने वा उपचार गरिने घर; स्वस्थ वातावरण भएको घर ।
7574 आरोग्य आश्रम / शाला ना. २. चिकित्सालय; अस्पताल ।
7575 आरोप ना. १. कसैलाई कुनै खराब काम गरेबापतमा लगाइएको दोष; बात वा फरेब; अभियोग ।
7576 आरोप ना. २. कसैलाई खराब काम गरेकोमा वात वा दोष लगाउने क्रिया वा व्यवहार ।
7577 आरोप ना. ३. एक पदार्थमा अर्का पदार्थका गुणको कल्पना गर्ने काम ।
7578 आरोप ना. ४. रोप्ने वा घुसार्ने काम ।
7579 आरोपक वि. १. आरोप लाउने; फत्तुर लाउने; दोष वा बात लगाउने ।
7580 आरोपक वि. २. बोटबिरुवा आदि रोप्ने ।
7581 आरोपण ना. १. उखेलेका बोटबिरुवा आदि अर्का ठाउँमा रोप्ने काम ।
7582 आरोपण ना. २. एक व्यक्तिले अर्का व्यक्तिको भाव देखाउने वा एक वस्तुमा अर्को वस्तु जड्ने काम ।
7583 आरोपण ना. ३. एउटा बिरुवामा अर्को बिरुवाको टुसो वा सानो हाँगो घुसार्ने वा टाँसेर एकरूप पार्ने काम ।
7584 आरोपण ना. ४. चढाउने वा उकाल्ने काम ।
7585 आरोपण ना. ५. दोषबात लगाउने काम ।
7586 आरोपण ना. ६. झुटो कल्पना; भ्रम ।
7587 आरोपण पत्र ना. अड्डा, अदालतबाट कुनै व्यक्तिका उपर आरोप लगाइएको बेहोरा वा बयान लेखिएको कागत |
7588 आरोपित वि. १. दोष लगाइएको; बात लगाइएको ।
7589 आरोपित वि. २. सारिएको; रोपिएको (बिरुवा ) |
7590 आरोप्य वि. १. आरोप लगाउन हुने; बात लगाउन लायक ।
7591 आरोप्य वि. २. सार्न वा रोप्न हुने (बोटबिरुवा ) ।
7592 आरोह ना. १. घोड़ा आदि चढ्ने मानिस; सवार ।
7593 आरोह ना. २. चढ्ने वा उक्लने काम ।
7594 आरोह ना. ३. अग्लो जमिन; उच्च स्थान ।
7595 आरोह ना. ४. सङ्गीतमा निम्न स्वरबाट क्रमश: स्वर चढाउँदै लैजाने काम ।
7596 आरोह ना. ५. चढाइ; धावा ।
7597 आरोह ना. ६. पहाड आदि चढ्ने वा उक्लने काम ।
7598 आरोह ना. ७. बोल्दा वा वाचन गर्दा स्वर उरालिँदै जाने प्रवृत्ति ।
7599 आरोहक वि. १. घोडा आदि चढ्ने; पर्खाल आदि उक्लने । ना.
7600 आरोहक वि. २. रथ हाँक्ने व्यक्ति; सारथि; घोडा आदि चढ्ने व्यक्ति; घोडचढी |