Dictionary

All Word

7651 आत्मसमर्पण ना. ३. आफूलाई आफ्ना सारा शक्तिसहित कुनै काममा लगाउने काम ।
7652 आत्मसात् वि. १. पूरै आफ्नो अन्तर्गत ल्याइएको ।
7653 आत्मसात् वि. २. आफूमा गाभिएको; आफूमा मिलाइएको ।
7654 आत्मसिद्ध वि. आफैँआफ हुने; विनाप्रयास हुने; स्वयंसिद्ध ।
7655 आत्मसिद्धि वि. १. आत्मा वा परमात्माको सम्यक् ज्ञान ।
7656 आत्मसिद्धि वि. २. मोक्ष, मुक्ति ।
7657 आत्मस्तुति ना. आत्मप्रशंसा; आत्मश्लाघा।
7658 आत्महत्या ना. आफूले आफैलाई मार्ने काम; जानी जानी आफैँले आफ्नो हत्या गर्ने काम; आत्मघात ।
7659 आत्मा ना. १. शरीरमा रहेमा त्यसलाई जीवित राख्ने र क्रियाशील बनाउने तथा नरहेमा निष्क्रिय वा मुर्दा बनाउने अविनाशी, अतीन्द्रिय र अभौतिक शक्ति ।
7660 आत्मा ना. २. मन वा अन्तःकरणका व्यापारको ज्ञान गराउने सत्ता; जीवात्मा ।
7661 आत्मा ना. ३. सत्, चित् र आनन्दसम्बन्धी पदार्थ; चैतन्य तत्त्व ।
7662 आत्मा ना. ४. मन; चित्त; हृदय ।
7663 आत्मा ना. ५. कुनै वस्तुको गूढ वा सार तत्त्व।
7664 आत्मा ना. (शब्दको आत्मा, काव्यको आत्मा इ.) ।
7665 आत्मानन्द ना. आत्माको ज्ञान वा आत्मामा लीन भएर प्राप्त हुने आनन्द ।
7666 आत्मानुभव ना. १. स्वयम् प्राप्त अनुभव ।
7667 आत्मानुभव ना. २. आत्माको अस्तित्वको अनुभव ।
7668 आत्मानुभूति ना. १. आत्माको स्वरूप आदिका सम्बन्धमा अनुभव वा ज्ञान; आत्मज्ञान; आत्मबोध ।
7669 आत्मानुभूति ना. २. आफैँआफ हुने अनुभूति ।
7670 आत्माभिमान ना. आफ्नो सम्मान र प्रतिष्ठाको विचार; आफ्नो मान अपमानको ज्ञान; स्वाभिमान, आत्मगौरव ।
7671 आत्माभिमानी वि. आफ्नो इज्जत र प्रतिष्ठा राख्ने; स्वाभिमानी ।
7672 आत्माभिमुख वि. आत्मातर्फ उन्मुख, अन्तर्मुख।
7673 आत्माराम ना. आफ्नै आत्मामा लीन हुने वा आत्मज्ञानले तृप्त योगी; आत्मज्ञानी; आत्मज्ञानद्वारा आनन्दमग्न भएको व्यक्ति ।
7674 आत्मालोचना ना. १. आफैँले आफूमा भएका गुणदोषहरूको बारेमा गरिने आलोचना वा मूल्याङ्कन ।
7675 आत्मालोचना ना. २ साम्यवादी दलका कार्यकर्ताहरूलाई अनुशासित तुल्याउनका निम्ति आफ्नो भुल आफैँले प्रकाशमा ल्याउन प्रत्येक बैठकमा गरिने गुणदोषको विवेचना |
7676 आत्मावलम्बी ना. अरू कसैको आश्रयमा नरहेर आफ्नै भरोसामा काम गर्ने व्यक्ति ।
7677 आत्मिक वि. १. आत्मासम्बन्धी आत्माको ।
7678 आत्मिक वि. २. आफ्नो आफूसँग सम्बन्धित; निजी।
7679 आत्मिक वि. 3. मनसम्बन्धी; मानसिक ।
7680 आत्मिक वि. ४. ज्यादै नजिकको ।
7681 आत्मिकता ना. १. आत्मिक हुने अवस्था वा भाव |
7682 आत्मीय वि. १. आत्मासम्बन्धी, आत्मासँग मिल्ने ।
7683 आत्मीय वि. २. निजी; आफ्नो ।
7684 आत्मीय वि. ३. आफ्नो पक्षको ।
7685 आत्मीय वि. ना. ४. आफ्नो मानिस ।
7686 आत्मीय वि. ५. नातेदार; इष्टमित्र; कुटुम्ब ।
7687 आत्मीय वि. ६. मन मिलेको व्यक्ति ।
7688 आत्मीयता ना. १. आत्मीय हुनाको अवस्था वा भाव, आत्मीयपन; आफ्नोपन ।
7689 आत्मीयता ना. २. हार्दिकता; मैत्रीभाव ।
7690 आत्मोत्सर्ग ना. अर्काको भलाइका निम्ति आफ्ना सुखदुःखहरूको ख्याल नगर्ने काम; परोपकारका निम्ति आफ्नो जीवन सुम्पने क्रिया, आत्मत्याग; आत्मबलिदान ।
7691 आत्मोद्धार ना. १. आफ्नो आत्मालाई सांसारिक बन्धनबाट मुक्त गर्ने क्रिया ।
7692 आत्मोद्धार ना. २. ब्रह्ममा मिल्ने क्रिया; मोक्ष |
7693 आत्मोन्नति ना. १. आत्माको उन्नति ।
7694 आत्मोन्नति ना. २. आफैँआफ गरिने आफ्नो तरक्की ।
7695 आत्मोन्नति ना. ३. मनोबललाई बढाउने काम ।
7696 आत्मोन्नति बिदा ना. विश्वविद्यालयजस्ता शैक्षिक निकायका शिक्षकहरूले खास सेवाअवधि पूरा गरेपछि आत्मोन्नतिका लागि गरिने अध्ययन, अनुसन्धान कार्यका निम्ति पाउन सक्ने नियमानुसारको एकबर्से वा तोकिएको अवधिको बिदा |
7697 आत्मोपजीवी वि. आफ्नै परिश्रमबाट जीविका चलाउने; स्वावलम्बी ।
7698 आत्रामात्रा ना. जेजति भएको खिचीमिची, सानोतिनो चिजबिज खत्र्याकखुत्रुक; जेतेमेते ।
7699 आत्रेय वि. १. अत्रि गोत्र भएको; अत्रि गोत्रमा जन्मिएको ।
7700 आत्रेय वि. ना. २. अत्रिका छोरा दत्तात्रेय ।