Dictionary

All Word

7601 आरोहण ना. १. चढ्ने वा उक्लने काम वा प्रक्रिया ।
7602 आरोहण ना. २. मास्तिर चढ्ने साधन; सिँढी; भर्याङ ।
7603 आरोहण ना. ३. बिउ, पालुवा आदि टुसाउने वा पलाउने काम ।
7604 आरोहण ना. ४. नाचगानका निम्ति बनाइएको अग्लो ठाउँ; मञ्च ।
7605 आरोहावरोह ना. १. चढ्ने र उत्रने काम; उक्लने र ओर्लने काम ।
7606 आरोहावरोह ना. २. सङ्गीतमा स्वर चढाउने र उतार्ने क्रिया वा अवस्था ।
7607 आरोही वि. १. पहाड, रुख आदिमा चढ्ने वा उक्लने ।
7608 आरोही वि. २. घोडचढी; सवारीमा चढ्ने ( मानिस, सवार इ.) । ना.
7609 आरोही वि. 3. गाउँदा वा बजाउँदा 'स' देखि 'नि' सम्म क्रमशः बढाउँदै लैजाने स्वरसाधनको प्रक्रिया |
7610 आर्धो ना. गुरुङ जातिको आफ्नो चलनअनुसार गरिने शुद्धशान्ति; आर्धं; घेवा ।
7611 आर्जनु स.क्रि. आर्जन गर्नु; कमाउनु; आम्दानी गर्नु ।
7612 आर्जन ना. खेतीपाती, उद्योग, श्रम आदिबाट हुने आर्थिक वा अन्य आय; कमाइ; आम्दानी | आर्जन भए भोर्जन मिल्छ ( उखान ) ।
7613 आर्जिनु क.क्रि. आर्जन गरिनु; कमाइनु ।
7614 आर्जे ना. कुनै हराएपराएको अथवा भागेको वस्तु वा मान्छे कतातिर छ भनी पत्ता लगाउने उद्देश्यले ज्योतिष वा धामीले अक्षता आदि प्रयोग गरी हेर्ने जोखना ।
7615 आर्त वि. १. सङ्कट वा विपत्‌मा परको ।
7616 आर्त वि. २. दुःखी ।
7617 आर्त वि. ३. बिरामी; रोगी; अस्वस्थ ।
7618 आर्त वि. ४. पीडा भएको; पीडित ।
7619 आर्तनाद ना. दुःख वा पीडाले कराएको आवाज; करुण क्रन्दन ।
7620 आर्तव वि. १. ऋतु वा मौसमसित सम्बन्धित; कुनै खास ऋतुमा हुने; मौसमी । ना.
7621 आर्तव वि. २. नछुने आइमाईको महिना महिनामा निस्कने रज वा रगत ।
7622 आर्थिक वि. १. धनसम्पत्तिसम्बन्धी; वित्तीय ।
7623 आर्थिक वि. २. राजनीति तथा समाजशास्त्रका अनुसार धनसम्पत्ति तथा यसको आर्जन, उत्पादन, विभाजन, वितरण आदिसित सम्बन्ध राख्ने ।
7624 आर्थिक वि. ३. शब्द, वाक्य आदिको तात्पर्यसँग सम्बन्धित; अर्थसँग सम्बन्ध राख्ने ।
7625 आर्थिक ऐन ना. सरकारले देशको आयव्ययसम्बन्धी व्यवस्थाका निम्ति तर्जुमा गरी निकालेको ऐन ।
7626 आर्थिक प्रणाली ना. राष्ट्रिय सम्पत्तिको आयव्यय गरिने नीति तथा प्रक्रिया |
7627 आर्थिक भूगोल ना. आर्थिक दृष्टिले देशका विभिन्न भाग तथा तिनका उत्पादन आदिको अध्ययन गरिने विद्या ।
7628 आर्थिक योजना ना. अर्थसम्बन्धी योजना; राष्ट्रिय योजनाअनुसार अर्थका सम्बन्धमा तय गरिएको योजना |
7629 आर्थिक वर्ष ना. नयाँ आर्थिक योजना प्रारम्भ गरिने वर्ष (नेपालमा साउन महिनादेखि अर्को असार मसान्तसम्म आर्थिक वर्ष हुन्छ । ) ।
7630 आर्थिक सल्लाहकार ना. सरकारलाई अर्थसम्बन्धी कामकुराको सल्लाह दिने व्यक्ति वा समिति ।
7631 आर्थी व्यञ्जना ना. शब्दका आधारमा नभएर अर्थका आधारमा व्यङ्ग्यार्थ बुझाउने व्यञ्जना |
7632 आर्द्र वि. १. पानीले भिजेको; चिसो ।
7633 आर्द्र वि. २. गिलो; नरम ।
7634 आर्द्र वि. ३. रसयुक्त; रसिलो ।
7635 आर्द्र वि. ४. पग्लेको ।
7636 आर्द्र खेती ना. पानी पुग्ने खेतमा लगाइने बालीनाली ।
7637 आर्द्रक वि. १. भित्र वा बाहिर पानीको अंश भएको; भिजेको ।
7638 आर्द्रक वि. २. गिलो; नरम । ना.
7639 आर्द्रक वि. ३. अदुवा ।
7640 आर्द्रकता ना. आर्द्र हुनाको भाव; पानीले भिज्ने भाव वा अवस्था; चिसोपन |
7641 आर्द्रा ना. सत्ताइस नक्षत्रमध्ये एक नक्षत्र; छैटौँ नक्षत्र ।
7642 आर्मेनियाली ना. भारोपेली भाषा परिवारको शतम् वर्गको एक उपशाखा ।
7643 आर्य वि. १. उत्तम; श्रेष्ठ ।
7644 आर्य वि. २. आदरणीय; मान्य ।
7645 आर्य वि. ३. प्रगतिशील; उत्तम संस्कारयुक्त । ना
7646 आर्य वि. ४. उत्तम वा उदात्त चरित्र भएको मानिस ।
7647 आर्य वि. ५. सानाले ठुलालाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द |
7648 आर्य वि. ६. सभ्य मानिएको एक प्राचीन जाति ।
7649 आर्यजाति ना. आर्यहरूको जाति; आर्य ।
7650 आर्यधर्म ना. आर्यहरूले अँगालेको धर्म; सनातन धर्म ।