Dictionary

All Word

7701 आलसतालस ना. ३. लखतरान; हैरान।
7702 आलसतालस ना. ४. अस्तव्यस्त ।
7703 आलस्य ना. काममा मन नलाग्ने भाव; जाँगर नभएको स्थिति; अल्सीपन; सुस्ती; अल्छी ।
7704 आलान ना. १. हात्ती बाँध्ने बलियो काठको मोटो खम्बा; खमारी ।
7705 आलान ना. २. हात्ती बाँध्ने बलियो डोरी वा फलामे सिक्री ।
7706 आलान ना. ३. अल्झो; बन्धन ।
7707 आलाप ना. १. कुराकानी; बोलचाल; बातचित; गफ ।
7708 आलाप ना. २. सङ्गीतको तानविशेष; स्वर-साधन ।
7709 आलापविलाप ना. मनको तीव्र वेदना पोखेर चिच्याउँदै रुने, कराउने काम; अलापविलाप; बिलौना ।
7710 आलिखित वि. स्पष्टसँग लेखिएको; चित्रित; अङ्कित ।
7711 आलि ना. १. नारीकी महिला मित्र; आली ।
7712 आलि ना. २. पङ्क्ति; रेखा ।
7713 आलि ना. ३. भ्रमर; भँवरो।
7714 आलिङ्गन ना. व्यक्ति वा वस्तुलाई बाहुपाशले बेर्ने काम; अँगालो; अङ्कमाल |
7715 आलिङ्ग्य वि. १. अँगालो हाल्न हुने; अङ्कमाल गर्न योग्य । ना.
7716 आलिङ्ग्य वि. २. मृदङ्ग; मादल ।
7717 आली ना. नारीकी स्त्री साथी वा सँगिनी ।
7718 आली ना. खेतको सिमाना अलग्याउन वा पानी अडिने बनाउन चारैतिर केही उठाइएको माटाको डिल; खेतको एक फगटालाई अर्कोसँग छुट्ट्याउने साँध ।
7719 आलीधुर ना. सानो आली र ठुलो धुर ।
7720 आलु ना. १. जरामा रातो वा सेतो डल्ला फल्ने, गोलभेंडाको जस्तो पात र हाँगा हुने बोट ।
7721 आलु ना. २. त्यसको फल ।
7722 आलु गिट्ठो ना. जमिनमुनि कन्द वा फल नलाग्ने तरुलको लहरामा फल्ने आलुजस्तो डल्लो आकारको फल।
7723 आलुचा ना. एक प्रकारको पहेँलो र सानो खालको फल फल्ने आलुबखडाको बोट वा सोही बोटको फल।
7724 आलुदम ना. उसिनेको आलु छोडाएर सिङ्गै वा फ्याक पारेर तयार गरिएको झोलदार तरकारी ।
7725 आलुबखडा ना. लाम्चा हरिया पात र झिनो पातलो बोटमा सेतो फूल हुने अनि बोटैमा गुलियो, अमिलो स्वादको गोल गोल फल लाग्ने बोट; त्यसैको फल |
7726 आलेख ना. लेखोट; लेख; लिखत; अभिलेख ।
7727 आलेखन ना. १. चित्रका पङ्क्ति कोर्ने काम; चित्र लेख्ने काम ।
7728 आलेखन ना. २. लेख्ने काम; लेखन |
7729 आलेख्य वि. लेख्न हुने, लेख्न योग्य |
7730 आलेटाले ना. टारटुर; आलटाल ।
7731 आलेप ना. १. लेस्न वा लिप्न मिल्ने खालको बाक्लो लेदो; बाक्लो द्रवपदार्थ; लेप ।
7732 आलेप ना. २. शरीरमा घसिने भुटेको तोरी र हलेदो; बुकुवा ।
7733 आलेपन ना. १. आलेप लेस्ने, लिप्ने, पोत्ने वा घस्ने काम ।
7734 आलेपन ना. २. शरीरमा सुगन्धी द्रव्य लगाउने काम ।
7735 आलो वि. १. भर्खर ल्याइएको; साजी; ताजा ।
7736 आलो वि. २. नओइलाएको; रसिलो ।
7737 आलो वि. ३. कम उमेरको; अनुभवहीन ।
7738 आलोक ना. १. उज्यालो; सेतो चहक; प्रकाश । २ हेराइ; दृष्टि |
7739 आलोक ना. ३. सापेक्षता; आधारशिला ।
7740 आलोकन ना. १. हेर्ने वा देख्ने काम ।
7741 आलोकन ना. २. सोचविचार; गहिरो दृष्टि |
7742 आलोकनीय वि. हेर्न वा विचार गर्न योग्य; चिन्तनीय |
7743 आलोकन स्तम्भ ना. १. प्रकाशका लागि बत्ती जडिएको स्तम्भ; प्रकाश स्तम्भ ।
7744 आलोकन स्तम्भ ना. २. सबैलाई राम्रो बाटो देखाउने मान्छे ।
7745 आलोकाँचो वि. १. अधकल्चो ।
7746 आलोकाँचो वि. २. अपरिपक्व; बुद्धि नपुगेको ।
7747 आलोकित वि. १. उज्यालो पारिएको; चमक दिइएको ।
7748 आलोकित वि. २. देखिएको; हेरिएको ।
7749 आलोकित वि. ३. चम्किलो, चम्केको ।
7750 आलोचक वि. १. आलोचना गर्ने ।