Dictionary

All Word

7851 आवेश ना. १. कुनै बाह्य प्रभावबाट मनमा आउने प्रक्रिया; मनको प्रबल वेग; झोक; जोस ।
7852 आवेश ना. २. असामान्य मनःस्थिति; अचेतन मनको प्रभाव।
7853 आवेश ना. ३. प्रवेश पस्ने काम ।
7854 आवेश ना. ४. भूतप्रेत आदिको असर; तन्त्र; मोहनी आदिको प्रभाव ।
7855 आवेष्टन ना. १. कपडा आदिले कुनै वस्तुलाई बेर्ने वा लपेट्ने काम; ढाक्ने वा छोप्ने कार्य ।
7856 आवेष्टन ना. २. बेर्ने वा लपेट्ने वस्तु; बासा; खोल; बेठन; ढक्कन ।
7857 आवेष्टित वि. आवेष्टन गरिएको ।
7858 आव्रजन ना. १. एक ठाउँबाट अर्को ठाउँमा बसोबास सर्ने काम; आप्रवास; बसाइँ ।
7859 आव्रजन ना. २. सन्न्यास; गार्हस्थ्य जीवन छाडेर शिखासूत्र त्याग गरी चौथो आश्रमको नियम पालन गर्ने काम ।
7860 आशंसा ना. १. उमेद; आशा ।
7861 आशंसा ना. २. शङ्का; सन्देह, दुबिधा |
7862 आशंसा ना. ३. इच्छा; कामना ।
7863 आशंसा ना. ४. प्रशंसा; तारिफ ।
7864 आशंसा ना. ५. सम्मान; आदर ।
7865 आशंसित वि. आशंसा गरिएको ।
7866 आशक ना. हे. आसक ।
7867 आशक्त वि. शक्तिशाली; समर्थ; जे पनि गर्न सक्ने ।
7868 आशक्ति ना. सामर्थ्य; बल; बुता; शक्ति ।
7869 आशङ्का ना. १. दुविधा; शङ्का; सन्देह ।
7870 आशङ्का ना. २. कुनै अनिष्ट कामकुराको सम्भावनाले पैदा हुने डर; कुनै अनिष्ट परिणामको सम्भाव्यता ।
7871 आशङ्कित वि. आशङ्का गरिएको; सन्देहयुक्त |
7872 आशकी वि. शङ्का गर्ने; शङ्कालु |
7873 आशय ना. १. भाव; मतलब; तात्पर्य ।
7874 आशय ना. २. इच्छा; कामना ।
7875 आशय ना. ३. उद्देश्य; नियत ।
7876 आशय ना. ४. गूढ अभिप्राय ।
7877 आशा ना. १. चाहेको वस्तु पाउने इच्छा; अभिलाषा; चाहना ।
7878 आशा ना. २. लोभ; लालच ।
7879 आशाकारी वि. आसे बानी भएको ।
7880 आशाखेती ना. आशा नै खेती; अकासे वृत्ति ।
7881 आशाजनक ना. आसलाग्दो ।
7882 आशातीत वि. आशा गरिएको भन्दा बढ्ता; सोच्दै नसोचेको ।
7883 आशान्वित वि. आशाले युक्त भएको; आशावान् ।
7884 आशामुखी वि. आस गर्ने; अर्काको भरमा मात्र जीवन धान्ने ।
7885 आशावाद ना. भविष्यको आशा वा सुखप्राप्तिमा विश्वास गर्ने विचार वा सिद्धान्त ।
7886 आशावादी वि. आशावादको अनुयायी; आसे बानी भएको ।
7887 आशिषु ना. प्रायः मान्यजनबाट दिइने शुभकामना; आशीर्वाद; आसिक ।
7888 आशीर्वचन/आशीर्वाद ना. १. प्रायः मान्यजनले आफूमन्तिरकाको सफलता वा कल्याणको कामनाले प्रकट गर्ने शुभेच्छा ।
7889 आशीर्वचन/आशीर्वाद ना. २. ब्राह्मणवर्गबाट यजमानको उन्नतिका लागि मन्त्र पढेर दिइने शुभकामना; आशिष् ।
7890 आशु वि. चाँडो; तुरुन्त; छिटो ।
7891 आशुकवि वि. १. छिटो छिटो कविता रच्न सक्ने (कवि ) | ना.
7892 आशुकवि वि. २. कुनै दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा वर्णन गर्ने कवि ।
7893 आशुतोष वि. १. चाँडै नै सन्तुष्ट हुने । ना.
7894 आशुतोष वि. २. महादेव ।
7895 आशुपत्र ना. छिटो गरी पठाइने पत्र; जरुरी चिठी ।
7896 आशुलिपिक वि. छिटो छिटो लेख्न सक्ने ।
7897 आशौच ना. १. जन्मदा वा मर्दा सगोत्री दाजुभाइ र नजिकका नातेदारलाई निश्चित अवधिसम्म लाग्ने अशुद्धि; सूतक; सुत्केरो; जुठो ।
7898 आशौच ना. २. बाबुआमाको मृत्युपछि छोरालाई वर्ष दिनसम्म लाग्ने अशुद्धि; बरखी।
7899 आशौची वि. जुठो वा सूतक परेको; आशौच लागेको वा बारेको ।
7900 आश्चर्य ना. १. नयाँ; अनौठा र अद्भुत वस्तु वा दृश्य देख्दा मनमा उठ्ने भाव; आसर्जे; उदेक । वि.