Dictionary

All Word

7951 आपूर्ति ना. १. दैनिक तथा सामयिक उपभोग्य विषयवस्तु पूरा गर्ने काम ।
7952 आपूर्ति ना. २. आवश्यक उपभोग्य वस्तु खाँचो भएमा सामान्य जनतालाई उपलब्ध गराउने काम ।
7953 आपेक्षिक वि. १. कसैको अपेक्षा राख्ने; सापेक्षक ।
7954 आपेक्षिक वि. २. अरूको आश्रयमा रहने; आश्रित ।
7955 आप्त वि. १. पाएको; प्राप्।
7956 आप्त वि. २. विश्वासप्राप्त; विश्वासयोग्य ।
7957 आप्त वि. ना. ३. विश्वास भएको व्यक्ति; आत्मीय जन ।
7958 आप्त वि. ४. योगशास्त्रअनुसार मानिने शब्द प्रमाण |
7959 आप्तकाम वि. १. इच्छा पूरा भएको; मनले सोचेको कुरो पुगेको ।
7960 आप्तकाम वि. २. सांसारिक विषयवासना त्याग गरेको ।
7961 आप्तकारी वि. १. लुकेर काम गर्ने ।
7962 आप्तकारी वि. ना. २. भरपर्दो सेवक ।
7963 आप्तजन/वर्ग ना. आफ्ना र आफन्तहरूको वर्ग वा समूह; मित्रमण्डली |
7964 आप्तवाक्य ना. आफन्तहरूको कुरो; शिष्ट वा मान्य जनहरूको वाक्य |
7965 आप्ति ना. १. पाउने काम; लाभ; प्राप्ति; उपलब्धि ।
7966 आप्ति ना. २. निर्दिष्ट स्थानमा पुग्ने स्थिति; मिलन।
7967 आप्ति ना. ३. पूर्णता ।
7968 आप्पै वि.बो. पीडा, हर्ष, उन्माद आदिमा अचानक मुखबाट निकालिने शब्द ।
7969 आप्पै वि.बो. (उदा.- आप्पै ! कस्तो चिसो पानी रहेछ ! ) ।
7970 आप्रवास ना. एक देशको मानिस अर्को देशमा गएर बस्ने काम; बसाइँ सराइ |
7971 आप्रवासी वि. अर्कै देशबाट आएर बस्ने वा बसेको (व्यक्ति) ।
7972 आप्रोन ना. जिउमा फोहरमैलो नलागोस् भनी भान्सामा भात पकाउँदा भान्सेले अथवा ज्यासल, कारखानाहरूमा काम गर्दा प्राविधिकहरूले लगाउने जामाका आकारको आवरण ।
7973 आप्लावन ना. १. नदी, तलाउ आदिमा नुहाउने काम; पानीमा चोपलिएर शरीर भिजाउने प्रक्रिया ।
7974 आप्लावन ना. २. गोता मार्ने काम; डुबुल्की ।
7975 आप्लावित वि. आप्लावन भएको वा गरिएको; डुबुल्की लगाएको ।
7976 आप्लावित वि. २. भिजाइएको ।
7977 आफन्त ना. १. आपस; आपस्त ।
7978 आफन्त ना. २. नातेदार; आत्मीय व्यक्ति ।
7979 आफन्त ना. ३. नाता कुटुम्ब; बन्धुवर्ग ।
7980 आफन्त ना. ४. हितेच्छु, शुभेच्छु ।
7981 आफन्ती वि. आफन्तको; आफन्तसम्बन्धी; आत्मीय |
7982 आफल्नु स.क्रि. १. कुनै वस्तु पर पुग्ने गरी हुत्त्याउनु; फ्याँक्नु; फाल्नु; मिल्काउनु ।
7983 आफल्नु स.क्रि. २. छाड्नु; त्याग्नु; त्याग गर्नु ।
7984 आफल्नु स.क्रि. ३. हुर्याउनु; हुत्त्याउनु ।
7985 आफल्नु स.क्रि. ४. पर सार्न; टाढा पुऱ्याउनु; हटाउनु ।
7986 आफल ना. १. मिल्काउने काम; मिल्काइ ।
7987 आफल ना. २. मिल्काइएको वस्तु वा कुरो ।
7988 आफलताफल ना. १. छेलोखेलो ।
7989 आफलताफल ना. २. छिरलो ।
7990 आफलतोरी ना. साग मात्र खाइने एक प्रकारको ठुलो तोरी; पानीतोरी; सर्सिउँ ।
7991 आफलसिङ वि. बेवास्तासँग फालिएको; मिल्किएको; फाल्तु ।
7992 आफलाआफल ना. परस्परमा मिल्काउने काम; धेरैले एकैसाथ फालाफाल गर्ने काम ।
7993 आफलाइ ना. आफल्ने वा आफल्न लाउने भाव, क्रिया वा प्रक्रिया |
7994 आफलिनु अ.क्रि. फालिनु; फ्याँकिनु; मिल्काइनु; हुत्त्याइनु ।
7995 आफस ना. आपस; आपस।
7996 आफसे आफ क्रि.वि. आफैं आफ; स्वयमेव; आफैं नै; आफआफैं ।
7997 आफस्त ना. आपस्त; आफन्त ।
7998 आफाल्नु स.क्रि. हे. आफल्नु; अफाल्नु।
7999 आफालिनु क.क्रि. आफल्ने काम गरिनु, आफलिनु; अफालिनु ।
8000 आफिस ना. अड्डा; कार्यालय ।