Dictionary

All Word

8051 आहत वि. १. घन, दण्ड आदिले ठटाइएको; पिटिएको; थिलथिलिएको ।
8052 आहत वि. २. कुनै दुर्घटना आदिमा परेर चोटपटक लागेकोवा अङ्गभङ्ग भएको; घाइते; घायल। ना
8053 आहत वि. ३. ठोकेर बजाइनेबाजाविशेष (ढोल, मादल इ.) ।
8054 आहतमुद्रा ना. छाप वा कुनै चिह्न लागेको मुद्रा |
8055 आहा वि.बो. आश्चर्य, हर्ष, विस्मय आदिका आकस्मिक स्थितिमा निस्कने शब्द; अहह ।
8056 आहान ना. उखान, टुक्का; लोकोक्ति आदिको पुष्टिका लागि सुनाइने अत्यन्त छोटा लोककथा; दृष्टान्तमूलक साना कथा ।
8057 आहार ना. १. खाइने वस्तु; खानेकुरो; खाद्य पदार्थ ।
8058 आहार ना. २. ल्याउने काम; आदान ।
8059 आहारजाहार ना. १. सरसामान; मालमत्ता; झिटीमिटी ।
8060 आहारजाहार ना. २. आलबाल; सिसोबासो ।
8061 आहारविज्ञान ना. खाद्य वस्तुको गुणदोषको निरूपण गर्ने शास्त्र ।
8062 आहारविहार ना. खानपान; पथपरहेज; रहनसहन ।
8063 आहारशास्त्र ना. आहारविज्ञान ।
8064 आहारा ना. १. आहार; खानेकुरो ।
8065 आहारा ना. २. चराचुरुङ्गीको दाना; चारो।
8066 आहारा ना. ३. पशुको खाद्य पदार्थ; दाना ।
8067 आहारा ना. ४. दैनिक खाद्यवस्तुको मात्रा (उदा.- आजकाल बिरामीको आहारा घट्दै गएको छ ।
8068 आहारिस ना. ईर्ष्या; डाहा; डाढ |
8069 आहारिसे वि. डाहा गर्ने; ईर्ष्यालु; अरू फलेफुलेको वा समृद्ध भएको देख्न नसक्ने ।
8070 आहारिस्याइँ ना. आहारिसे हुनाको भाव वा अवस्था ।
8071 आहारी वि. १. आहारा गर्ने; भोजन गर्ने; खाने ।
8072 आहारी वि. २. जबरजस्ती लिने; अधिग्रहण गर्ने ।
8073 आहार्य वि. १. लिन सुहाउने; ग्रहण गर्न योग्य ।
8074 आहार्य वि. २. खान हुने; खाद्य ।
8075 आहार्य वि. ३. नाट्यशास्त्रका अनुसार वेशभूषा, आभूषण आदिद्वारा सम्पन्न गरिने (अभिनय) ।
8076 आहाल ना. १. भैँसी, राँगो, सुँगुर आदि डुब्ने वा खेल्ने पानी पोखरी ।
8077 आहाल ना. २. भैँसी आदिले दलदले पोखरी वा नदीमा डुब्ने वा बस्ने काम ।
8078 आहुत वि. १. हवन गरिएको; अग्निमा चढाइएको; देवतालाई सुम्पिएको । ना.
8079 आहुत वि. २. अतिथि अभ्यागतलाई दिइने भोजन ।
8080 आहुत वि. ३. पाँच महायज्ञमध्ये एक ।
8081 आहुति ना. १. अग्निमा हवन गर्ने सामग्री; होम गर्न टक्य्राइएको चरु, पायस, घिउ आदि; हवि ।
8082 आहुति ना. २. अग्निमा हवन गर्ने काम; हवन; बलि ।
8083 आहूत वि. १. श्रद्धाका साथ डाकिएको; बोलाइएको; आवाहन गरिएको ।
8084 आहूत वि. २. निम्त्याइएको; निम्तो गरिएको; निमन्त्रित ।
8085 आहूत वि. ३. हाँक गरिएको ।
8086 आहत वि. १. हरण गरेर ल्याइएको ।
8087 आहत वि. २. हरण गरेर लगिएको ।
8088 आहत वि. ३. लुटिएको; खोसिएको ।
8089 आहिनक वि. १. दिन दिनको; प्रतिदिनको; दैनिक | ना.
8090 आहिनक वि. २. एक दिनमा गरिने काम; नित्य कर्म ।
8091 आहिनक वि. ३. अध्ययन; पढाइ ।
8092 आह्री ना. हे. आरी ।
8093 आहो ना. हे. आरो।
8094 आह्लाद ना. अभीष्ट वस्तुको प्राप्तिबाट मनमा उठ्ने खुसियाली; आनन्द; हर्ष; सन्तोषपूर्ण तृप्ति ।
8095 आहलादक वि. आनन्द दिने; हर्ष गराउने; मन प्रसन्न पार्ने ।
8096 आहलादन ना. खुसी पार्ने काम, आनन्द दिने काम ।
8097 आह्लादित वि. आह्लादयुक्त; हर्षित; प्रसन्न ।
8098 आहलादी वि. खुसी हुने; आनन्दी |
8099 आह्वान ना. १. बोलाउने काम; आमन्त्रण ।
8100 आह्वान ना. २. प्रार्थना; अपिल ।