Dictionary

All Word

8001 आफुस ना. आपस; आफस ।
8002 आफू सर्व. १. आफैँ स्वयम्; खास आफू नै ।
8003 आफू सर्व. २. तपाईं ।
8004 आफू सर्व. ३. पति; स्वामी ।
8005 आफू सर्व. ४. स्वयम् ।
8006 आफूखुसी क्रि.वि. १. आफ्नो इच्छानुसार; मनमाफिक; इच्छामुताबिक; राजीखुसीले ।
8007 आफूखुसी क्रि.वि. वि. २. इच्छाअनुसारको; मनमाफिकको ।
8008 आफूमिल्दो वि. आफूअनुसारको; आफ्नो स्वभावसुहाउँदो ।
8009 आफूसक्के क्रि.वि. आफूले सकेजति; आफ्नो शक्तिले भ्याएसम्म।
8010 आफै / आफै क्रि.वि. १. आफू नै; म नै; स्वयम् नै ।
8011 आफै / आफै क्रि.वि. २. यहाँ नै; तपाईं नै ।
8012 आफै / आफै आफ क्रि.वि. प्रयत्न नगरीकनै; आफआफैं; आफैं नै; स्वयमेव; स्वतः ।
8013 आफ्नू / आफ्नो वि. आफ्नो; आफ्नो अधिकारको; निजी; स्वकीय |
8014 आफ्नू / आफ्नो मान्छे ना. १. आत्मीय व्यक्ति ।
8015 आफ्नू / आफ्नो मान्छे ना. २. लोग्ने ।
8016 आफ्नू / आफ्नो मान्छे ना. ३. स्वास्नी ।
8017 आबद्ध वि. हरतरहबाट बाँधिएको, बन्धनमा परेको, सम्बन्ध भएको ।
8018 आबन्ध ना. १. बन्धन ।
8019 आबन्ध ना. २. बाँध्ने डोरी; दाम्लो; जुइन् ।
8020 आबन्धक वि. बाँध्ने काममा प्रयोग हुने; बन्धनमा पार्ने ।
8021 आबन्धन ना. १. डोरी; बन्धन ।
8022 आबन्धन ना. २. फेरो ।
8023 आबन्धन ना. ३. छाँद ।
8024 आबरु ना. १. मानमर्यादा; इज्जत; सम्मान ।
8025 आबरु ना. २. लाज, सरम ।
8026 आबर्जे ना. गोस्वारा सेस्तामा भएको लगत वा आम्दानी, खर्चहरूबाट एक किसिमको कित्ता एकै महलमा पर्ने गरी रकमकलम छुट्टयाई लेखिएको कागत ।
8027 आबहवा ना. कुनै देशको सर्दीगर्मी वा स्वास्थ्यको दृष्टिबाट हुने प्राकृतिक स्थिति; जलवायु ।
8028 आबाद वि. १. मानिस बसेर गुल्जार भएको; बस्ती बसेको ।
8029 आबाद वि. २. खनजोत गरेर बालीनाली लगाउन सकिने पारिएको ।
8030 आबादी ना. १. बस्ती, बसोबास भएको ठाउँ ।
8031 आबादी ना. २. कुनै देशको जनसङ्ख्या; जनसमूह ।
8032 आबादी ना. ३. खनजोत गरेको जमिन ।
8033 आबा न काबा वि. होस हराएको; बेहोसी; सुद्धबुद्धि नभएको; ग्वाँजे ।
8034 आबा न चाबा वि. तेल न पानीको; कामको अर्थ न बर्थको; व्यर्थको; बिनसित्तिको ।
8035 आबाल क्रि.वि. बालकलगायत; बालकदेखि लिएर ।
8036 आबालवनिता क्रि.वि. स्वास्नीमान्छे र केटाकेटी लगायत; स्त्री र बालकसमेत ।
8037 आबालवृद्ध क्रि.वि. बालकदेखि लिएर बुढासम्म; बुढो र बालकसमेत ।
8038 आभरण ना. १. शरीरमा लगाउने गहना; आभूषण ।
8039 आभरण ना. २. पालनपोषण; भरणपोषण ।
8040 आभा ना. १. कुनै वस्तु आदिमा देखा पर्ने चमक; कान्ति; दीप्ति ।
8041 आभा ना. २. झलक; प्रतिबिम्ब; छाया ।
8042 आभार ना. १. गुणग्राहिता; कृतज्ञता; गुन ।
8043 आभार ना. २. कुनै वस्तु वा कार्यको बोझ; भारी ।
8044 आभार ना. ३. गृहस्थीको भार; परिवारलाई पालनपोषण रेखदेख गर्ने अभिभारा ।
8045 आभारी वि. १. अर्काले गरेको उपकार मान्ने; गुनिलो ।
8046 आभारी वि. २. कृतज्ञ ।
8047 आभास ना. १. नहुने कुरा पनि भएजस्तो हुने मिथ्या ज्ञान; भान; झझल्को।
8048 आभास ना. २. झल्को; अस्पष्ट सम्झना; छनक ।
8049 आभासित वि. १. नहुने कुरा पनि भएजस्तो देखिने ।
8050 आभासित वि. २. झझल्को लाग्ने वा लागेको ।