Dictionary

All Word

7901 आन्तरिक वि. १. मित्रको; भित्री ।
7902 आन्तरिक वि. २. मनको; मानसिक ।
7903 आन्तरिक मूल्याङ्कन ना. सत्रअन्तर्गत कक्षामा लिइने तथा विद्यार्थीहरूको अनुशासन, पढाइको खिप्ती, बोधक्षमता, अभिव्यक्ति कुशलता आदिको मूल्याङ्कन गरिने परीक्षा ।
7904 आन्दोलक वि. १. आन्दोलन गर्ने; हलचल मचाउने ।
7905 आन्दोलक वि. २. हल्लाउने; झुल्ने ।
7906 आन्दोलन ना. १. जनमानसलाई उत्तेजित गर्न वा कुनैवआवेगपूर्ण र अशान्त परिस्थिति सिर्जनाका निम्ति गरिने कार्य; हलचल; उथलपुथल; होहल्ला ।
7907 आन्दोलन ना. २. यताउति हल्लने वा फुल्ने काम।
7908 आन्दोलनकारी वि. आन्दोलन गर्ने वा हलचल मचाउने ।
7909 आन्दोलित वि. १. आन्दोलन भएको वा गरिएको ।
7910 आन्दोलित वि. २. हल्लाइएको; झुलाइएको ।
7911 आन्द्रो / आन्रो ना. पेटभित्रको मल निकाल्ने, गुदद्वारसम्म पुगेको नली; आँत ।
7912 आन्वीक्षिकी ना. तर्कशास्त्र |
7913 आपण ना. १. पसल; दोकान ।
7914 आपण ना. २. हाट; हटिया; बजार; मेला |
7915 आपणकर ना. कुनै व्यक्तिले मेला आदिमा पसल राखेबापत लाग्ने दस्तुर |
7916 आपणिक वि. पसले; दोकानदार; बेपारी ।
7917 आपत् ना. १. सङ्कट; फसाद; मुस्किल ।
7918 आपत् ना. २. सकसिलो स्थिति; अप्ठेरो वातावरण ।
7919 आपत्काल ना. आपत् परेको बेला; दुखको समय; दुर्दिन ।
7920 आपत्कालिक वि. आपत्कालमा हुने; सङ्कटकालीन ।
7921 आपत्कालीन वि. आपत् परेका बेलाको; आपत्कालको सङ्कटकालको ।
7922 आपत्ति ना. १. आपत्; विपत्ति; सङ्कट |
7923 आपत्ति ना. २. बिचल्ली ।
7924 आपत्ति ना. ३. बाधा ।
7925 आपत्तिजनक वि. आपत्ति पार्ने खालको; असजिलो पर्ने; सङ्कट पैदा गर्ने ।
7926 आपत्तिपत्र ना. १. कुनै काम वा विषयमा परिआउने असुविधा, विघ्नबाधा आदिको विवरणपत्र ।
7927 आपत्तिपत्र ना. २. पिरबाधा देखाइएको पत्र ।
7928 आपद् ना. आपत्; आपत्ति ।
7929 आपद्ग्रस्त वि. आपद्विपद्मा फँसेको; सङ्कटमा परेको; सङ्कटैसङ्कटले घेरिएको ।
7930 आपद्धर्म ना. आचारका दृष्टिले गर्न उचित नभए तापनि आपत्तिका बेलामा बाध्य भई अँगालिएको काम वा कुरो ।
7931 आपन्न वि. आपद्मा फसेको; सङ्कटमा जेलिएको; आपद्ग्रस्त ।
7932 आपरिवर्तन ना. १. एउटा ध्वनि उच्चारण गर्दा अर्को ध्वनिको उच्चारण थपिने भाषावैज्ञानिक प्रक्रिया ।
7933 आपरिवर्तन ना. २. व्यापक परिवर्तन ।
7934 आपरिवर्तन ना. ३. आमूल परिवर्तन ।
7935 आपस ना. १. आत्मीयहरूको समुदाय; आपस ।
7936 आपस ना. २. नजिककाहरूको समुदाय ।
7937 आपस ना. ३. नजिक; छेउ; पार्श्व ।
7938 आपस ना. वि. ४. आफन्त; आत्मीय |
7939 आपस्त वि. आफन्त ।
7940 आपात ना. १. अग्लो ठाउँबाट खस्ने वा झर्ने क्रियाप्रक्रिया |
7941 आपात ना. २. अकस्मात् आइपर्ने वा आइपरेको घटना वा स्थिति ।
7942 आपाततः अव्य. १. तुरुन्त; उत्तिखेरै ।
7943 आपाततः अव्य. २. अचानक; अकस्मात् ।
7944 आपाततः अव्य. ३. आखिरमा; अन्त्यमा; निचोरमा ।
7945 आपाततः अव्य. ४. सामान्य दृष्टिले विचार गर्दा; सरसरी हेर्दा |
7946 आपात दृष्टि ना. कुनै वस्तु वा घटनालाई तत्काल सरसरती हेर्ने क्रिया; सद्य दृष्टि; सामान्य दृष्टि |
7947 आपातिक वि. अकस्मात् घटेको; अचानक देखा पर्ने; अपर्झट आइपरेको ।
7948 आपी ना. पश्चिमी नेपालमा रहेको एक हिमालचुलीको नाउँ ।
7949 आपूरण ना. भर्ने काम; पूरा गर्ने क्रिया वा प्रक्रिया |
7950 आपूरित वि. राम्ररी भरिएको; भरिभराउ भएको; पूरापूर भएको ।