Dictionary

All Word

7751 आलोचक वि. २. ना. साहित्यको गुण, अवगुणको निर्णय गर्ने व्यक्ति; आलोचना गर्ने व्यक्ति; समीक्षक ।३. विवेचना गर्ने व्यक्ति; विवेचक |
7752 आलोचन/आलोचना ना. १. जान्ने काम; ज्ञान ।
7753 आलोचन/आलोचना ना. २. गुणदोषको विवेचन; पारख; निष्पक्ष दृष्टि |
7754 आलोचन/आलोचना ना. ३. आलोचना; समीक्षा; टीकाटिप्पणी ।
7755 आलोचन/आलोचना ना. ४. देख्ने काम ।
7756 आलोचनात्मक वि. आलोचना भएको; आलोचनायुक्त ।
7757 आलोचनीय वि. आलोचना गर्न लायक ।
7758 आलोचित वि. आलोचना गरिएको; विवेचित ।
7759 आलोच्य वि. आलोचना गर्न योग्य; विवेच्य; आलोचनीय ।
7760 आलोडन ना. १. दही आदि मथ्ने काम; हुँडल्ने काम ।
7761 आलोडन ना. २. छानबिन; विवेचन ।
7762 आलोडन ना. ३. मन, मथिङ्गलले भ्याएसम्म सोच्ने काम ।
7763 आलोडित वि. आलोडन भएको; हुँडलिएको; मथिएको ।
7764 आलोपालो ना. १. कुनै सुविधा, काम वा कष्ट आदिमा एकपछि अर्काले भाग लिने काम; पालोको साटफेर । क्रि.वि.
7765 आलोपालो ना. २. पालैसँग; क्रमैसँग ।
7766 आलोबालो ना. १. भखरै जन्मेको शिशु; दुधमुखे बालक ।
7767 आलोबालो ना. २. जहान परिवार; जहान केटाकेटी ।
7768 आल्फाल्तु वि. १. काम नलाग्ने; बेकम्मा; नचाहिँदो ।
7769 आल्फाल्तु वि. २. वास्ता नगरिने; कुनै सरोकार नभएको ।
7770 आवतजावत ना. १. परस्पर आउने जाने काम; ओहोरदोहोर ।
7771 आवतजावत ना. २. भेटघाट; बसाउठी; बसउठ ।
7772 आवतजावत ना. ३. घनिष्ठता; निकट सम्पर्क; मेलमिलाप |
7773 आवधिक वि. १. निर्धारित समयभित्रको; तोकिएका अवधिको ।
7774 आवधिक वि. २. तोकिएको समय समयमा निस्कने वा पूरा हुने (पत्रिका योजना इ.) ।
7775 आवरण ना. १. माथिबाट छोप्ने काम; ढाक्ने प्रक्रिया |
7776 आवरण ना. २. ढक्कन; बिर्को।
7777 आवरण ना. ३. कुनै पुस्तक आदिको सौन्दर्य जोगाउन बाहिरबाट बेर्ने कागज; गाता; जिल्द |
7778 आवरण पृष्ठ ना. कुनै पुस्तक वा लिखित सामग्रीको ढकनाका रूपमा रहने पाना ।
7779 आवरण बाली ना. पहिरो जाने सम्भावना भएको ठाउँमा पहिरो जानबाट रोक्नका लागि लगाइने बालीनाली; भूक्षय रोक्नका निम्ति लगाइएको जङ्गल ।
7780 आवर्त ना. १. बिच भागलाई केन्द्र मानेर त्यसको चारैतिर घुमिरहने पानी; भुँवरी ।
7781 आवर्त ना. २. मानिस वा पशुको शरीरमा पाइने रौँको भुँवरी वा चक्र ।
7782 आवर्त ना. ३. पानी नपार्ने बादल ।
7783 आवर्त ना. ४. घुमाइ; परिक्रमा ।
7784 आवर्तक वि. १. चारैतिर घुमाउने; रिगाँउने ।
7785 आवर्तक वि. २. लगातार घुमिरहने; रिङ्ने ।
7786 आवर्तक वि. ३. फेरि फेरि दोहोरिने; पुनः पुनः भइरहने । ना.
7787 आवर्तक वि. ४. भुँवरी ।
7788 आवर्तन ना. १. बारम्बार घुम्ने प्रक्रिया; रिड्ने काम ।
7789 आवर्तन ना. २. मदानीले दही मथ्ने काम; आलोडन । ३ दोहोऱ्याउने काम ।
7790 आवर्तन ना. ४. पग्लने प्रक्रिया ।
7791 आवर्तन ना. ५. बाङ्गिने वा टेढिने काम ।
7792 आवर्तन विन्दु ना. १. हावा र पानीको भुमरीमा देखिने केन्द्रीय विन्दु वा स्थल ।
7793 आवर्तन विन्दु ना. २. गणितमा विभिन्न निष्कर्ष निकालिने प्रारम्भिक अङ्कबीज ।
7794 आवलि / आवली ना. १. क्रमैले मिलाएर राखिएको वस्तुसमूह |
7795 आवलि / आवली ना. २. लहर; ताँती; श्रेणी; पङ्क्ति । (समासमा प्रायः उत्तरवर्ती भएर यो शब्द आउँछ । जस्तै- नामावली, विरुदावली इ.) ।
7796 आवश्यक वि. खाँचो परेको; चाहिएको; नभई नहुने; जरुरी |
7797 आवश्यकता ना. आवश्यक भएको स्थिति; खाँचो; जरुरत ।
7798 आवश्यकी वि. आवश्यकता भएको ।
7799 आवह ना. १. सात प्रकारका वायुमध्ये एक; पृथ्वी र स्वर्गमा वहने वायु । वि.
7800 आवह ना. २. पैदा गर्ने; उत्पादक । (यो शब्द प्राय: शब्दको अन्तमा आउँछ । जस्तै- भयावह, सुखावह इ.) ।