Dictionary

All Word

7801 आवागमन ना. आउने जाने काम; आवतजावत; आतेजाते; ओहोरदोहोर ।
7802 आवाज ना. १. वस्तुको पारस्परिक सङ्घर्ष वा हावाको ठक्करबाट निस्कने ध्वनि; मुखोच्चरित ध्वनि; आबाज; शब्द; नाद ।
7803 आवाज ना. २. बोली; वाणी ।
7804 आवाज ना. ३. हल्ला; खलबल |
7805 आवारा वि. १. विनाकाम यताउति घुम्ने; बेकार यताउति हल्लने; बराला । २ घर, परिवार र समाजको कुनै पर्वाह नगर्ने; अलमस्त ।
7806 आवारा वि. ३. घरगृहस्थीको ठेगाना नभएको; निस्फिक्रीको; नागो ।
7807 आवास ना. १. जिउ ओत्ने ठाउँ; घर; गृह ।
7808 आवास ना. २. बस्ने ठाउँ; निवासस्थान |
7809 आवासगृह ना. बसोबास गर्ने घर ।
7810 आवास स्थल ना. आवासगृह ।
7811 आवासिक वि. आवासको; आवाससम्बन्धी ।
7812 आवासीय वि. नियत स्थानमै बसेर काम गर्ने; खटाएको ठाउँमा निश्चित अवधिसम्म रहने ।
7813 आवाहक वि. प्रतिमा, मूर्ति आदिमा मन्त्रद्वारा देवदेवीको प्राण- प्रतिष्ठा गर्ने; आवाहन गर्ने; बोलाउने; डाक्ने ।
7814 आवाहन ना. १. पूजाआजामा देवताहरूलाई बोलाउन गरिने मन्त्रयुक्त प्रार्थना; फूल, अक्षता चढाएर देवदेवीलाई बोलाउने काम।
7815 आवाहन ना. २. आह्वान; निमन्त्रण; बोलाहट ।
7816 आवद्ध वि. खोपिएको; रोपिएको; प्वाल पारिएको ; छेडिएको ।
7817 आविर्भाव / आविर्भावन ना. १. उत्पत्ति; पैदा प्रकट २ नयाँ वस्तुको उत्पादन; आविष्कार ।
7818 आविर्भाव / आविर्भावन ना. ३. सामु देखिने कार्य; बाहिर दृश्य रूपमा प्रकट हुने काम ।
7819 आविर्भूत वि. १. पैदा भएको; उत्पन्न ।
7820 आविर्भूत वि. २. बाहिर दृश्य रूपमा आएको; निस्केको ।
7821 आविर्भूत वि. ३. अभिव्यक्त; प्रकट भएको ।
7822 आविष्करण ना. नयाँ नयाँ सिद्धान्तहरू पत्ता लगाउने काम; नयाँ नयाँ वस्तुहरूको उत्पादन; आविष्कार ।
7823 आविष्कर्ता वि. नयाँ नयाँ सिद्धान्त र वस्तुहरू पैदा गर्ने; आविष्कार गर्ने; पत्ता लगाउने ।
7824 आविष्कार वि. नयाँ सिद्धान्तको प्रतिपादन; नयाँ नयाँ वस्तुको उत्पादन आविष्करण ।
7825 आविष्कारक वि. आविष्कार गर्ने; आविष्कर्ता ।
7826 आविष्कृत वि. आविष्कार गरिएको; नयाँ नयाँ सिद्धान्त वा वस्तुहरूको पत्ता लगाइएको ।
7827 आविष्ट वि. १. आवेशमा आएको; जोस चढेको; उत्तेजित ।
7828 आविष्ट वि. २. भूत, प्रेत आदि लागेको; मन्त्रतन्त्रबाट वश गरिएको ।
7829 आवृत वि. १. छोपिएको; ढाकिएको ।
7830 आवृत वि. २. बेर्हिएको; घेरिएको ।
7831 आवृत वि. ३. छेकिएको; बारिएको ।
7832 आवृत्त वि. १. दोहोऱ्याइएको; डब्ल्याइएको ।
7833 आवृत्त वि. २. रिँगाइएको; घुमाइएको ।
7834 आवृत्त वि. ३. फर्काइएको ।
7835 आवृत्ति ना. १. कुनै पाठ वा मन्त्र आदि आद्योपान्त पढ्ने क्रियाप्रक्रिया; कुनै पाठ वा मन्त्रको सुरुदेखि अन्तसम्मको वाचन ।
7836 आवृत्ति ना. २. कुनै कुरामा बारम्बार गरिने अभ्यास; दोहोऱ्याउने काम ।
7837 आवृत्ति ना. ३. पुस्तकको मुद्रण वा प्रकाशन; संस्करण; पुनः संस्करण ।
7838 आवृत्तिदीपक ना. दीपक अलङ्कारमा धर्मलाई पटक पटक दोहोऱ्याउँदा हुने एक अलङ्कार ।
7839 आवृष्टि ना. पानी पर्ने काम; झरी, वर्षा |
7840 आवेग ना. १. कुनै खराब वा असल कामको प्रतिक्रिया तथा प्रभावले अकस्मात् मनमा उठ्ने सहज प्रवृत्ति वा विकृति; झोक; मनोविकार ।
7841 आवेग ना. २. मानसिक उत्तेजनाको प्रभावले गरिएको काम ।
7842 आवेग ना. ३. मनको असामान्य अवस्था; चेतनमाथि परेको अचेतनको प्रभुत्व ।
7843 आवेग ना. ४. उत्पात आदिबाट हुने हडबडी आदिलाई बुझाउने व्यभिचारी भावको एक भेद |
7844 आवेग जाल ना. मनमा उब्जने आवेगहरूको समूह; मनोविकार ।
7845 आवेदक वि. १. कुनै संस्था, कार्यालय वा व्यक्तिछेउ जागिर आदिको माग गरेर पत्र लेख्ने ।
7846 आवेदक वि. २. आवेदन गर्ने; बिन्तीपत्र दिने; निवेदक; प्रार्थी ।
7847 आवेदक वि. ३. माग गर्ने; अर्को संस्था वा कार्यालय आदिबाट सुविधा चाहने ।
7848 आवेदन ना. १. कुनै काम गराइपाउन लेखिएको अनुरोधपत्र; दर्खास्त; निवेदन।
7849 आवेदन ना. २. प्रार्थना; अनुरोध; बिन्तीपत्र ।
7850 आवेदन पत्र ना. निवेदन पत्र; प्रार्थना पत्र |