Dictionary

All Word

8151 आलिका ना. अमिली।
8152 आय ना. १. आम्दानी |
8153 आय ना. २. फाइदा; लाभ |
8154 आयकर ना. सबै किसिमका आम्दानीमा नियमबमोजिम लगाइएको कर ।
8155 आयकर अदालत ना. आयकरसम्बन्धी मुद्दामामिलको कारबाई गर्ने अड्डा ।
8156 आयत वि. १. फैलिएको; फराकिलो; विस्तृत, विशाल ।
8157 आयत वि. २. लामो; दीर्घ ।
8158 आयतन ना. १. आकाशको खास क्षेत्र ओगट्ने कुनै वस्तुको आकृति वा गुण ।
8159 आयतन ना. २. वस्तुको आकृतिबाट देखिने आकाशको परिधि वा क्षेत्रफल ।
8160 आयतन ना. ३. लमाइ र चौडाइ बराबर नभए पनि चार समकोण भएको कुनै क्षेत्र ।
8161 आयतन ना. ४ गृह, घर ।
8162 आयतन ना. ५ ठाउँ, स्थान ।
8163 आयतन ना. ६. मन्दिर; देवालय ।
8164 आयतन ना. ७. अग्निकुण्ड; यज्ञवेदी ।
8165 आय विवरण ना. कुन रकम कहाँबाट कसरी आयो भन्ने कुराको विवरण; आम्दानीको लेखाजोखा; आर्जनको लेखा वा टिपोट |
8166 आयव्यय ना. आम्दानी र खर्च; नाफा र नोक्सान; लाभहानि।
8167 आयव्ययक ना. १. आगामी वर्षको निमित्त विभिन्न विभाग वा कामका निम्ति इन्तिजाम गरिएको आम्दानीखर्चको लेखाजोखा; बजेट; एक वर्ष वा अरू कुनै समयावधिका लागि अनुमान गरिएअनुसार भविष्यको कार्य सञ्चालनमा प्रस्तुत गरिएको आर्थिक योजना ।
8168 आयव्ययक ना. २. कुनै सरकारी, अर्धसरकारी संस्था आदिको सालभरमा आम्दानी र खर्चको अनुमानित लेखाजोखा |
8169 आयव्ययक गणना ना. कुनै राष्ट्र वा सङ्घ, संस्था आदिको सालभर वा कुनै खास अवधिभित्र हुने सम्भावित आय र व्ययको अनुमानित लेखाजोखा; आयव्ययको तथ्याङ्क ।
8170 आयव्ययक चक्र ना. आम्दानी र खर्चको नियमित क्रम; आम्दानीअनुसारको खर्च र खर्चअनुसारको आम्दानी गर्ने प्रक्रिया |
8171 आयव्ययक विवरण ना. आम्दानी र खर्चको विवरण वा लेखा ।
8172 आयव्ययक ना. आयव्ययक; बजेट |
8173 आयस्ता ना. १. जग्गाजमिन, व्यापार आदिबाट निश्चित रूपमा हुने आम्दानी; स्थायी आयस्रोत ।
8174 आयस्ता ना. २. प्राप्ति; लाभ; फाइदा |
8175 आयात ना. १. विदेशबाट झिकाइएका मालसामान आउने काम; पैठारी |
8176 आयात ना. वि. २. विदेशबाट खरिद गरिएको; झिकाइएको ।
8177 आयात ना. ३. आएको; आगत ।
8178 आयातक ना. विदेशबाट मालसामान मगाउने स्वीकृति पाएको; व्यवसायी ।
8179 आयातकर ना. विदेशबाट झिकाइएका तयारी वा कच्चा मालसामानमा भन्सारको नियमानुसार उठाइने वा लिइने शुल्क; आयातशुल्क ।
8180 आयातनिर्यात ना. मालसामानहरू विदेशबाट स्वदेशमा मगाउने र स्वदेशबाट विदेशमा पठाउने काम; निकासी पैठारी ।
8181 आयातमुण्ड वि. लाम्चो टाउको भएको; मानवशास्त्र अनुसार लाम्चो आकारको टाउको हुने |
8182 आयाम ना. १. वस्तुको लमाइ, चौडाइ र मोटाइमध्ये कुनै एक थोक ।
8183 आयाम ना. २. फैलावट; विस्तार |
8184 आयामिक वि. १. लम्बाइ, चौडाइ, उचाइ र गहिराइ मिलेको ।
8185 आयामिक वि. २. आयामसँग सम्बन्धित; आयामको ।
8186 आयामेली वि. आयामको; आयामसँग सम्बन्धित |
8187 आयास ना. १. मिहिनेत; प्रयास; परिश्रम ।
8188 आयास ना. २. थकाइ ।
8189 आयासकर वि. कुनै मिहिनेत, प्रयत्न आदिबाट कमाइएको निश्चित रकम छाडेर बढीमा लाग्ने सरकारी कर वा दस्तुर ।
8190 आयु ना. १. नमरुन्जेलसम्मको समय; आयुष्य, आयुर्दा ।
8191 आयु ना. २. उमेर; वय ।
8192 आयु ना. ३. जीवन ।
8193 आयुक्त वि. १. टाँसिएको; जोडिएको; गाँसिएको ।
8194 आयुक्त वि. २. कुनै पदमा भर्ना भएको; नियुक्त |
8195 आयुक्त वि. ना. ३. कुनै आयोगको अध्यक्ष वा सदस्य (निर्वाचन आयुक्त) आदि ।
8196 आयुध ना. १. हतियार; शस्त्र; अस्त्र ।
8197 आयुध ना. २. अड्गुल र मात्राको दश गुना बराबरको नाप; सयताल, दिशा, नाडी वा प्रादुर्भाव बराबरको नाप ।
8198 आयुधजीवी वि. हतियार चलाएर जीविका गर्ने; शस्त्रजीवी ।
8199 आयुधिक वि. १. हतियारसम्बन्धी; शस्त्रसम्बन्धी |
8200 आयुधिक वि. ना. २. सिपाही; सैनिक; योद्धा ।