Dictionary

All Word

8251 इन्ट्रेन्स ना. १. प्रवेशिका परीक्षा; म्याट्रिकुलेसन।
8252 इन्ट्रेन्स ना. २. प्रवेश |
8253 इन्ट्रेन्स ना. ३. द्वार; ढोका।
8254 इन्डेक्स ना. रिङ भएको र बाक्लो फाइल; सूचकाङ्क।
8255 इन्तजाम / इन्तिजाम ना. पछि हुने वा गर्नुपर्ने कुनै कामकुराका लागि पहिले नै मिलाइने आवश्यक चाँजोपाँजो; बन्दोबस्त; प्रबन्ध।
8256 इन्तुचिन्तु ना. १. होसहवास; सुद्धीबुद्धि; अत्तोपत्तो; खोजखबर।
8257 इन्तुचिन्तु ना. २. के गरूँ कसो गरुँ भन्ने चिन्ता; किंकर्तव्यविमूढता।
8258 इन्तु न चिन्तु ना. होसहवास वा थाहासुद्धी केही नहुनु; बेखबर; विचेत हुनु।
8259 इन्दिरा ना. १. विष्णुकी पत्नी, लक्ष्मी।
8260 इन्दिरा ना. २. आश्विन कृष्ण एकादशी।
8261 इन्दीवर ना. नीलकमल।
8262 इन्दीवरा ना. औषधीमा प्रयोग हुने एक जडीबुटी; बोकेलहरो; अजशृङ्गी।
8263 इन्दु ना. १. चन्द्रमा।
8264 इन्दु ना. २. एकको सङ्ख्या।
8265 इन्दु ना. ३. कपूर।
8266 इन्दुकला ना. चन्द्रकिरण; जून।
8267 इन्दुवदना ना. भगण, जगण, सगण, नगण र दुई गुरु भएको, पाचौँ अक्षरमा यति हुने एक वार्णिक छन्द।
8268 इन्द्र ना. १. स्वर्गका राजा; देवताका राजा।
8269 इन्द्र ना. २. पानी पार्ने देवता।
8270 इन्द्र ना. ३. स्वरसन्धि हुँदा अधिपतिको अर्थ दिने वा स्वामी वा राजालाई बुझाउने शब्द (राजेन्द्र, सुरेन्द्र, मृगेन्द्र, महेन्द्र इ.)।
8271 इन्द्रकमल ना. रुखमा फुल्ने एक प्रकारको सुगन्धी थलकमल।
8272 इन्द्रजात्रा ना. भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँमा गरिने कुमारी, भैरव, गणेश आदिको प्रसिद्ध रथयात्रा।
8273 इन्द्रजाल ना. दर्शकका आँखा छलेर वा तन्त्रमन्त्रद्वारा अनौठा अनौठा काम गरेर देखाइने खेल; चटक; जादुगरी।
8274 इन्द्रजाली वि. इन्द्रजाल गर्ने; जादुगर; चटकी।
8275 इन्द्रजित् वि. १. इन्द्रलाई जित्ने।
8276 इन्द्रजित् वि. २. रावणको जेठो छोरो मेघनाद।
8277 इन्द्रजौ ना. ठुलो कुरो वा त्यसकै फूल।
8278 इन्द्रदमन ना. वर्षाकालमा गङ्गा आदि नदीको जल बढेर बाटोमाथि रहेका कुण्ड, वर र पीपलका जरामा पानी पुग्दा मनाइने पर्व।
8279 इन्द्रधनु / धनुष ना. वर्षायाममा सूर्यको विपरीत दिशातिर आकाशमा देखिने रङ्गीबिरङ्गी वा सप्तरङ्गी अर्धवृत्त; इन्द्रेनी।
8280 इन्द्रध्वज ना. १. इन्द्रको झन्डा; लिगोसहितको पताका।
8281 इन्द्रध्वज ना. २. प्रायः भाद्रशुक्ल द्वादशीका दिन इन्द्रको पूजा गरेर उभ्याइने ठुलो ध्वजा; लिङ्गो।
8282 इन्द्रध्वजपातन ना. इन्द्रजात्राको आखिरी दिन इन्द्रध्वजलाई पल्टाई नदीमा सेलाउने काम; इन्द्रजात्राको लिङ्गो ढाल्ने काम।
8283 इन्द्रध्वजोत्थान ना. भाद्रशुक्ल द्वादशीका दिन इन्द्रजात्रा सुरु गर्दा इन्द्रको सम्मानमा लिङ्गो ठड्याउने काम (पौराणिक कालमा पनि यस्तो प्रचलन भएको पाइन्छ।)।
8284 इन्द्रनील ना. निलो रङ्गको मणि; नीर; नीरमणि।
8285 इन्द्रपुर ना. इन्द्रको सहर; सुखी ठाउँ।
8286 इन्द्रप्रस्थ ना. महाभारतकालीन पाण्डवहरूको राजधानी (वर्तमान दिल्लीको नजिक )।
8287 इन्द्रयात्रा ना. इन्द्रजात्रा।
8288 इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार ना. कलाका क्षेत्रमा उल्लेखनीय साधना गर्ने व्यक्ति वा संस्थालाई प्रदान गर्ने गरिएको एक पुरस्कार।
8289 इन्द्रलोक ना. स्वर्ग।
8290 इन्द्रवंशा ना. दुई तगण, एक जगण र एक रगण हुने वार्णिक छन्द।
8291 इन्द्रवज्रा ना. दुई तगण, एक जगण र दुई गुरुवर्ण हुने एक वार्णिक छन्द।
8292 इन्द्रसभा ना. इन्द्रको सभा; देवसभा; सुधर्मा।
8293 इन्द्राणी ना. १. इन्द्रकी पत्नी।
8294 इन्द्राणी ना. २. सेता वा पहेँला धर्सा परेका निला फल फल्ने, राता, निला र पहेँला फूल फुल्ने एक लहरो।
8295 इन्द्रायुध ना. १. इन्द्रधनु; इन्द्रेनी।
8296 इन्द्रायुध ना. २. इन्द्रको हतियार; वज्र।
8297 इन्द्रावती ना. सप्तकोसीका सातमध्ये एक नदी; पूर्वी नेपालको जुगल हिमालको पाँचपोखरीबाट उत्पन्न भई दोलालघाटनिर सुनकोसी नदीमा मिसिने एक नदी।
8298 इन्द्रासन ना. १. इन्द्रको सिंहासन।
8299 इन्द्रासन ना. २. राजसिंहासन; राजगद्दी।
8300 इन्द्रासन ना. ३. सबै किसिमको सुख मिल्ने ठाउँ।