Dictionary

All Word

8201 इतिवृत्त ना. २. ऐतिहासिक वृत्तान्त; इतिहास।
8202 इतिश्री ना. १. भएभरको सबै सम्पत्ति, कामकाज वा अन्य कुरा खत्तम भएको वा टुङ्गिएको अवस्था; समाप्ति; स्वाहा; निःशेषता; निर्मूलन।
8203 इतिश्री ना. २. कुनै ग्रन्थ वा ग्रन्थांशको पुछारमा सो समाप्त भएको कुरा जनाउने शब्द (.... इतिश्री स्कन्दपुराणे केदारखण्डे माघमहात्म्ये... प्रथमोऽध्यायः)।
8204 इतिहास ना. १. अतीत काल वा विगत समयका घटनाहरूको वर्णन, विश्लेषण र मूल्याङ्कन गर्ने ज्ञानको एक शाखा; अतीतको अनुसन्धान र छानबिनमा आधारित अध्ययन; तत्सम्बन्धी ग्रन्थ।
8205 इतिहास ना. २. कुनै मुलुक, जाति, संस्था, विषय आदिका अतीतका घटनाहरूको क्रमबद्ध वर्णन वा वृत्तान्त।
8206 इतिहास ना. ३. अतीतका सानाठुला घटनाहरूको सारांश वा विवरण; अतीतका असाधारण तथा स्मरणीय चरित्र आदिको वृत्तान्त वा विवरण; पुर्ख्यौली।
8207 इतिहासविद् / वेत्ता वि. इतिहासको ज्ञाता।
8208 इतिहासशिरोमणि ना. नेपालमा इतिहासका क्षेत्रमा विशिष्ट योगदान दिएका व्यक्तिलाई राष्ट्रका तर्फबाट प्रदान गरिने एक उपाधि (स्व. बाबुराम आचार्यलाई 'इतिहासशिरोमणि' को उपाधि दिइएको थियो।)।
8209 इत्तरो वि. लाज, सरम पचेको; जिस्किने वा छिल्लिने; नकच्चरो; थेत्तरो।
8210 इत्यादि अव्य. १. यो र यस प्रकारका; यसबाहेक अन्य पनि; यस्तै; अरू पनि; आदि; प्रभृति। २ लगायत; समेत।
8211 इत्यादि अव्य. ३. कुनै लेखाइ वा बोलाइका क्रममा प्रमुख कुराहरूको उल्लेख गरी त्यस्तै प्रकारका अन्य कुराको सङ्केत दिन प्रयुक्त हुने शब्द (उदा.- साहित्यमा कविता, कथा, उपन्यास इत्यादि विधा देखिएका छन्।)।
8212 इत्रिनु अ.क्रि. हे. इतरिनु।
8213 इथर ना. १. सम्पूर्ण आकाशमा व्याप्त भएको र त्यसैबाट प्रकाशका किरण पृथ्वीमा आउने पारदर्शी सूक्ष्म तत्त्व।
8214 इथर ना. २. गन्धकको तेजाब र मद्यसारबाट तयार हुने एक रासायनिक पदार्थ।
8215 इद ना. मुसलमानको एक प्रसिद्ध चाड।
8216 इदगाह ना. इदका दिन सबै मुसलमान मेला भएर नमाज पढ्ने ठाउँ।
8217 इदमित्थ/इदमित्थम् ना. १. यो कुरा यस्तै हो वा यस कुरामा यसै गर्ने भन्ने निक्र्यौल, निधो वा ठहर; अठोट; अन्तिम टुङ्गो।
8218 इदमित्थ/इदमित्थम् ना. २. ठेगान;तहकिकात।
8219 इदमित्थ/इदमित्थम् ना. ३. कुनै कामकुराका बारेमा यस अवधिसम्म यसो नभएमा यसो गरिनेछ भनी दिइने म्यादसहितको अन्तिम चेतावनी; अल्टिमेटम। (उदा.- मजदुरहरूद्वारा आफ्ना सात सूत्रीय माग एक साताभित्र पूरा नभएमा हडताल गर्ने इदमित्थम् दिइएको खबर छ। )।
8220 इनसोल ना. जुत्ताभित्रको तलुवा; जुत्ताको भित्री तलुवा; गुरुपात।
8221 इनाम ना. कुनै उल्लेखनीय वा चित्तबुझ्दो काम गरेबापत सो काम गर्ने व्यक्तिको हौसला बढाउन दिइने पुरस्कार; पारितोषिक; बक्स; बक्सिस।
8222 इनामपाट ना. डकर्मीले घरको गाह्रो लगाउँदा तलमाथिको सुर सिधा पार्न झुन्ड्याएर हेर्ने घण्टीको डोरी।
8223 इनामेल ना. काठ, फलाम, ढुङ्गा, सिसा आदि वस्तुको सजावट वा संरक्षणका निम्ति रङ लगाउन वा त्यस्ता वस्तुमा केही लेख्न र चित्रकारी गर्न प्रयोग गरिने विभिन्न रङको रासायनिक तरल पदार्थ।
8224 इनार ना. जमिनमा खनेर पानीको मूल भेट्टाई इँट आदिको गोलाकार गाह्रो लगाएर बनाइएको, डोरीमा घल्चा, बाल्टी आदि झुन्ड्याएर डुबाई पानी झिकिने गहिरो खाल्डो।
8225 इनेगिने वि. छानिएका वा रोजिएका केही; नाम चलेका वा गनिएका मध्ये थोरै; धेरैमध्ये केही वा दुईचार।
8226 इन्कार्नु स.क्रि. इन्कार गर्नु; अस्वीकार गर्नु; नामन्जुरी जनाउनु।
8227 इन्कार ना. १. नकारात्मक उत्तर; अस्वीकार; नामन्जुरी। विप. मन्जुरी; स्वीकार।
8228 इन्कार ना. २. कसैले आफूमाथि कुनै कुराको अभियोग वा आरोप लगाउँदा सो कुरा होइन भनी वा त्यसको खण्डन गरी दिइने जवाफ।
8229 इन्कारी ना. १. इन्कार वा अस्वीकार गर्ने काम।
8230 इन्कारी ना. २. आफुमाथि आइपरेको वा लगाइएको कुनै अभियोग वा आरोपको अस्वीकार; त्यस्तो अभियोग वा आरोपबाट सफाइ लिने चेष्टा वा प्रयास।
8231 इन्कारी पत्र ना. अभियोग लगाइएको व्यक्तिले आफूले त्यसो गरेको छैन भनी लेखिदिने कागत; नामन्जुरीको लिखत वा कागत।
8232 इन्क्लाब ना. १. सामूहिक विरोध प्रदर्शन, जुलुस आदिमा प्रेरणा वा उल्लास जागृत गर्न नाराका रूपमा प्रयोग गरिने शब्द (जस्तो- इन्क्लाब जिन्दावाद )।
8233 इन्क्लाब ना. २. क्रान्ति; परिवर्तन।
8234 इन्च ना. एक फुटको बाह्रौँ भाग वा त्यस बराबरको नापो।
8235 इन्ची ना. इन्च।
8236 इन्जन / इन्जिन ना. १. बाफबाट चल्ने, बाटो पेल्ने गह्रौँ र भद्दा किसिमको कल।
8237 इन्जन / इन्जिन ना. २. बाफ अथवा बिजुलीका बलले रेलका डिब्बाहरू तान्ने यन्त्र।
8238 इन्जन / इन्जिन ना. ३. शक्ति उत्पादक यन्त्र।
8239 इन्जिनियर ना. १. सडक, घर, पुल आदि बनाउने वा मरम्मत गर्ने शिल्पविद्यामा विश्वविद्यालयबाट स्नातकको उपाधि प्राप्त व्यक्ति; वास्तुकला विशेषज्ञ।
8240 इन्जिनियर ना. २. कल, इन्जिन आदि बनाउने वा मरम्मत गर्ने काममा स्नातक भएको व्यक्ति; यन्त्रविद्या विशेषज्ञ।
8241 इन्जिनियरिङ ना. १. कलपुर्जा आदि बनाउने वा मरम्मत गर्ने विद्या; यन्त्रविद्या।
8242 इन्जिनियरिङ ना. २. घर, पुल, बाटो आदि बनाउने विद्या; वास्तुकला।
8243 इन्जिनियरिङ ना. ३. इन्जिनियरको काम।
8244 इन्जिनियरी ना. इन्जिनियरिङ।
8245 इन्जेक्सन ना. १. शरीरको नसा, मांसलस्थान आदिमा सियोद्वारा औषधीको अन्तःक्षेपण।
8246 इन्जेल प्रत्य. धातु वा सर्वनाम शब्दका पछाडि गाँसिएर लगातारको क्रमिकता जनाउने प्रत्यय ( खाइन्जेल, बसिन्जेल, त्यतिन्जेल, कतिन्जेल इ.)।
8247 इन्टरनेट ना. कम्प्युटरका माध्यमबाट तथ्यहरूलाई प्रसारण वा आदान-प्रदान गर्न प्रयोग गरिने विश्वव्यापी सञ्जाल।
8248 इन्टरभ्यु ना. अन्तर्वार्ता।
8249 इन्टरमिडियट वि. १. प्रवेशिका र स्नातकका बिचको (कक्षा)।
8250 इन्टरमिडियट वि. २. बिचको; मध्यवर्ती।