Dictionary

All Word

8101 आमान्न ना. १. काँचो अन्न; नपकाएको अन्न ।
8102 आमान्न ना. २. पितृका उद्देश्यले दान गरिने सिधा ।
8103 आमावास्य वि. १. औंसीको; औँसीसित सम्बन्धित; औस्याहा ।
8104 आमावास्य वि. २. औंसीमा जन्मेको ।
8105 आमाशय ना. पेटभित्र खाएको पदार्थ रहने थैली; पाकस्थली ।
8106 आमिष ना. १. मासु ।
8107 आमिष ना. २. देवकार्य र पितृकार्यमा निषिद्ध गरिएको खाद्य वस्तु; अपवित्र मानिएको खाद्य पदार्थ |
8108 आमिषाशी वि. माछामासु खाने; मांसाहारी ।
8109 आमुख ना. १. सुरु; थालनी ।
8110 आमुख ना. २. नाटकको प्रस्तावना वा भूमिका।
8111 आमुख ना. ३. भूमिका; प्रस्तावना ।
8112 आमुख ना. ना. यो. ४. सम्मुख; अगाडि ।
8113 आमुन्नेसामुन्ने क्रि.वि. परस्परमा एक अर्काको अगाडि; सामुन्ने सामुन्ने; आमनेसामने; मुखामुख; हाराहारी ।
8114 आमूल अव्य. जरासम्म; मूलपर्यन्त; टुप्पादेखि फेदसम्म (जस्तै- आमूल परिवर्तन) |
8115 आमै ना. १. आमा; जननी ।
8116 आमै ना. २ बज्यै; हजुरआमा ।
8117 आमै ना. ३. आमाजस्तै मान्य स्त्री ।
8118 आमै ना. वि.बो. ४. तर्संदा, झस्कँदा वा आश्चर्य हुँदा बोलिने शब्द; आम्मै (उदा.- आमै ! कत्रो सर्प आयो !) |
8119 आबा ना. आमै र बाबै।
8120 आमोद ना. १. आनन्द; खुसी; खुसीयाली; हर्ष ।
8121 आमोद ना. २. रमिता ।
8122 आमोद ना. ३. सुगन्ध; सुवास; बास्ना ।
8123 आमोद प्रमोद ना. भोगविलास; मनमोज; सुखचैन; मोजगिरी ।
8124 आमोदित वि. १. प्रसन्न पारिएको वा भएको; खुसी पारिएको वा भएको; हर्षित ।
8125 आमोदित वि. २. सुगन्धित; सुवासित; सुवास भएको वा आएको ।
8126 आमोदी वि. १. प्रसन्न रहने; हर्षित ।
8127 आमोदी वि. २. सुवासित; सुगन्धित ।
8128 आमोली ना. केटाकेटीहरूको खेलमा केटाकेटीले आफूलाई डुम बनाएपछि केही समय खेलबाट अलग राख्न गरिको सङ्केत; फुक्की; फुट्टी |
8129 आम्खोरा ना. पेट फुकेको, केही साँगुरिएको घाँटी र खुला मुख भएको, लाम्चो किसिमको पानी खाने भाँडो; अम्खोरा ।
8130 आम्खोरा ना. आम्खोरी- ना. सानो अम्खोरा ।
8131 आम्दानी ना. १. कुनै काम, रोजगार व्यापार आदिबाट कमाइएको धनसम्पत्ति; आय; आयस्ता ।
8132 आम्दानी ना. २. लाभ; प्राप्ति; उपलब्धि |
8133 आम्दानी खर्च ना. आम्दानी र खर्च; आय र व्यय ।
8134 आम्नाय ना. १. श्रुति; वेद ।
8135 आम्नाय ना. २. परम्पराबाट चलेर आएको परिपाटी; कुलको रीतिथिति ।
8136 आम्नाय ना. 3. चलेर आएको उपदेश; गुरुबाट प्राप्त शिक्षा ।
8137 आम्नाय ना. ४. सल्लाह; मन्त्रणा; परामर्श |
8138 आम्मे प्रत्य. कुनै शब्दका पछिल्तिर गाँसिएर अधिकता वा व्याप्तिको अर्थ बुझाउने प्रत्ययधर्मी शब्द (जल + आम् = जलाम्मे, रातो + आम्मे = राताम्मे इ.)।
8139 आम्मै वि.बो. डर, आश्चर्य, विषाद आदिका क्षणमा एकाएक मुखबाट निस्कने शब्द; आमै ।
8140 आम्मै वि.बो. (उदा.- आम्मै, तिमीले त्यसो गय भने म त मरिहालेँ नि ! ) ।
8141 आम्मै नि वि.बो. आम्मै ।
8142 आम्मैले वि.बो. आम्मै ।
8143 आम्र ना. १. आँप ।
8144 आम्र ना. २. आँपको रुख ।
8145 आम्रगन्धा ना. साधारण भालाजस्तो पात हुने, गुलाफी रङको फूल फुल्ने र आँपको जस्तो बास्ना आउने एक जातको हलेदो ।
8146 आम्रहरिद्रा ना. आँपको गन्ध आउने र उसिनेर साँधी अचार खाइने एक प्रकारको कन्दमूल; हर्दी आँप ।
8147 आम्रात / आम्रातक ना. अमाराको रुख; अमारो ।
8148 आम्ल ना. १. अमिलीको रुख; अमिली ।
8149 आम्ल ना. २. अमिलो स्वाद; अमिलोपन ।
8150 आम्ल ना. ३. पित्त अमिलो हुने रोगविशेष |