Dictionary

All Word

8351 इलम ना. ५. पश्चिमी नेपाली भाषिकामा स्त्रीको जननेन्द्रिय ।
8352 इलमी वि. १. इलम गर्ने; कुनै रोजगारमा लागेको; व्यवसायी; उद्यमी ।
8353 इलमी वि. २. इलमसम्बन्धी ।
8354 इलाका ना. १. कुनै नाउँबाट चिनिएको स्थान वा निश्चित भूखण्ड।
8355 इलाका ना. २. अधिकार क्षेत्र ।
8356 इलाका ना. ३. हाता; लगा।
8357 इलाका अदालत ना. कुनै जिल्ला वा इलाकामा रहेको न्यायालय; सुरु अदालत; जिल्ला अदालत ।
8358 इलाकावाद ना. सम्पूर्ण देश वा भूभागको समस्यालाई वास्ता नगरी कुनै खास इलाकालाई मात्र महत्त्व दिने साँघुरो गुटबन्दी विचार ।
8359 इलाज ना. १. शरीरको रोग निको पार्न गरिने उपाय वा प्रयत्न; उपचार; चिकित्सा ।
8360 इलाज ना. २. ओखती; दबाई ।
8361 इलाम ना. मेची अञ्चलअन्तर्गतको एक जिल्ला ।
8362 इलामे वि. १. इलामको; इलामसम्बन्धी; इलाममा हुने वा पाइने । ना.
8363 इलामे वि. २. काटेको वा खोस्सिएको घाउमा निचोरेर झोल लगाउँदा आराम गराउने र गाईबस्तुले घाँस खाने एक थरी भुईंझार ।
8364 इलास्टिक ना. तान्दा तन्कने रबर र कपडा राखी इँजार आदिको काम लिन बनाइएको साधन; तन्कने र खुम्चने फित्ता; ग्याँटिस ।
8365 इलिकमिलिक ना. १. छिनमा देखिने र छिनमा बेपत्ता हुने चाल; आकलझुकल ।
8366 इलिकमिलिक ना. २. एकै छिनमा हराउने गरी ।
8367 इलिमिली ना. क्षणिक चहलपहल; एक छिनको चहकमहक; झिलिमिली।
8368 इलेक्ट्रिक वि. विद्युत्शक्तिबाट उत्पन्न हुने; बिजुलीसम्बन्धी; बिजुलीको ।
8369 इलेक्ट्रिक पोल ना. बिजुलीको तार लैजाने खम्बा; विद्युत्स्तम्भ; ट्रलीबसको विद्युत्शक्तिको तार अड्याउने खम्बा ।
8370 इलो ना. घरको मूल थाम वा खम्बा अड्याउने ढुङ्गो; आधारशिला ।
8371 इव अव्य. सादृश्य वा उपमा जनाउने शब्द; समान; तुल्य; सदृश (पुत्र इव, अनुज इव इ.)।
8372 इशारा ना. हे. इसारा ।
8373 इश्तिहार ना. हे. इस्तिहार ।
8374 इष्ट वि. १. इच्छा गरिएको; रोजेको; चाहेको; वाञ्छित । ना.
8375 इष्ट वि. २. प्रिय व्यक्ति; हितैषी मित्र ।
8376 इष्ट वि. ३. अग्निहोत्र आदि शुभ कर्म ।
8377 इष्ट वि. ४. इष्ट देवता; प्रिय देवता ।
8378 इष्टका वि. इँट; इँटा ।
8379 इष्टका तरङ्ग ना. सङ्गीतशिरोमणि यज्ञराज शर्माले तयार पारेको इँटको स्वरवाद्य वा वाद्ययन्त्रबाट निस्कने स्वरलहरी ।
8380 इष्टका पथ ना. इँटले बनेको बाटो ।
8381 इष्टदेव / इष्टदेवता ना. १. कुलपरम्पराबाट पुजिँदै आएका आराध्य देवता ।
8382 इष्टदेव / इष्टदेवता ना. २. दीक्षामन्त्रका अधिष्ठाता देवता ।
8383 इष्टमित्र ना. १. कल्याण चाहने व्यक्ति; हितैषी मानिस; साथी; मित्र ।
8384 इष्टमित्र ना. २. नातेदार; बन्धुबान्धव; सम्बन्धी ।
8385 इष्टापत्ति ना. अरूबाट गरिएको कुभलो पनि आफ्ना लागि फलदायी बन्ने काम; आपत्ति पनि इष्ट भएको स्थिति ।
8386 इस् अव्य. रिस वा झोक प्रकट गर्दा अरूलाई खिस्स्याएर प्रयोग गरिने शब्द; लोप्पा ख्वाउँदा भनिने लवज (उदा.- इस् , तैँले भन्दैमा पत्याउँछु र !)।
8387 इसबगोल ना. रछायो किसिमको वा फुस्रो रङको तिलजस्ता ससाना दाना फल्ने बोट; आउँ रगत, दिसा आदि रोग भएमा खाइने त्यसैका दाना वा भुसी।
8388 इसा ना. इसाई वा क्रिश्चियन धर्मका प्रवर्तक; इसाई धर्म चलाउने महापुरुष; यिसुख्रिस्ट ।
8389 इसाई वि. इसाले चलाएको धर्म मान्ने; इसाई धर्मको अनुयायी; क्रिस्चियन; क्रिस्तान ।
8390 इसारा ना. १. नबोलेर भाव सम्प्रेषण गर्न गरिने अङ्ग सञ्चालन; सान; सङ्केत; इशारा ।
8391 इसारा ना. २. अरूले नबुझ्ने गरी दिइएको सन्देश; गुप्त जनाउ ।
8392 इस्कुल ना. हे. इस्कुस ।
8393 इस्कुस ना. लहरामा फल्ने केही लाम्चो र ससानो मेवाका ढबको, फलमा काँढा हुने वा नहुने हरियो तरकारी; इस्कुल ।
8394 इस्टकोट ना. कोटका साथमा वा कोटबाहेक नै लगाइने, बाउला नभएको, कम्मरसम्म आउने भित्री सानो कोट; इस्कोट ।
8395 इस्तिफा ना. आफूले गर्दै आएको सेवा वा नोकरी छोड्नका लागि दिइने निवेदनपत्र; त्यागपत्र; राजीनामा |
8396 इस्तिरी ना. कोइला वा विद्युत्शक्तिले तताएर धोएका कपडा सम्याउने, मिलाउने फलामे साधन; इस्त्री (आइरन) ।
8397 इस्त्री ना. हे. इस्तिरी ।
8398 इस्तिहार ना. सरकारका तर्फबाट सम्बन्धित समुदायलाई सार्वजनिक रूपमा दिइने सूचना वा विशेष आदेश; विज्ञप्ति; जनाउ; इस्तिहार ।
8399 इस्तेमाल ना. कुनै वस्तुलाई प्रयोगमा ल्याउने प्रक्रिया; उपयोग; प्रयोग; व्यवहार ।
8400 इस्पात ना. १. प्रशोधन गरी तयार गरिएको कडा, असल फलाम | वि.