Dictionary

All Word

8501 उइँटिनु क.क्रि. उइँटने काम गरिनु।
8502 उइँटो ना. कपासका बियाँ वा गेडा अलग्याउने यन्त्र वा साधन।
8503 उइँट्याइ ना. १. उइँटिने क्रिया वा प्रक्रिया | [उइँट्याउ+आइ]
8504 उइँट्याइ ना. २. उइँट्याउने क्रिया वा प्रक्रिया |
8505 उइँट्याइनु क.क्रि. उइँटने काम गरिनु।
8506 उइँट्याउनु स.क्रि. / प्रे. क्रि. उइँटिने काम गर्नु, कपास केलाउनु।
8507 उऋण वि. ऋणबाट मुक्त भएको; रिन चुक्ता गरेको; रिन तिरिसकेको; ऋणमुक्त |
8508 उकल्चिनु अ.क्रि. एक पटक निको भइसकेको घाउखटिरा, रोग आदि फेरि उल्टिनु; घाउखटिरा छिटै निको नभएर गहिरिँदै र फराकिँदै जानु; उकुच पल्टनु।
8509 उकल्च्याइ ना. उकल्चिने काम वा प्रक्रिया |
8510 उकल्च्याइनु क.क्रि. उकल्च्याउने काम गरिनु।
8511 उकल्च्याउनु प्रे. क्रि. उकल्चिने पार्नु; उकल्चिन लाउनु।
8512 उकार ना. उ' अक्षर, व्यञ्जनवर्णका मुनि लाग्ने चिह्न; तर्कुले ( ु)।
8513 उकाल्नु स.क्रि. कुनै वस्तुलाई अग्लो ठाउँमा पुऱ्याउनु; मास्तिर चढाउनु; उँभो लगाउनु।
8514 उकालाइ ना. उकाल्ने क्रिया वा भाव।
8515 उकालिनु क.क्रि. उकाल्ने काम गरिनु।
8516 उकाली ना. उकालोको लघु रूप; छोटोसानो उकालो।
8517 उकालीओराली ना. सानाठुला उकाला ओराला; उकाली र ओरालीको समूह |
8518 उकालो १. होचो भागबाट मास्तिर लागेको ठाउँ; माथि लाग्ने बाटो; ठाडो बाटो; उकाली।
8519 उकालो २. चढाउ; ठाडो।
8520 उकास्नु स.क्रि. १. भास्सिएको वा दबिएको कुनै वस्तुलाई माथि उठाउनु; तल रहेको वस्तुलाई मास्तिर पुऱ्याउनु।
8521 उकास्नु स.क्रि. २. गहिरो भागमा माटो आदि हाली अग्लो पार्नु; अग्ल्याउनु।
8522 उकास्नु स.क्रि. ३. तल्लो स्तरको मानिसलाई माथिल्लो स्तरमा पुऱ्याउनु; उठाउनु।
8523 उकास्नु स.क्रि. ४. आपतविपतबाट छुटकारा दिलाउनु।
8524 उकास ना. १. चाहिएजति काम गरेर बाँकी रहेको वस्तु; बचत; शेष; रहल।
8525 उकास ना. २. कुनै ठाउँको उठेको भाग; उघाउनी।
8526 उकास ना. ३. पुरानो जमिनदारी प्रथाअनुसार दुई नम्बरको सिर जग्गा। वि.
8527 उकास ना. ४. कसैको हकभोग बाँकी नभई सरकारको हक भएको (जग्गा)।
8528 उकासाइ ना. उकास्ने काम वा प्रक्रिया।
8529 उकासिनु क.क्रि. उकास्ने काम गरिनु।
8530 उकुच ना. एकपल्ट निको भई फेरि उकल्चेको घाउ; कुनै खराबीले निको नभई धेरै दिनसम्म पाकिरहेको घाउ; सइनखटिरा।
8531 उकुच पल्टनु टु. कुनै घाउखटिरा निको नभई धेरै दिनसम्म पाक्नु।
8532 उकुस वि. खाएर टम्म; टिलटिलती।
8533 उकुसपुकुस / मुकुस ना. १. उखुम गर्मीले अथवा हावा रोकिएर असजिलो वा कष्ट अनुभव हुने किसिम; उसिसनिसिस।
8534 उकुसपुकुस / मुकुस ना. २. मनमा ज्यादा कुरा खेलेर अतालिने अवस्था। क्रि.वि.
8535 उकुसपुकुस / मुकुस ना. ३. धेरै खाना खानाले बस्नहिँड्न पनि अप्ठ्यारो हुने गरी।
8536 उकेर्नु स.क्रि. १. वरपरको माटो ल्याएर बोटबिरुवाका फेदमा थुप्र्याउनु; उकेरा लाउनु; गोडमेल गर्नु।
8537 उकेर्नु स.क्रि. २. गहिरो ठाउँमा रहेको माटो मास्तिर ल्याउनु।
8538 उकेर्नु स.क्रि. ३. कुनै व्यक्तिलाई नचाहिँदो वा व्यर्थको कामकुरो गर्न उक्साउनु।
8539 उकेरा ना. गोडमेल गरी चारैतिरको माटो जरामा थुप्र्याएर बोटबिरुवालाई दिइने आड; गोडमेल गर्ने काम।
8540 उकेराइ ना. उकेर्ने भाव, क्रिया वा प्रक्रिया।
8541 उकेराइनु क.क्रि. उकेरा दिन लाइनु।
8542 उकेराउनु प्रे. क्रि. उकेरा दिलाउनु; उकेर्न लाउनु।
8543 उकेरिनु क.क्रि. उकेर्ने काम गरिनु; उकेर्न लाइनु।
8544 उकेल्नु स.क्रि. खाएको कुरा पेटमा नपुग्दै मुखैबाट जोड गरेर निकाल्नु; ओकल्नु।
8545 उकेलाइ ना. उकेल्ने काम वा प्रक्रिया।
8546 उकेलाइनु क.क्रि. उकेल्न लाइनु।
8547 उकेलाउनु प्रे. क्रि. / स.क्रि. उकेल्न लाउनु।
8548 उकेलिनु क.क्रि. उकेल्ने काम गरिनु।
8549 उक्कनु अ.क्रि. टाँसिएको कुरो वा वस्तु छुट्टिएर आउनु; गाँसिएको वा जोडिएको वस्तु फुस्कनु; उप्कनु।
8550 उक्काइ ना. उक्कने काम वा प्रक्रिया |