Dictionary

All Word

8551 आवासिक वि. आवासको; आवाससम्बन्धी ।
8552 आवासीय वि. नियत स्थानमै बसेर काम गर्ने; खटाएको ठाउँमा निश्चित अवधिसम्म रहने ।
8553 आवाहक वि. प्रतिमा, मूर्ति आदिमा मन्त्रद्वारा देवदेवीको प्राण- प्रतिष्ठा गर्ने; आवाहन गर्ने; बोलाउने; डाक्ने ।
8554 आवाहन ना. १. पूजाआजामा देवताहरूलाई बोलाउन गरिने मन्त्रयुक्त प्रार्थना; फूल, अक्षता चढाएर देवदेवीलाई बोलाउने काम।
8555 आवाहन ना. २. आह्वान; निमन्त्रण; बोलाहट ।
8556 आवद्ध वि. खोपिएको; रोपिएको; प्वाल पारिएको ; छेडिएको ।
8557 आविर्भाव / आविर्भावन ना. १. उत्पत्ति; पैदा प्रकट २ नयाँ वस्तुको उत्पादन; आविष्कार ।
8558 आविर्भाव / आविर्भावन ना. ३. सामु देखिने कार्य; बाहिर दृश्य रूपमा प्रकट हुने काम ।
8559 आविर्भूत वि. १. पैदा भएको; उत्पन्न ।
8560 आविर्भूत वि. २. बाहिर दृश्य रूपमा आएको; निस्केको ।
8561 आविर्भूत वि. ३. अभिव्यक्त; प्रकट भएको ।
8562 आविष्करण ना. नयाँ नयाँ सिद्धान्तहरू पत्ता लगाउने काम; नयाँ नयाँ वस्तुहरूको उत्पादन; आविष्कार ।
8563 आविष्कर्ता वि. नयाँ नयाँ सिद्धान्त र वस्तुहरू पैदा गर्ने; आविष्कार गर्ने; पत्ता लगाउने ।
8564 आविष्कार वि. नयाँ सिद्धान्तको प्रतिपादन; नयाँ नयाँ वस्तुको उत्पादन आविष्करण ।
8565 आविष्कारक वि. आविष्कार गर्ने; आविष्कर्ता ।
8566 आविष्कृत वि. आविष्कार गरिएको; नयाँ नयाँ सिद्धान्त वा वस्तुहरूको पत्ता लगाइएको ।
8567 आविष्ट वि. १. आवेशमा आएको; जोस चढेको; उत्तेजित ।
8568 आविष्ट वि. २. भूत, प्रेत आदि लागेको; मन्त्रतन्त्रबाट वश गरिएको ।
8569 आवृत वि. १. छोपिएको; ढाकिएको ।
8570 आवृत वि. २. बेहिएको; घेरिएको ।
8571 आवृत वि. ३. छेकिएको; बारिएको ।
8572 आवृत्त वि. १. दोहोऱ्याइएको; डब्ल्याइएको ।
8573 आवृत्त वि. २. रिंगाइएको; घुमाइएको ।
8574 आवृत्त वि. ३. फर्काइएको ।
8575 आवृत्ति ना. १. कुनै पाठ वा मन्त्र आदि आद्योपान्त पढ्ने क्रियाप्रक्रिया; कुनै पाठ वा मन्त्रको सुरुदेखि अन्तसम्मको वाचन ।
8576 आवृत्ति ना. २. कुनै कुरामा बारम्बार गरिने अभ्यास; दोहोऱ्याउने काम ।
8577 आवृत्ति ना. ३. पुस्तकको मुद्रण वा प्रकाशन; संस्करण; पुनः संस्करण ।
8578 आवृत्तिदीपक ना. दीपक अलङ्कारमा धर्मलाई पटक पटक दोहोऱ्याउँदा हुने एक अलङ्कार ।
8579 आवृष्टि ना. पानी पर्ने काम; झरी, वर्षा |
8580 आवेग ना. १. कुनै खराब वा असल कामको प्रतिक्रिया तथा प्रभावले अकस्मात् मनमा उठ्ने सहज प्रवृत्ति वा विकृति; झोक; मनोविकार ।
8581 आवेग ना. २. मानसिक उत्तेजनाको प्रभावले गरिएको काम ।
8582 आवेग ना. ३. मनको असामान्य अवस्था; चेतनमाथि परेको अचेतनको प्रभुत्व ।
8583 आवेग ना. ४. उत्पात आदिबाट हुने हडबडी आदिलाई बुझाउने व्यभिचारी भावको एक भेद |
8584 आवेग जाल ना. मनमा उब्जने आवेगहरूको समूह; मनोविकार ।
8585 आवेदक वि. १. कुनै संस्था, कार्यालय वा व्यक्तिछेउ जागिर आदिको माग गरेर पत्र लेख्ने ।
8586 आवेदक वि. २. आवेदन गर्ने; बिन्तीपत्र दिने; निवेदक; प्रार्थी ।
8587 आवेदक वि. ३. माग गर्ने; अर्को संस्था वा कार्यालय आदिबाट सुविधा चाहने ।
8588 आवेदन ना. १. कुनै काम गराइपाउन लेखिएको अनुरोधपत्र; दर्खास्त; निवेदन।
8589 आवेदन ना. २. प्रार्थना; अनुरोध; बिन्तीपत्र ।
8590 आवेदन पत्र ना. निवेदन पत्र; प्रार्थना पत्र |
8591 आवेश ना. १. कुनै बाह्य प्रभावबाट मनमा आउने प्रक्रिया; मनको प्रबल वेग; झोक; जोस ।
8592 आवेश ना. २. असामान्य मनःस्थिति; अचेतन मनको प्रभाव।
8593 आवेश ना. ३. प्रवेश पस्ने काम ।
8594 आवेश ना. ४. भूतप्रेत आदिको असर; तन्त्र; मोहनी आदिको प्रभाव ।
8595 आवेष्टन ना. १. कपडा आदिले कुनै वस्तुलाई बेर्ने वा लपेट्ने काम ढाक्ने वा छोप्ने कार्य ।
8596 आवेष्टन ना. २. बेर्ने वा लपेट्ने वस्तु; बासा; खोल; बेठन; ढक्कन ।
8597 आवेष्टित वि. आवेष्टन गरिएको ।
8598 आव्रजन ना. १. एक ठाउँबाट अर्को ठाउँमा बसोबास सर्ने काम; आप्रवास; बसाइँ ।
8599 आव्रजन ना. २. सन्न्यास; गार्हस्थ्य जीवन छाडेर शिखासूत्र त्याग गरी चौथो आश्रमको नियम पालन गर्ने काम ।
8600 आशंसा ना. १. उमेद; आशा ।